काठमाडौं । आबुधावी डाइलगमा सहभागी हुन संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवार बीच बुधवार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको थियो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सीपमूलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगायत विषयमा छलफल भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
आवुधावीमा अन्य कुटनीतिक भेटघाट
आबुधाबी डायलगको छैटौँ मन्त्रिस्तरीय बैठकमा सहभागी नेपाली टोलीले आबुधावीमा अन्य कूटनीतिक भेटवार्ता गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्बर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो । साउदी अरेबियासँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने, नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाका विषयमा छलफल भएको थियो ।
यस्तै मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको बैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण तथा रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजीकरण गर्ने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुसाालले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: