Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

पाकिस्तानलाई हराउदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा प्रवेश

खबरडबली संवाददाता

काठमाडौं । अष्ट्रेलिया आइसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ।

पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया दोस्रो पटक टी-२० विश्वकपको फाइनलम पुगेको हो।

यसअघि टस हारेर फिल्डिङ गरेको पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए ।

अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १ विकेट लिए । जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेलेपनि १०।१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई क्याचआउट गरेका थिए । 

त्यसपछि दबाबमा देखिएको अस्ट्रेलियाले १२।२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो । तर, त्यसयता, मार्कस स्टोनिस र माथियु वाडेले उत्कृष्ट खेल्दै अस्ट्रेलियालाई खेल जिताए । स्टोनिसले ३१ बल सामना गर्दै २ चौका र २ छक्कासहित अविजित ४० र वाडेले ४ छक्का र २ चौकासहित अविजित ४१ रन प्रहार गरे । पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए । 

फाइनलमा अब अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको हो ।एजेन्सीकाे सहयाेगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगरपालिका र गाउँपालिका गाभ्ने प्रक्रिया अघि बढ्यो, सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending