काठमाडौँ । वायु परिवर्तनबाट सिर्जित समस्यालाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पुर्याउन सम्बन्धित क्षेत्रका अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीले अनिवार्यरुपमा समेटनुपर्नेमा जोड दिइएको छ ।
नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारले सो सुझाव दिएका हुन् । नेफेजले जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत् र बाढीपहिरोमा पारेको असरबारे सञ्चारकर्मीलाई प्रदान गरेको लेखनवृत्तिअन्तर्गत प्रकाशित स्थलगत समाचारको समीक्षात्मक कार्यक्रममा विज्ञ र सञ्चारकर्मीको अन्तक्र्रिया गरिएको हो । नेफेजले इकोनोमिक पोलिसी इन्क्युवेटर (इपीसी)सँग मिलेर तीनजना सञ्चारकर्मीलाई लेखनवृत्ति प्रदान गरेको थियो ।
कार्यक्रममा समाचार सङ्कलनका लागि स्थलगत खटिएका सञ्चारकर्मी र विज्ञहरुको प्रस्तुति गरिएको थियो । विज्ञहरुले सञ्चारकर्मी र पत्रकारले नियमितरुपमा प्रकाशन तथा प्रसारण गरिरहेका समाचार, लेखमा जलवायु परिवर्तन आधारभूत विज्ञानलाई समेटन आग्रह गरेका थिए । उनीहरुले जलवायु परिवर्तनको विज्ञान, अध्यनन, अनुसन्धान र प्रभावित समुदाय वा सरोकारवालाको अनुभव समेटिएमा त्यस्ता समाचार वा लेखहरु अझ बढी प्रभावकारी र विश्वसनीय हुने तर्क गरे ।
कार्यक्रममा जलस्रोत विज्ञ अजय दीक्षितले आमनागरिकलाई जलवायु परिवर्तनबारे सरल तरिकाले बुझाउने दायित्व सञ्चारकर्मीको रहेको उल्लेख गर्दै भने, “सञ्चारमाध्यमले सूचना प्रदान गर्ने हो र ती सूचनालाई सरोकारवालाले ज्ञानको रुपमा विकास गर्नुपर्छ ।” यो मुद्दा नितान्त विज्ञानसँग जोडिएको उल्लेख गर्दै उनले सुक्ष्म अध्ययन र अनुसन्धानबाट आएको निष्कर्षलाई समावेश गरिएमा त्यस्ता सूचना प्रभावकारी र वास्तविक हुन्छन् भने ।
पहिरोविज्ञ डा रन्जनकुमार दाहालले तापक्रम, वर्षा र मौसमको भविष्यवाणीको सूचना सरोकारवाला निकायसम्म पुर्याउने जिम्मेवारी सञ्चारकर्मीको भएको जिकिर गर्दै समाचार र सूचना तथ्यगत विवरणमा आधारित हुनुपर्ने सुझाव दिए । साथै उहाँले कुनै पनि प्रकोपसँग जोडिएका विज्ञानका न्यूनतम विषयलाई समाचार र लेखमा समावेश गर्न अनुरोधसमेत गरे । उच्च हिमाली क्षेत्रमा ९० प्रतिशतसम्म पहिरोजन्य घटनाहरु हुनसक्ने, पूर्वको तुलनामा पश्चिम नेपालमा यस्ता गतिविधि बढी हुने उनले तथ्याङ्क पेश गरे ।
पूर्वमन्त्री तथा इन्जिनियर गणेश साहले जलवायु परिवर्तनले खाद्य सुरक्षा र खाद्य माथिको सम्प्रभुत्वमा ठूलो धक्का दिएको बताए । उनले मौसमसम्बन्धी जानकारी आम कृषकसम्म पुर्याउन सञ्चारमाध्यम, सञ्चारकर्मी र सरकारका सरोकारवाला निकाय चुकेकोसमेत टिप्पणी गरे । उनले जलवायु परिवर्तन, कृषिको विविधिकरण, रसायन र विषादीको अत्यधिक प्रयोग, चुरे विनास, सस्तो दरमा भारतीय खाद्यान्नको आयात, कृषिजन्य उपकरणको उपलब्धता र तीनको सञ्चालनमा वृद्धि भइरहेको लागतले गर्दा कृषि क्षेत्र तहसनहस भएको धारणा व्यक्त गरे ।
नेफेजका अध्यक्ष कसमस विश्वकर्माले जलवायु परिवर्तन र यसबाट सिर्जित समस्याहरुबारे समाचार संकलन र प्रकाशन गर्दा त्यस क्षेत्रमा भएका अध्यनन, अनुसन्धान र विज्ञहरुको ज्ञानलाई अनिवार्यरुपमा समेट्नुपर्ने बताए । उनले भने,, “विज्ञहरूले पनि आफूले प्राप्त गरेको ज्ञानलाई सरलीकृत गरेर सञ्चारकर्मीलाई बुझाउने प्रयास गर्नुपर्छ । दुवै पक्षको संयुक्त प्रयासबाट मात्र प्रभावकारी समाचार उत्पादन तथा प्रकाशन हुनसक्छ ।” इपीआइ कार्यक्रमका वरिष्ठ सल्लाहकार केशव आचार्यले जलवायु परिवर्तनको मुद्दा जनस्तरसम्म पुर्याउने उद्देश्यले नेफेजसँग आफूहरूले सहकार्य गरेको जानकारी गराए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: