Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

अन्तत संसद् अधिवेशन अन्त्य : संसद् चलेको ४८ दिनमा के-के भयो ?

खबरडबली संवाददाता

काठमाडौं । संघीय संसदको नवौँ अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै अधिवेशन आज मध्यरातिबाट अन्त्य गरेकी हुन् । 

गत २३ भदौबाट नवौँ अधिवेशन सुरु भएको थियो । तर, सुरुकै बैठकबाट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको नाराबारी सहेर आएको प्रतिनिधिसभाले अन्तिम बैठक बिहीबार (हिजो) पनि नाराबाजी खेपेको थियो । 

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरू रोष्ट्रमअगाडि उभेर नाराबाजी गरिरहे । तर, उनीहरूको नाराबाजीलाई बेवास्ता गर्दै सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए । 

सोही क्रममा आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र उठाउने विधेयकजस्ता महत्वपूर्ण विधेयक पारित गरेको संघीय संसदका दुवै सदनले निरन्तरत एमाले सांसदको अवरोध खेप्यो । तर, पारित र स्वीकृत भएका विधेयक, प्रस्तावहरूमाथि घनिभूत रूपमा छलफल गराउन भने प्रतिनिधिसभा चुकेको छ । 

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालबाहेकका सांसदहरू छलफलमा सहभागी भएनन् । प्रतिपक्षी सांसद नाराबाजीमै रहे पनि सरकार समर्थित सांसदहरू हतारमै विधेकय पारित गराउन लागि परे । 

अन्ततः ४८ दिनमै संघीय संसदको दुवै सदनको अधिवेशन शुक्रबार मध्यराति १२ बजेबाट अन्त्य हुने जानकारी संसद सचिवालयले सांसदहरूलाई जानकारी गराएको छ । 

सचिवालयले जारी गरेको सूचना 
सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८/०७/११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन , सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डा. भरतराज गौतम
संघीय संसदको महासचिव

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्याङ्जामा किरियापुत्री दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा । पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । फेदिखोला ४ घर भई सिद्धा...

प्रतिकूल मौसमले नेपाली आकाशमा हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच भेटघाट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ...

सुनको मूल्य हालसम्मकै उच्च, बिहीबार बनायाे मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज सुनको मूल्य हालसम्मक...

लगानी गर्दा बुझेर गर्न मन्त्री महासेठको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर मह...

नक्कली भुटानी शरणार्थी प्रकरणः पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता रायमाझी अस्पताल भर्ना

काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेता रायमाझ...

झापाका कोईला व्यवसायी संगठित, अध्यक्षमा बस्नेत

झापा । झापाका कोईला व्यवसायी संगठित भएका छन् । बिर्तामोडका युवा व्यवसायी बिनोद बस्नेतको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गर्दै कोइला व्यवसायी संगठित ...

युवतीलाई ब्ल्याकमेल गर्दै १० लाख मागेपछि अनेरास्ववियु नेतृ बम पक्राउ

काठमाडौं । अनेरास्ववियु नेतृ रक्षा बमले एक युवतीको युवतीलाई ब्ल्याकमेल गरेपछि पक्राउ परेको खुलेको छ ।  युवतीको मोबाइलमा अनधिकृत प्रवेश गरी ब्ल्याकमेलि...

मध्य चैतमा भदौरे झरी, जनजीवन प्रभावित

आकाश खुल्न अझै केही दिन लाग्ने

सदाबहार लोकगीत 'ढुँगे बगर' को ५० बर्ष पछि रिमेक

काठमाडाैं । करीब ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर श्रोताहरु माझ ख्याति कमाउन सफल भएको नेपाली लोक गीत 'ढुँगे बगर माया ढुँगे बगर'... को  रि...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies