Khabar Dabali २५ माघ २०८२ शनिबार | 7th February, 2026 Sat
Investment bank

अराजक बन्दै बार, इतिहासमा पहिलोपटक अदालतभित्रै नाराजुलुस

खबरडबली संवाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले बिहीबार पनि सर्वोच्च अदालत परिसरभित्रै अराजक हिसाबले नाराजुलुस गरे।न्यायपालिकाको इतिहासमा सर्वोच्च अदालत परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध अराजक ढंगले नाराजुलुस भएको सायदै पहिलो पटक हो। नेपाल बारका पूर्वपदाधिकारी,वर्तमान पदाधिकारी,वरिष्ठ अधिवक्ताहरू सम्मिलित विरोध कार्यक्रममा उत्तेजित नारा लगाइएका थिए। कानुनका ज्ञाताहरू नै सर्वोच्च अदालत परिसरमा संयमित बन्न सकेनन्।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बारले दोस्रो चरणको आन्दोलन थालेको छ। राजीनामा माग राखेर कालोपट्टीसहित नेपाल बारको प्रांगणमा धर्ना दिँदै आएका कानुन व्यवसायी बिहीबार भने सर्वोच्च अदालत परिसर पुगे।

सर्वोच्च अदालतभित्रै माइक राखेर विरोध कार्यक्रम गर्ने तयारी गरिरहेका कानुन व्यवसायीलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले संवेदनशील स्थान भएकाले भित्र कार्यक्रम नगरिदिन आग्रह गरेका थिए। सुरुमा पाँचजना सुरक्षाकर्मीले रोकेका थिए। माइक राखेर कार्यक्रम गर्न नपाउँदा उपस्थित कानुन व्यवसायी आक्रोशित भएका थिए।

त्यसपछि सुरक्षाकर्मी र आन्दोलनकारी कानुन व्यवसायीबीच धकेलाधकेल भयो।  त्यसपछि आक्रोशित बनेका कानुन व्यवसायीले प्रधानन्यायाधीश जबराविरुद्ध अमर्यादित नारा लगाएका थिए। नेपाल बार एसोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ,सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यलगायत वरिष्ठ अधिवक्तादेखि अधिवक्तासम्म नाराबाजीमा सहभागी थिए।  

बारका अध्यक्ष श्रेष्ठलगायतलाई सर्वोच्च प्रशासनले अदालतभित्र नाराबाजी नगरिदिन आग्रह गरेको थियो। सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुवँरले बारका अध्यक्षलाई आन्दोलनमा संयम र धैर्य नगुमाइदिन आग्रह गरेका थिए। यो समाचार नागरिक दैनिकमा छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्पष्टीकरण सोधिएका ३४मध्ये २४ उम्मेदवारले बुझाए आयोगलाई स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएका उम्मेदवारमध्ये २४ जनाले जवाफ बुझाएको जनाएको छ। शुक्रबार आयोज...

भ्रष्टाचारविरुद्ध सशक्त सुशासन अभियान आवश्यक छ : नारायणकाजी श्रेष्ठ

सर्लाही । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्रीरपूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टाचार व्यापक रूपमा फैलिएको...

अध्यक्ष ओली झापा पुगे, एक साता झापामै रहने

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शुक्रबार निर्वाचन क्षेत्र झापा पुगेका छन्। उनी चन्द्रगढी विमानस्थल हुँदै झापा पुगेका हुन्। विमानस...

समाचारका विषयमा अनुगमन भइरहेको छ, आचारसंहिता कडाइकासाथ लागू गर्छौँ : रामप्रसाद भण्डारी

भक्तपुर । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा समाचार ...

अबकी बार कांग्रेसको सरकार भन्ने नारा छोडिदिनुस्: गगन थापा

कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नारा लगाउने हो भने अब ‘अबकी बार कांग्रेसको सरकार’ होइन, ‘अबकी बार सय पार’ को नारा लगाउन आग्...

प्रलोपा उम्मेदवार काराखेती पार्टीबाट निष्कासित

बुटवल । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन्। पा...

राजनीति विकास र समृद्धिका लागि हुनुपर्छ: कुलमान घिसिङ

सप्तरी। उज्यालो नेपाल पार्टीका राष्ट्रिय अध्यक्ष कुलमान घिसिङले राजनीति विकास र समृद्धिका लागि हुनुपर्ने बताएको छन्। आफ्नो पार्टीको प्रचारप्रसार तथ...

बैतडी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारको एक लाख राहत

काठमाडौं । बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँ राहत प्रदान गर्ने नि...

बैतडी बस दुर्घटना: घाइतेको उपचार खर्च सरकारले बेहोर्ने

धनगढी। बैतडी बस दुर्घटनामा घाइते भई सरकारी अस्पतालमा उपचार गराइरहेका व्यक्तिहरूको उपचार अवधिभरको औषधोपचार खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने भएक...

रौतहटमा बालिकालाई ठक्कर दिने रास्वपा उम्मेदवारको गाडीका चालकविरुद्ध ज्यान मुद्दा दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिर आलमको प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिका अल्फा खातुनको मृत्यु भएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE