Ntc summer Offer
Khabar Dabali १८ फाल्गुन २०८० शुक्रबार | 1st March, 2024 Fri
NIMB

बारको निर्णय : प्रधानन्यायाधीशलाई बहिष्कार, कालोपट्टी बाँधेर बहस गर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौँ । नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेको बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि वकिलहरूलाई बहसमा फर्कन आग्रह गरेको हो । 

तर, प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरिएको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरले जानकारी दिए । 

उनका अनुसार भद्र अवज्ञा गर्दै बहसमा सहभागी हुने बारले निर्णय गरेको छ । अधिवक्ताहरूलाई कालो पट्टी बाँधेर बहसमा सहभागी हुन बारले आग्रह गरेको छ । 

कार्यपालिकासँग मिलेर भागबण्डा मागेको प्रधानन्यायाधीश जबरामाथि आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीशले नै इजलास अघोषित बहिष्कार गर्दै आएका छन् । उनीहरूको आन्दोलनप्रति बारले पनि ऐक्यबद्धता जनाउँदै सर्वोच्चमा बहस बहिस्कार गरेको थियो । 

तर, शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने, तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्लोबल आइएमई बैंकको ३५६ औं शाखा महोत्तरीको गौशालामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट ब...

रूसी सेनामा कार्यरत २० भारतीयलाइ फर्काउँदै भारत

काठमाडाैं। रुसी सेनामा सपोर्ट स्टाफका रुपमा कार्यरत करिब २० भारतीय नागरिकलाई जतिसक्दो चाँडो राहत दिने हरसम्भव प्रयास भइरहेको भारतले जनाएको छ । विदे...

उपनिर्वाचनः बझाङमा कांग्रेसका लोकेन्द्र रोकायाको दाबी

काठमाडौं । बैशाख १५ मा हुन गइरहेकेा बझाङ १ को ‘क’ प्रदेश सभाकाे उपनिर्वाचनमा नेपाली कांग्रेसबाट युवा नेता लोकेन्द्र रोकायाले आफ्नो दाबी रहने बताएका छन...

गृहमन्त्रीसमक्ष कार्यदलद्वारा सूचनाप्रणाली विकाससम्बन्धी प्रतिवेदन पेस

काठमाडौं । एकीकृत आपत्कालीन प्रतिकार्य प्रणालीसम्बन्धी अवधारणा तथा कार्ययोजना तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन आज उपप्रधानमन्त्री एवं गृहमन्त्...

आन्दोलनरत गुठीपीडित किसानलाई वार्तामा आउन आह्वान

काठमाडौं । सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले समिति पनि गठन ...

मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा

सङ्खुवासभा । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइन...

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री प्रचण्ड

चितवन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । चितवनमा कुराकानी गर्दै उहाँले...

गठबन्धनमा समस्या छैनः माधव नेपाल

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।...

त्रिभुवन आर्मी पाँचथर गोल्डकपको फाइनलमा

पाँचथर ।  त्रिभुवन आर्मी फुटवल क्लब पाँचथरको फिदिममा जारी चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फिदिम माध्यमिक विद्यालयको ख...

सिन्धुपाल्चोकको निम्डोल क्षेत्रमा भिषण आगलागी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३ मा पर्ने निम्डोल क्षेत्रमा बुधबारदेखि  डढेलो लागेको छ । डढेलोका कारण त्यहाँ रहेका आधा दर्ज...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies