काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणी चौधरीले आगामी निर्वाचनपछि एमालेको हालत नोकियाजस्तै हुने बताएका छन् ।
शंखरापुरमा पार्टीको नगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले भने, ‘चुनावपछि एमालेको हालत नोकियाको जस्तै हुन्छ । एक समय राम्रो ब्राण्ड भ्यालु भएको नोकिया अहिले काम लाग्दैन । मान्छेले किन्दैनन् । त्यसैगरी एमालेलाई पनि अब जनताले पत्याउँदैनन् ।’
केपी ओलीले फेरि चुनाव जित्छ भन्नु बेकारको कुरा भएको उनको भनाइ थियो । ‘ओलीको पार्टीले फेरि जनतासँग भोट माग्ने नैतिकता छैन । ओली जत्तिको अक्षम व्यक्ति कोही छैन । के अब फेरि ओलीलाई भोट दिने? किन संसद विघटन गर्न ?’ उनले प्रश्न गरे ।
चौधरीले चुनावबाट समाजवादी देशको पहिलो र शक्तिशाली पार्टी बन्ने दाबी गरे । ‘देशलाई संचालन गर्न सक्ने पार्टी बन्छ । समाजवादीको भविष्य छैन भन्नेलाई जवाफ दिएका छौँ। दुई महिनाको अवधिमा ७५३ स्थानीय तहका वडामा पार्टी स्थापित भएको छ,’ उनले भने ।
नयाँ पार्टीले जनमत पाउँदैन भन्ने कुरालाई २०६४ सालको चुनावले गलत ठहर्याइसकेको भन्दै उनले थपे, ‘पुरानो पार्टीले मात्रै चुनाव जित्छ भन्नु बेकार हो । त्यो हो भने कांग्रेसले किन पटकपटक चुनाव हारेको छ ?’ उनले प्रश्न गरे ।
चौधरीले पार्टी विभाजन गरेर कम्युनिस्ट आन्दोलन बचाएको तर्क गरे । ‘पार्टी विभाजन नगरेको भए कम्युनिस्ट आन्दोलन समाप्त हुन्थ्यो । हामीले संविधान बचाएका छौं । कम्युनिस्ट आन्दोलन सकिनुभन्दा विद्रोह सही छ । कानुनी राज्य स्थापना गर्ने काम गरेका छौं,’ उनले भने ।
समाजवादीले शंखरापुरमा श्याम वाइवाको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी घोषणा गरेको छ । युवाको नगर कमिटी घोषणा पनि घोषणा गरेको छ । समाजवादीले ९ वटै वडामा संगठन विस्तार गरेको अध्यक्ष वाइवाले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: