काठमाडौं । सामान्यतयाः चाडपर्वमा मिठाईजन्य पदार्थ अधिक प्रयोग गरिन्छ। उपभोक्तालाई आकर्षण गर्न रङ्गीचङ्गी बनाइएका जेरी, लड्डु, पेंडा, लालमोहन, लाखामरी, रसवरीलगायतका मिठाईहरू बिक्रीमा राखिन्छ।
भिडभाड र हतारका बेला उपभोक्ताले गुणस्तरयुक्त र गुणस्तरहीन उपभोक्ताले छुट्ट्याउन सक्दैनन्। यसैले अखाद्य रङ्ग मिसावट, बासी, म्याद नाघेका कच्चापदार्थ प्रयोग भएका मिष्ठान्न पो छ कि रु यो स्वास्थ्यका लागि कति स्वास्थ्यजनक छ भनेर पनि सजग हुन जरुरी छ। किनभने बजारमा चाडपर्वकै मौका छोपेर कतिपय व्यवसायीले म्याद नाघेका घ्यू, तेल, मसला र खान नमिल्ने रङ प्रयोग गरेको पाइएका छन्।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले असोज १८ देखि २२ सम्म २ सय ४९ खाद्य बजार, खाद्य उद्योग, होटल रेष्टुराँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा दूषित तथा म्याद समाप्त भएका खाद्य पदार्थ प्रशस्तै पाइएको विभागले जनाएको छ।
२ लाख ६० हजार रुपैयाँको उपभोग्य म्याद सकिएका तेल, मसला पदार्थ, दुग्ध पदार्थ, पेय पदार्थलहरू जफत तथा नष्ट गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।
दूषित जेरी बिक्री गरेको अभियोगमा वैशाख १४ गते कञ्चनपुरको मिलन होटलविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा नै दायर गरिएको छ। २०७७ साउन ५ गते काभ्रेको दुर्गा एन्ड चाट पसललाई समेत दूषित लड्डु बिक्री गरेको भन्दै मुद्दा हालिएको छ। २०७६ भदौमा बनेपाको आचार्य जलपान गृहलाई पनि दूषित लड्डु बेचेको अभियोगमा मुद्दा दायर गरिएको थियो।यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: