Khabar Dabali १५ बैशाख २०८३ मंगलवार | 28th April, 2026 Tue

सर्वोच्च अदालतबारे कांग्रेसका '१२ भाई'को विज्ञप्ति : कांग्रेस मौन बसेर नजरअन्दाज गर्न मिल्छ ?

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतमा देखिएको विवादपछि सत्तारुढ नेपाली कांग्रेसका १२ नेताले विज्ञप्ति जारी  गरेका  छन् । कांग्रेसका १२ नेताले सर्वोच्चमा देखिएको विवाद समाधानका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् । पार्टी नेतृत्व अहिलेको अवस्थामा मौन बसेर नजरअन्दाज गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्ति
नेपालको लोकतान्त्रिक आन्दोलनमा स्वतन्त्रत न्यायालयको ठूलो योगदान रहेको छ। निरंकुशतन्त्रमा पनि न्यायालयको नेतृत्वले नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा विवेकशील र न्यायपूर्ण रुपमा आफूलाई उभ्याउँदै आएको गौरवपूर्ण इतिहास छ।यस यथार्थको उपहास हुने कुनै पनि गतिविधि हुन्  नदिनु हामी सबैको कर्तव्य र जिम्मेवारी दुवै हो। न्यायालयको स्वतन्त्रता र निष्पक्षता लोकतान्त्रिक शासन प्रणालीको पूर्व शर्त र प्रमुख आधार हो। यसको मर्यादालाई बचाई राख्नु हामी सबैको राजनीतिक, सामाजिक तथा नैतिक दायित्व पनि हो।


पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन मिल्दैन।यस्तो पेचिलो परिस्थितिमा पनि केही दल मौन छन् भने केहीले बिगतमा न्यायालयले गरेको संविधानको रक्षाको प्रतिसोध साध्न खोजेका छन् र घटनाक्रमलाई विषयान्तर गर्न प्रयत्नशील छन्। यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय भित्रको बिषय हो उसैले जानोस भनेर नजरअन्दाज गर्न मिल्छ?कदापि मिल्दैन।किनकि यो लडाइँ न्यायालयलाई निष्पक्ष, स्वतन्त्र र पवित्र राख्ने कि नराख्ने भन्नेमा केन्द्रित भएकोले,आफ्नो जन्मकालदेखि नै स्वतन्त्र र निष्पक्ष न्यायालयको पक्षमा संघर्ष गरेको नेपाली कांग्रेस त झन यस मामिलामा मौन बस्नै मिल्दैन ।

स्पष्ट छ, न्यायपालिकाको नेतृत्वको शुद्ध न्यायिक आचरणबिना न्यायपालिकाको स्वतन्त्रता सम्भव हुँदैन अनि न्यायपालिकाको स्वतन्त्रताबिना नेपाली कांग्रेसले बिश्वास गरेको उदार लोकतन्त्रको संरक्षण सम्भव छैन । अतः अहिलेको अबस्थामा  नेपाली कांग्रेस स्पष्ट दृष्टिकोणका साथ न्यायलय शुद्धीकरणको लागि भैरहेको लडाइँको  पक्षमा उभिनु पर्छ। लोकतन्त्र र न्यायको आधारभूत मर्म माथि हुने सबै किसिमका प्रहारलाई रोक्नु र अदालतप्रतिको जनबिश्वासलाई डगमगाउन नदिनु कांग्रेसको प्रमुख दायित्व हो।

बीपी भन्नुहुन्थ्यो -''लोकतन्त्रको जग बसाल्न र यसको सुदृढीकरण गर्न न्यायपालिकाको निष्पक्षतालाई अुक्षण्य राख्नु पर्छ। यस्ता संस्था लोकतन्त्रको मात्र होइन,राष्ट्रका सजग प्रहरी हुन।'' न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका लागि आज देखिएको समस्या हल गरेर मात्र पुग्दैन, न्यायपालिकाको निश्पक्षताका लागि संविधान, कानून, नियत, अभ्यास, शैली र प्रकृया यी सवैमा गम्भिर विमर्श गर्दै उपयुक्त निर्णयको खाँचो छ। त्यसैले हाम्रो विनम्रतापूर्वक अनुरोध छ;- नेपाली कांग्रेसले अहिले न्यायप्रणालीका सन्दर्भमा उठेका प्रश्नलाई नजरअन्दाज नगरी समस्याको हल खोज्न जिम्मेवारपूर्वक अविलम्ब अग्रसरता  लिनुपर्दछ। साथै विगतमा न्यायलयसंग सम्बन्धित कानूनी र अभ्यासगत रुपमा भए गरेका काम कारवाहीबाट सिक्दै न्यायप्रणालीको संस्थागत विकास, न्यायपालिकाको निश्पक्षता र स्वतन्त्रताका खातिर दीर्घकालिन समाधान खोज्नको लागि नेतृत्वदायी भुमिका पनि नेपाली कांग्रेसले लिनुपर्दछ। जय नेपाल!

चन्द्र भण्डारी 
धनराज गुरुङ 
कमला पन्त 
रत्ना शेरचन 
गगन थापा 
बद्री पाण्डे 
जीवन परियार 
गुरूराज घिमिरे 
प्रदिप पौडेल 
सरिता प्रसाई
रामकृष्ण यादव 
किरण यादव
मिति: २०७८ कार्तिक १२ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आङ्देम्बेलाई खड्काको सन्देश: ‘प्रतिपक्षको भूमिकालाई इतिहास बनाउने समय’

काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्‍याउन...

ट्रम्पलाई भोट दिने अमेरिकी भन्छन्–अब पछुताएर के हुन्छ ?

काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...

सुनसरीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...

यलम्बर सालिक विवाद ‘कूल’ हुँदै: एउटै मिति, एउटै मञ्चमा सहमति नजिक

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...

ठूलो परिणामको लागूऔषधसहित भक्तपुरबाट युवक नियन्त्रणमा

भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...

शैक्षिकसत्र सुरु, आजदेखि भर्ना, २१ गतेदेखि पढाइ

काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...

गण्डकीमा ७१ गभर्वती र सुत्केकीको हवाई उद्धार

कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...

दुई वर्षमा सकिनु पर्ने बागलुङ नगर अस्पताल भवन निर्माणको काम तीन वर्षमा ४५ प्रतिशत

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending