Khabar Dabali १८ असार २०८३ बिहीबार | 2nd July, 2026 Thu
Investment bank

सम्झौता सकिएको १५ महिनामा पनि बनेन रोल्पा अस्पताल भवन

खबरडबली संवाददाता

रोल्पा । जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा  सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ ।  निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत  भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताए ।

उनले भने, “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरु आएका छैनन । समयमै भवन नबन्दा सेवा प्रवाह र  बिरामी समस्यामा  परेका छन् ।” जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि थकेलिएको जनाइएको छ । 

संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको  भनाइ  छ । “सामान्य  स्वास्थ्योपार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको  नोक्सानी बेहोर्नुपरेको छ”, उनले भने ।  “भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित  हुने थिए”, उनले भने । निर्माण  व्यवसायीले दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।

अस्पताल भवन रु ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर  डाँगीले जानकारी दिए । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उहाँको भनाइ छ । निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई÷चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

सुनको मूल्य तोलामा ६ हजार २ सय रुपैयाँले वृद्धि

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि छापावाल...

आज मन्त्रिपरिषद् बैठक बस्दै, विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज दिउँसो २ बजे बस्ने भएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकको अध्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending