काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशले आइतबारबाट बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाई गर्ने भएका छन् ।
प्रधानन्यायाधीशको वर्हिगमन माग गर्दै चार दिनदेखि अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू चौतर्फी दबाबपछि आइतबारबाट बन्दीका मुद्दा हेर्न भने सहमत भएका छन् ।
न्यायाधीश इश्वर खतिवडा र सपना प्रधान मल्लसँग आइतबार बिहानै सल्लाह गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्ने सहमति बनेको एक न्यायाधीशले बताए ।
उनका अनुसार हालसम्म प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीश एक ठाउँमा भएकाले आफुहरूले उठाउँदै आएका विषय सम्बोधन नभए (प्रधानन्यायाधीशले मार्गप्रसस्त नगरे)सम्म बन्दीका बाहेक अन्य मुद्दा भने इजलासमा बसेर सुनवाइ नगर्ने बताएका छन् ।
‘चौथो दिनपनि थप सल्लाह गर्ने सहमति भयो कि के भयो श्रीमान ?’ जिज्ञासामा ती न्यायाधीशले भने, ‘हाहाहा, हामीले आज पनि हाम्रा छलफलका विषयलाई हेर्दाहेर्दैमा राखेका छौं, तर आइतबारबाट बिदामा रहनुभएका दुई जना न्यायाधीशसँग छलफल गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्छौँ । अन्य मुद्दा हेरिन्न ।’
बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेको भन्दै केही अधिवक्ता रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेपछि दबाबमा परेका न्यायाधीश बन्दीका मुद्दा हेर्न तयार भएका हुन् ।
न्यायाधीशको यो सहमतिलगत्तै नेपाल बार एसोसिएसनको बैठकले बहसमा फर्कने तर प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको समेत मुद्दा सुनुवाइ नगरेर न्यायाधीहरूले न्यायको हक हनन गरेको भन्दै १९ जना न्यायाधीशविरुद्ध केही अधिवक्ता रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: