Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

बार्सिलोना सेल्टाभिगोसँग बराबरी खेल्न बाध्य

खबरडबली संवाददाता

काठमाडौं । अन्तरिम म्यानेजर सर्जी बार्जुआनको नेतृत्वमा अन्तिम खेल खेलिरहेको बार्सिलोनाले ३ गोलको अग्रता खेर फाल्दै सेल्टाभिगोसँग बराबरी खेल्न बाध्य बनेको छ । पहिलो हाफमा अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपायको गोलको मद्दतले पूर्ण नियन्त्रण बनाएको बार्सिलोनाबिरुद्ध सेल्टा भिगोले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको हो ।

दोस्रो हाफको सुरुवातमा नै इयागो आसपासले एक गोल फर्काए । १६ मिनेट बाँकी छँदा नोलिटोले स्कोर ३–२ बनाए । त्यसपछि ९६ औँ मिनेटमा आसपासले अर्को गोल गर्दै टोलीलाई खेलमा फर्काए । बराबरीसँगै बार्सिलोना ला लिगाका पछिल्ला चार खेलमा जीतविहीन बन्न पुगेको छ । 

यसअघि शनिबार बार्सिलोनाले पूर्व खेलाडी ज्याभी हर्नान्डेजले नयाँ म्यानेजर नियुक्त गरेको थियो । अब उनले नवौँ स्थानमा रहेको बार्साको नेतृत्व सम्हाल्नेछन् । बार्सा शीर्ष स्थानमा रहेको टोलीभन्दा १० अंकले पछि रहेको छ ।

उता रायो भायोकानोमाथि संघर्षपूर्ण जीत निकाल्दै रियल म्याड्रिड लिगको शीर्ष स्थानमा उक्लिएको छ ।  खेलको १४ औँ मिनेटमा रियलले टोनी क्रुसको गोलमा अग्रता लिएको थियो । हाफ टाइमअघि करिम बेन्जेमाले टोलीको अग्रता दोब्बर बनाए । यो सिजन करिम बेन्जेमा १५ खेलमा २२ गोलमा संलग्न रहेका छन् । यसमा उनले १४ गोल र ८ वटा गोलका अवसर सिर्जना गर्न सफल भएका छन् ।

खेलमा १३ मिनेट बाँकी छँदा रामाडेल फाल्काओले रायोका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन भने सकेनन् । जीतसँगै कार्लो एन्चेलोटीको टोली २७ अंक बटुल्दै लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । एजेन्सीको सहयोगमा

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दाजुभाइको मृत्यु घटना प्रकरण: ब्रोइलरको मासुमा सङ्क्रमण भेटिएन

धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...

एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...

कपिलवस्तुको शिवराज अस्पतालमा ३८ लाख रकम गायब

कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ ।  शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...

नवलपुरमा कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते

नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् ।  झरही खोलाबाट रजहर तर...

एसईईको उत्तरपुस्तिका परीक्षण पछि पुग्यो भक्तपुर

लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

धर्म प्रचारमा संलग्न ६ जना विदेशी नागरिक विराटनगरबाट पक्राउ

विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...

चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन

काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ ।  काउन्सिलका रजिष्ट्रार डा.शति...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढयो

शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी

राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा भारतीय बजार जोगबनीमा नेपालीको भिड

विराटनगर। सरकारले सीमा नाकामा राजस्व चुहावट रोक्न ‘कडाइ’ गरेको दाबी गरिरहँदा विराटनगरको रानी नाकाबाट नेपाली उपभोक्तालाई आवश्यकताको सामान ल्याउन गाह्रो...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending