काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीशले आइतबारबाट बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाई गर्ने भएका छन् ।
प्रधानन्यायाधीशको वर्हिगमन माग गर्दै चार दिनदेखि अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरू चौतर्फी दबाबपछि आइतबारबाट बन्दीका मुद्दा हेर्न भने सहमत भएका छन् ।
न्यायाधीश इश्वर खतिवडा र सपना प्रधान मल्लसँग आइतबार बिहानै सल्लाह गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्ने सहमति बनेको एक न्यायाधीशले बताए ।
उनका अनुसार हालसम्म प्रधानन्यायाधीशबाहेक सबै न्यायाधीश एक ठाउँमा भएकाले आफुहरूले उठाउँदै आएका विषय सम्बोधन नभए (प्रधानन्यायाधीशले मार्गप्रसस्त नगरे)सम्म बन्दीका बाहेक अन्य मुद्दा भने इजलासमा बसेर सुनवाइ नगर्ने बताएका छन् ।
‘चौथो दिनपनि थप सल्लाह गर्ने सहमति भयो कि के भयो श्रीमान ?’ जिज्ञासामा ती न्यायाधीशले भने, ‘हाहाहा, हामीले आज पनि हाम्रा छलफलका विषयलाई हेर्दाहेर्दैमा राखेका छौं, तर आइतबारबाट बिदामा रहनुभएका दुई जना न्यायाधीशसँग छलफल गरेपछि बन्दीका मुद्दा भने सुनुवाइ गर्छौँ । अन्य मुद्दा हेरिन्न ।’
बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेको भन्दै केही अधिवक्ता रिट दर्ता गर्न सर्वोच्च अदालत पुगेपछि दबाबमा परेका न्यायाधीश बन्दीका मुद्दा हेर्न तयार भएका हुन् ।
न्यायाधीशको यो सहमतिलगत्तै नेपाल बार एसोसिएसनको बैठकले बहसमा फर्कने तर प्रधानन्यायाधीशको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको छ ।
बन्दीप्रत्यक्षीकरणको समेत मुद्दा सुनुवाइ नगरेर न्यायाधीहरूले न्यायको हक हनन गरेको भन्दै १९ जना न्यायाधीशविरुद्ध केही अधिवक्ता रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक १७ गते, २०७८ - २०:०७
बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ठूलो मात्रामा अवैध सामान बरामद गरेको छ । प्रहरीले ६६ लाख ५० हजार रुपैयाँ बराबरको भन्सार छलीको साम...
कार्तिक १७ गते, २०७८ - १९:५५
खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल मदिरा पोखेर नष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषा...
कार्तिक १७ गते, २०७८ - १९:२६
संखुवासभा । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी जनार्दन शर्मा (प्रभाकर) ले संखुवासभाको किमाथांका नाका र अरुण करिडोर चाँडै सञ्चालनमा ल...
कार्तिक १७ गते, २०७८ - १८:४७
काठमाडौँ । नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनमा विवाद भएको छ । कार्यवाहक अध्यक्ष रमा श्रेष्ठले न्यायाधीशहरु काममा फर्किनुपर्...
कार्तिक १७ गते, २०७८ - १८:४०
फुङ्लिङ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले अहिले सर्वोच्चमा अदालतमा देखिएको समस्याको समाधान सर्वोच्चमै खोज्नुपर्ने बताएका छन् । प्रधा...
कार्तिक १७ गते, २०७८ - १८:२१
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूसँग प्रदेश सरकारका काम कारबाहीका विषयमा छलफल गरेका छन...
कार्तिक १७ गते, २०७८ - १७:४४
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पूर्वप्रधानन्यायाधीशको विवेक हेर्न मन भए फैसला पल्टाउन चुनौती दिएका छन् । काठमाडौंमा बुधवार आयोजित एक...
कार्तिक १७ गते, २०७८ - १६:३९
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४४७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३...
कार्तिक १७ गते, २०७८ - १६:२३
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्...
कार्तिक १७ गते, २०७८ - १६:०७
काठमाडौँ । नेकपा एमालेको १०औँ महाधिवेशनका प्रतिनिधि यही २७ कात्तिकमा एकै दिन छानिँदै छन् । एमाले प्रचार विभागले १०औँ महाधिवेशनका विषयमा जानकारी द...
प्रतिकृया लेख्नुहोस्: