Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

लोकतन्त्र जोगाउन विद्रोह गरी नयाँ पार्टी निर्माण गरेको हुँ : अध्यक्ष नेपाल

खबरडबली संवाददाता

मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आज यहाँ आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसारपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उनले जनताले निर्माण गरेको संविधानको संरक्षण र जनताप्रति सम्मान नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले नीति र व्यक्तिवादी सोचबाट नभई विचार विधिबाट सञ्चालन गरी समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश नं १ मा गठवन्धन दलबीचको सहमति एवं निर्णयमा यो हप्ताभित्र राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुने दाबी गरे ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले सरकारले बेमौसमले वर्षाबाट क्षति भएको किसानको धानबालीको क्षतिपूर्तिका लागि ६५ प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिँदै वर्तमान सरकार जनताको पक्षमा राम्रो कार्य गर्ने दिशातर्फ अगाडि बढिरहेको बताए ।

पोलिटव्यूरो सदस्य महजुद आलम, डा उद्धव पोखरेल, मोरङ अध्यक्ष चन्द्रवीर राई, पारुल क्षेत्री र नेकपा (माओवादी केन्द्र)का मोरङ संयोजक गणेश उप्रेतीले पार्टी वैकल्पिक शक्तिका रूपमा आगाडि बढिरहेको धारणा राखे । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, नागरिक समाज एवं सञ्चारकर्मीको सहभागिता थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending