लमजुङ । आधुनिक प्रविधिको युगमा समेत यहाँ अझै कटुवालकै भरमा सूचना दिने प्रचलन कायम छ । लमजुङ जिल्लास्थित क्व्होलासोथर गाउँपालिका–८ घाम्राङ गाउँमा अझै पनि हरेक सूचना कटुवालमार्फत सूचना दिने प्रचलन कायम रहेको हो । यहाँका स्थानीय दिनबहादुर गुरुङले जब गाउँपारिको डाँडामा उभिएर ठूलो स्वरमा उर्दी जारी गर्न थाल्छन्, सबै गाउँलेले आफूले गर्दै गरेको काम रोकेर कान ठाडो पार्दै ध्यानपूर्वक सुन्न थाल्छन् । गुरुङले डाँडाबाट आफ्ना गाउँमा हुन लागेको कार्यक्रमबारेको नयाँ सूचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई सूचना दिने मान्छे अर्थात् कटुवाल हुन् । प्रविधिको माध्यमबाट सूचना दिने क्रम बढे पनि यहाँका गाउँका बासिन्दालाई सामूहिकरुपमा सूचना (खबर) गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको प्रथा कायमै रहेकाले यस प्रथाको महत्व रहँदै आएको छ ।
घाम्राङ गाउँमा हुने विभिन्न भेला, कार्यक्रम तथा बैठक, विवाहलगायतका शुभकार्यमा स्थानीयवासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रीतिस्थितिअनुसार असिना बार्ने, बीउ बार्नेदेखि विकास निर्माणका काममा सामूहिक काम गराउन, सामुदायिक वनको गोडमेल, खानेपानीको मर्मतसम्हार, दाउरा काट्ने, दुःख–बिमारमा सघाउ गर्ने, गाईभैँसी लेकमा लैजाने बेँसीमा राख्नेलगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङले बताए । गुरुङले भने, “गाउँभरिको खबर गर्ने आधिकारिक व्यक्ति नै गाउँको कटुवाल हो ।”
वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको रहेको उनको भनाइ छ । गुरुङले गत मङ्सिर महिनाबाट यस गाउँमा सूचना दिने काम अर्थात् कटुवालको काम गर्दै आएका छन् । वर्षौं पहिलेदेखि कटुवालको चलन चल्दै आएको र यसलाई निरन्तरता दिनका लागि आफू पनि कटुवाल बनेको उनको भनाइ छ । उनले भने, “यस गाउँमा मात्र नभई घाम्राङगाउँ आसपासका घिचे, घाम्राङबेँसी, साल्मेलगायतका गाउँमा समेत कटुवाल कराएरै खबर पु¥याउने गरेको छु ।” गाउँमा जे जस्तो खबर गर्नुपरे पनि ती गाउँमा आफैँ खटिँदै आएको उनले भने । ती गाउँमा सूचना दिनका लागि गाउँका चौतारोदेखि अग्लो डाँडा तथा थुक्कोमा बसेर उर्दी गरेपछि गाउँलेले थाहा पाउने गरेको उनले सुनाए ।
यसरी नै कटुवाल कराएर गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी हुँदै आएको छ । कटुवाल कराएबापत उनले गाउँलेबाट सामूहिकरुपमा वार्षिक पाँच मुरी धान, एक मुरी कोदो पाउँछन् । बर्सेनि गाउँमा सभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै परिवार धान्ने गरिन्छ । कटुवालको जिम्मेवारीमा आउने अन्न, आफूले उब्जाउने अन्न र मेलापात गरेर आउने नगद आम्दानीले आफ्नो जीवन र परिवारको गुजारा चल्छ । वडाध्यक्ष गुरुङका अनुसार यहाँ प्रत्येक मङ्सिर महिनामा कटुवाल चुन्ने गरिन्छ ।
गाउँमा प्रायःजसो सबैको हातहातमा मोबाइल सेट र इन्टरनेट छ, यसैको माध्यमबाट संसारको खबर प्राप्त गर्ने गरे पनि गाउँका खबर भने कटुवालमार्फत थाहा पाउँदै आएको स्थानीय गमप्रसाद गुरुङले बताए । उनले भने, “यहाँ परम्पराको चलन कायम रहेकाले यसलाई बचाउनका लागि पनि कटुवालको महत्व तथा संरक्षण आवश्यक रहेको छ ।” यी गाउँबाहेक पनि जिल्लाका कतिपय गाउँमा अझै पनि कटुवाल प्रथा कायमै रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३२ गते, २०८३ - १७:४६
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का नेता विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालत...
आषाढ़ ३२ गते, २०८३ - १७:४०
यस्ता छन् अन्य सात निर्णयहरु
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:२८
काठमाडौं । इजरायलले दीर्घकालीन स्याहार केन्द्र (केयरगिभर) मा रोजगारीका लागि १ हजार १ सय १५ जना नेपाली श्रमिक छनोट गरेको छ। छनोटमा परेका श्रमिकहरूको वर...
आषाढ़ ३२ गते, २०८३ - १७:०५
काठमाडौँ। बिहीबार दिउँसो काठमाडौँमा परेको भारी वर्षापछि माइतीघर क्षेत्र डुबानमा परेको छ। निरन्तरको वर्षासँगै सडक र फुटपाथमा पानी जम्दा सर्वसाधारणलाई आ...
आषाढ़ ३२ गते, २०८३ - १६:४७
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी पूर...
आषाढ़ ३२ गते, २०८३ - १६:४०
सप्तरी । मोटरसाइकलमा बालकको शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। ...
आषाढ़ ३२ गते, २०८३ - १६:३०
ढल्केबर । मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा ९एमाले० र नेकपाबीचको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय भएको छ। तीन दलका संसदीय दलका नेताहरूको संयु...
आषाढ़ ३२ गते, २०८३ - १६:०९
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष सु...
आषाढ़ ३२ गते, २०८३ - १५:४७
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहीबार दिउँसो सिंह...



प्रतिकृया लेख्नुहोस्: