काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि खारेज गर्न ६ विद्यार्थी संगठनले माग गरेका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादीनिकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपानिकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चानिकट अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, विप्लवनिकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादीनिकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यबृद्धिले आम-नेपालीको जनजीवन कठिन बनाएको ठहर गरेका छन् ।
'दैनिक जनजिवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यबृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ,' संयुक्त विज्ञप्तिमा भनिएको छ, 'बहुसंख्यक जनताले निम्न आयमा गुजारा गर्नुपर्ने हाम्रोजस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमको केबल तेलको ब्यापारीजस्तो भूमिका किमार्थ स्वीकार्य छैन ।'
आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गर्दै जनतालाई सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन विभिन्न उपायहरुको खोजी गर्नेतर्फ पूर्ण उदासिन रहि केबल अन्तर्राष्ट्रिय बजारको मूल्य समायोजनको नाममा एकोहोरो रुपमा गरिएको मूल्यवृद्धिप्रति उनीहरुले कडा आपत्ति जनाएका छन् ।
मुलुकका ८० लाख बिद्यार्थीको प्रतिनिधि संगठनहरुको विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने उनीहरुको चेतावनी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०८:५६
रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...
पौष ५ गते, २०८२ - ०८:३७
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...
पौष ५ गते, २०८२ - ०८:३५
खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...
पौष ५ गते, २०८२ - ०८:३३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...
पौष ५ गते, २०८२ - ०८:२५
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...
पौष ५ गते, २०८२ - ०७:४८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...
पौष ५ गते, २०८२ - ०७:४५
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...
पौष ४ गते, २०८२ - ११:३२
कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...
पौष ४ गते, २०८२ - ११:३२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...
पौष ४ गते, २०८२ - १०:५९
काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...




प्रतिकृया लेख्नुहोस्: