बागलुङ । बागलुङ प्रवेशद्वारमा रहेको मालढुङ्गा प्रहरी चौकी अझै अस्थायी छाप्रोमा सञ्चालनमा छ । चौकीमा झरी पर्दा ओत लाग्ने र घामलाग्दा शीतल बस्ने स्थान पनि छैन ।
प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरका अनुसार जिल्ला प्रवेश गर्ने प्रहरी चौकी र ट्राफिक प्रहरीको जाँचचौकीसमेत गर्दा यहाँ १५ जनाको दरबन्दी छ । अन्यत्रको चौकीझैँ रात परेपछि सुतिहाल्न पनि मिल्दैन । त्यसैले मालढुङ्गामा चौबीसै घण्टा पहरा चाहिन्छ । राजमार्ग भएकाले सवारी जाँच गर्नुपर्छ । जस्तोसुकै मानिससँग छलफल र बहस गर्नुपर्छ । आफ्नो भवनको समेत सुरक्षा नभएको स्थानमा प्रहरीले जनताको सुरक्षाको काम गरिरहेका छन् । प्रहरीले पनि चौकी भनेर बताउनै अप्ठेरो मान्नुपर्ने स्थिति छ । यहाँको शौचालयसमेत साँघुरोे छ ।
हावाहुरी आउँदा चौकीको जस्तापाता पटक–पटक उडाएर लैजान्छ । वर्षात्मा पानी चुहिन्छ । होचो भएकाले घाम लाग्दा बसिनसक्नु गर्मीले सताएकोसमेत उनीहरुले गुनासो गरे । प्रहरी सहायक निरीक्षकसहित १५ जनाको दरबन्दी छ । यहीँ चौकीमै बस्ने गरी दुई जना ट्राफिक दरबन्दी पनि छ । तर तीन कोठामै खाना पकाएर खाने मेस, कार्यालय, सबैजना सुत्नेबस्ने गर्नुपर्ने बाध्यता छ । खुला स्थानमा नुहाउनुपर्ने बाध्यता पनि छ ।
प्रहरीले रेकर्ड रजिस्ट्रर र बरामद भएका काजगात जोगाउनसमेत हम्मेहम्मे परेको गुनासो गरे। चुहिने कोठा, हावाले उडाउने र धुलाम्मे हुने छाप्रोमा सामान सुरक्षित राख्नसमेत कठिन भएको प्रहरी सहायक निरीक्षक विनय रेग्मीले गुनासो गरे । “हामीले त समस्या भएको कुरा जाहेर गरेका छौँ, दुःखले बस्न बाध्य छौँ”, उनले भने ।
चौकीबाट सडकको काममात्रै हेरेर पनि पुग्दैन । भकुण्डे र बलेवा क्षेत्रका केही स्थानमा हुने घटनाको समेत उनीहरुले अनुसन्धान गर्नेलगायतको काम गर्नुपर्छ । सडक दुर्घटना भएमा पहिलो सूचना ल्याउने र जिल्ला प्रहरीमा जाहेर गर्ने काम पनि उनीहरुकै हो । ती सबै काम गर्न र डाटा राख्नका लागि कम्युटरसहितको व्यवस्था हुनुपर्नेमा कागजमा लेखेरै राख्नुपरेको उनले बताए ।
जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले यस विषय दुःखदायी भएको बताए। “यो विषय गम्भीर हो, पहिचान झल्काउन पनि चौकी बन्नुपर्छ”, उनले भने, “सरकारी मान्यताअनुसारको जग्गा नपाएर चौकी बनाउन नपाइएको हो ।” सरकारी मापदण्डमा तीन रोपनी जमिन खोजेपछि मात्रै गृह मन्त्रालयले चौकी निर्माणका लागि बजेट दिने गर्छ । जग्गा नभएकै कारण बजेट माग गर्न नसकेको उनले बताए।
झण्डै २५ वर्षअघि बागलुङमा नियमित सवारी साधन चल्न थालेपछि जिल्लाको प्रवेशद्वारमा प्रहरीले सुरक्षा दिन थालेको थियो । प्रहरीको अस्थायी बिटका रूपमा बस्न थालेको डेढ दशक बितिसक्यो । अन्यत्रका प्रहरी चौकी पक्की घरमा बसेका छन् । तारबार लगाइएको छ । कम्तीमा पाँचदेखि सात कोठा छन् । त्यहाँ कार्यालय प्रमुखको कक्ष, अन्य जवानको कक्ष, मेस र हतियार राख्ने कक्षसमेत छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: