Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

विषादीरिहत तरकारी खेतीका लागि सीप सिक्दै किसान

रासस

नुवाकोट ।  “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्यो । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भने, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।”

मुलुकका ६० भन्दा बढी जिल्लाका चार सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन् । ती गाउँस्थित कँडेल कृषि फार्मका सञ्चालक गोपी कँडेल र दाङ्मैस्थित सिड्स पर्माकल्चरका सञ्चालक किशोरी लोहनीको पहल तथा नगरपालिकाको सहयोगमा पालिकाको वडा नं ११ मा आयोजित तालिममा उन्नत मलखादको उत्पादन र प्रयोग, आधुनिक नर्सरीको निर्माण, विषादीरहित तरकारी उत्पादन, व्यावसायिक उत्पादन र बजारबारे प्रस्तुतिकरण गरिएको थियो ।

‘व्यावसायिक गोलभेँडा खेती’ पुस्तक लेखेका र आफ्नै सहकारीमार्फत वार्षिक करोडौँ रुपैयाँको तरकारी उत्पादन र व्यापार गराएको अनुभव भएका ‘सेफ फुड’का अभियानकर्मी यन्द्योलाई किसानले समय कम भएका कारण कुरिलो, च्याउलगायत खेतीबारे आफ्ना सबै जिज्ञाषा भने मेटाउन पाएनन् । सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट खासै तालिम र सहयोग नपाएको गुनासो गर्ने स्थानीय किसानले यस्ता विज्ञलाई भेट्दा धेरै खुल्दुली हुनु स्वभाविक हो । विज्ञ यन्द्योले टेलिफोन र अनलाइन माध्यमबाट पनि किसानलाई परामर्श दिँदै आएका छन्  । विषादीरिहत उत्पादन गर्ने किसानले उनीहरुकै मूल्यमा बजारमा उत्पादन दिन सक्ने स्थिति छ ।

नगरपालिकाका कृषि प्राविधिक तथा तालिमका सहभागी सम्झना कँडेलले यन्द्योको तालिम प्रभावकारी भएकाले यसलाई आफूहरुले थप विस्तार गर्ने बताए । नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले यस्ता तालिममा पालिकाको तर्फबाट पनि सहयोग हुने उल्लेख गर्दै रासायनिक मलले केही वर्षपछि जमिन नै मरुभूमिमा परिणत हुने खतरा आएका बेला प्राङ्गारिक अभियान सञ्चालन गर्नुपर्ने बताए ।

तालिममा तरकारी खेतीका नर्सरीदेखि नै रासायनिक मल र माटोको प्रयोग नगरी बीउ उत्पादन गर्न सिकाइएको थियो । प्लाष्टिक ट्रेमा कम्याट (व्याक्टेरियम), पोटासियम, गड्यौले मल र कोकोपिट मात्राअनुसार मिसाएर त्यसका बीउ राखेमा बीउमा कुनै रोग नलाग्ने हुन्छ । बेर्ना रोपेपछि झोल मल प्रयोग गरेर त्यसलाई हुर्काउन सकिन्छ ।

तरकारीमा फेद कुहिने,  अगौटा डढुवा, पछौटे डढुवा, सेतो ढुसी, साउथन ब्लाइट, लिफ मोल्डलगायत रोग लाग्ने भएकाले त्यसको कसरी उपचार गर्ने भन्ने विधि पनि किसानले थाहा पाएका छन् । पासाङल्हामु मार्गको सडक निर्माण नभइसकेकाले यहाँका किसानको उत्पादनलाई सहजरूपमा काठमाडौँ लान नसकिने गुनासो छ । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त व्यवसायी कँडेलले किसानलाई ज्ञान र सीपमा पोख्त बनाएर उनीहरुको मेहेनतअनुसारको प्रतिफल आओस् र स्वरोजगारबाटै धनी होऊन् भन्ने आफूहरुको भावना रहेको बताए । त्यसका लागि आफूले व्यक्तिगत सहयोगको क्रमलाई निरन्तरता दिने उनको  भनाइ छ । प्राङ्गारिक कृषि विज्ञसमेत रहेका किशोर लोहनीले धेरै समयको प्रयासपछि यन्द्योजस्ता विज्ञलाई गाउँमा ल्याउन सकिएको र अब स्थानीय किसानले गरिखान सक्ने विश्वास बढेको बताए । सरकारले कृषिका लागि अनुदान पनि दिन थालेकाले गाउँ–गाउँमा व्यावसायिक खेतीको क्रम भने बढ्दो छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending