खोटाङ । नेकपा (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ । यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।
जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् ।
५५ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन्। जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।
बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।
यसैगरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागाईँ, साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन् ।
यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।
पार्टी विभाजनपछि नेकपा एमालेमा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईँहरुको दाबी रहन्छ कि रहन्न रु भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिए । “एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उनले भने, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०८३ - १७:४१
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका छन्। राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसा...
बैशाख २० गते, २०८३ - १७:२८
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सातौँ अध्यादेश जारी गरेका छन्। उनले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका हुन्। य...
बैशाख २० गते, २०८३ - १७:१८
काठमाडौं । सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जन ले सफाइ पाएका छन्। जिल्ला अदालत सर्लाहीले उनलाई आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो। ...
बैशाख २० गते, २०८३ - १६:३४
नेपालगन्ज। स्तरोन्नतिको चरणमा रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरा बजार क्षेत्रको सडक फराकिलो बनाउन माग गर्दै स्थानीयबासीले दवाव दिन हस्ताक्षर सङ्...
बैशाख २० गते, २०८३ - १६:२३
रुकुम पश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्।...
बैशाख २० गते, २०८३ - १६:१४
काठमाडौँ। बङ्गलादेशको राजधानी ढाकामा आयोजित ‘इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६’ बाट नेपालका १० जना फोटोपत्रकार सम्मानित भएका छन् । ब...
बैशाख २० गते, २०८३ - १५:५५
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि नयाँ योग्यता मापद...
बैशाख २० गते, २०८३ - १५:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी व्यवसायीहरूलाई डर–त्रासमा नपर्न आग्रह गरेका छन्। आइतबार निजी क्षेत्रक...
बैशाख २० गते, २०८३ - १५:४२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को हाल राजनीतिक भेटघाट नियन्त्रित गरिएको छ। हालै पत्थरीको शल्यक्रिया गरेका उनी ...
बैशाख २० गते, २०८३ - १४:०५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन, पारदर्शिता र जनविश्वास मजबुत हुन नसक्ने बताएका छन् । ...


प्रतिकृया लेख्नुहोस्: