Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

गण्डकी प्रदेश एमाले पालिका अधिवेशनः कुनै ठाँउ सर्वसम्मत, कुनै ठाँउ सहमतिनै भएन

खबरडबली संवाददाता

गण्डकी । नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मङ्गलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा  सहमतिमा नेतृत्व चयन गरिएको हो । पोखरा महानगरपालिका र माछापुच्छ«ेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन । 

मादी गाउँपालिका कमिटीको अध्यक्षमा बालकृष्ण गुरुङ, उपाध्यक्षमा एकजङ्ग गुरुङ, सचिवमा सुवास सापकोटा र उपसचिवद्वयमा राजु अधिकारी र प्रतिक्षा पौडेल चयन हुनुभएको छ । अन्नपूर्णको अध्यक्षमा विवेक देवकोटा, उपाध्यक्षमा मीनाकुमारी गुरुङ, सचिव मदनप्रसाद पौडेल, सहसचिवमा दानबहादुर केसी र विराज सुवेदीलाई चयन गरिएको छ । यस्तै रुपा गाउँपालिका कमिटी अध्यक्षमा सवाबक्स मियाँ निर्विरोध चयन भएको एमाले कास्की जिल्ला कमिटीका सचिव दामोदर बैरागीले जानकारी दिए ।

यसैगरी पोखरा महानगरपालिकामा आजदेखि निर्वाचन प्रक्रिया सुरु हुने बताइएको छ । पोखराको नेतृत्व लिनका लागि दीपक पौडेल, तेजनारायण अधिकारी, दिलीप न्यौपाने र सञ्जीवबहादुर कोइराला आकांक्षी हुनुहुन्छ । सहमति नबन्दा अधिवेशन एक दिनपछि सरेको हो ।

माछापुच्छ«े गाउँपालिकाको अधिवेशन भने स्थगन गरिएको छ । उद्घाटन समारोहपछि नेतृत्व चयन प्रक्रिया सुरु भएकामा आकांक्षीबीचमा सहमति नजुटेपछि उम्मेदवारको सहमतिमा अधिवेशन स्थगन गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए। अध्यक्षका आकांक्षीबीच छलफल गरेर उहाँहरुबीचको सहमतिअनुसार निर्वाचन प्रक्रिया सुरु हुनेछ । अध्यक्षका लागि विक्रम गुरुङ, महेश्वर दवाडी, यदुराम अधिकारी र पानबहादुर जिसीले मनोनयन दर्ता गराएका छन्।  

तनहुँका चार पालिकामा सर्वसम्मत

 

दमौली :  तनहुँमा मङ्गलबार भएको स्थानीय तहको अधिवेशनअन्तर्गत चार पालिकामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

व्यास नगर कमिटीको अध्यक्षमा वीरेन्द्र अधिकारी, उपाध्यक्षमा तुल्सीराम पाण्डे, सचिवमा ज्ञानेन्द्र बसौला, उपसचिवमा मधु पण्डित र सीता पाण्डे चयन हुनुभएको छ । शुक्लागण्डकी नगरको अध्यक्षमा मुक्ति तिमिलसिना र सचिवमा रघुनाथ पौडेललाई सर्वसम्मत चयन गरिएको छ । आँबुखैरेनी गाउँ कमिटीको अध्यक्षमा मीना अधिकारी, उपाध्यक्षमा चन्द्रबहादुर थापा, सचिवमा बेलबहादुर गुरुङ, सहसचिवमा जमालदिन मियाँ र पूर्णबहादुर आलेलाई चयन गरिएको छ ।  

यस्तै बन्दीपुर गाउँ कमिटीको अध्यक्षमा सुरेन्द्र थापा, उपाध्यक्षमा शिवकुमार श्रेष्ठ, सचिवमा कुलेन्द्र गौतम, सहसचिवमा रवि श्रेष्ठ र अमिर गुरुङ चयन हुनुभएको छ । भानु नगरपालिका र भिमाद नगरपालिकामा नेतृत्व चयनको प्रयास भइरहेको छ । घिरिङ गाउँपालिकामा अधिवेशन कात्तिक १५ गतेसम्मलाई स्थन गरिएको छ । ऋषिङ, देवघाट र म्याग्दे गाउँपालिकाको भने मङ्गलबार अधिवेशन नगर्ने तय भएको थियो । ऋषिङमा कात्तिक ११, देवघाटमा १४ र म्याग्देमा १५ गते अधिवेशन हुने भएको छ । 

बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व 

गलकोट स् नेकपा ९एमाले०को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । दश पालिका रहेको जिल्लामा मङ्गलबार सात पालिकामा अधिवेशन सुरु भएको थियो । तमानखोला, ताराखोला, काठेखोला गाउँपालिका तथा ढोरपाटन र गलकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । 

गलकोट नपाको अध्यक्षमा पूर्ण काउचा, उपाध्यक्षमा तिला केसी, सचिवमा दानबहादुर श्रीस, उपसचिवमा पोस्टराज सुवेदी र लक्ष्मी सुनारलाई चयन गरिएको निवर्तमान नगर संयोजक डम्बर श्रीसले जानकारी दिनुभयो । त्यस्तै ताराखोला गाउँपालिकाको अध्यक्षमा ऋषिराम रोका, उपाध्यक्षमा थममाया घर्ती, सचिवमा दुर्गाबहादुर बगाले र उपसचिवमा डम्बरबहादुर छन्त्याल चयन हुनुभएको छ । 

यस्तै तमानखोलाको अध्यक्षमा तारानाथ श्रीपाली, उपाध्यक्षमा कुमबहादुर छन्त्याल, सचिवमा लीलबहादुर पुन, उपसचिवमा रुपा छन्त्याल र चुनबिर दर्जी चयन भएका छन्। काठेखोला गाउँपालिकाको अध्यक्षमा डिलबहादुर कार्की, उपाध्यक्षमा युक्तप्रसाद कँडेल, सचिवमा विधापती शर्मा, उपसचिवमा तिलबहादुर खड्का र नरबहादुर क्षेत्री चयन भएका छन् । 

यस्तै ढोरपाटन नगरपालिकाको अध्यक्षमा लक्ष्मण पुन, उपाध्यक्षमा निर्दोष विक, सचिवमा ज्ञानप्रसाद कँडेल, उपसचिवमा इन्द्र घर्तीमगर र हेमप्रसाद विक चयन भएका छन् । बागलुङ नगरपालिका र बडिगाडमा सर्वसम्मतको प्रयास जारी छ भने निसीखोला, बरेङ गाउँपालिका र जैमिनी नगरपालिकामा कात्तिक ११ गतेपछि अधिवेशन हुनेछ । 

म्याग्दीका चार पालिकामा नेतृत्व सर्वसम्मत   

म्याग्दी स् नेकपा ९एमाले०ले म्याग्दीका चार स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । रघुगङ्गा, मालिका, धवलागिरि र मङ्गला गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । 

रघुगङ्गाको अध्यक्षमा दीपक कार्की, उपाध्यक्षमा गमबहादुर पुन, सचिवमा झलक शर्मा, उपसचिवमा यामकुमारी गर्बुजा र दीपा पुन चयन भएका छन्। मालिकाको अध्यक्षमा बेगप्रसाद गर्बुजा, उपाध्यक्षमा दलमान पुन, सचिव सन्तनाथ सुवेदी, भुपेन्द्र दर्जी र उपसचिवमा धनबहादुर बोहोरालाई चयन गरिएको छ । मङ्गला गाउँपालिकाको अधयक्षमा सतप्रसाद रोका, उपाध्यक्ष चिरञ्जिवी शर्मा, सचिव दर्पण रोका र सहसचिवमा चक्रलाल पाण्डे चयन हनुुभएको छ । 

यस्तै धवलागिरि गाउँपालिकाको  अध्यक्षमा होमबहादुर थापा, उपाध्यक्षमा राजाराम सुवेदी, सचिवमा रेशम छन्त्याल, उपसचिवमा विजय घर्ती र तिलक पुन चयन भएका छन्। बेनी नगरमा नेतृत्वका लागि सहमति जुट्न सकेको छैन ।  

स्याङ्जाको नौ पालिकामा नेतृत्व चयन 

स्याङ्जा स् स्याङ्जाको ११ मध्ये नौ पालिकामा नेकपा ९एमाले०को नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । अधिवेशनमा जिल्लाको फेदीखोला, आँधीखोला, हरिनास, अर्जुनचौपारी, कालीगण्डकी, बिरुवा गाउँपालिका, भिरकोट, गल्याङ र चापाकोट नगरपालिकामा नेतृत्व चयन प्रकिया सम्पन्न भएको छ । 

पुतलीबजार र वालिङ नगरपालिकामा सर्वसम्मतरूपमा नेतृत्व चयनका लागि प्रयास भइरहेको नेकपा ९एमाले० स्याङ्जाले जनाएको छ । पुतली बजार नगरपालिकामा महेश पुरी, अमृत श्रेष्ठ, ओम खड्का, अशोक शर्मा, भरत गोदारलगायतले अध्यक्षमा दाबी गरेका छन्। वालिङमा पुण्यप्रसाद अर्याल, शोभाकान्त पौडेल र यामकान्त खनालले नेतृत्वका लागि  दाबी गर्नुभएको छ । सहमतिका आधारमा नेतृत्व चनयका लागि छलफल भइरहेको एमाले सचिवालय सदस्य राजेन्द्र डुम्रेले जानकारी दिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुम्वासीको समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा मेरो सरकार ढालियो: प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी समस्या समाधानका लागि पहल गरिरहेकै अवस्थामा आफ्नो सरकार ढालिएको कारण...

एनसेलको शेयर विवाद चाँडो समाधान हुनुपर्छ: सञ्चारमन्त्री खरेल

कठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दूरसञ्चार सेवा प्रदायक एनसेलको विवाद चाडो समाधान हुनुपर्ने बताएको छन् । नक्खुस्थित एनसेल कार्...

ईश्वर पोखरेलको अवधारणापत्र : नयाँ चुनौतीको सामना गर्न सक्षम हुनेगरी पार्टी सङ्गठनको पुनर्गठन गर्न जोड

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका...

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता तथा नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंबीच २७ बुँदे मागबारे औपचारिक वार्ता शुरु...

नख्खु कारागारबाट भागेको कैदी विराटनगरमा पक्राउ

विराटनगर। काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ ।...

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ। पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारो...

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिगोटा कति पुग्यो ?

चितवन। विगत लामो समयदेखि नोक्सान बेहोर्दै आएका नेपालका लेयर्स कुखुरापालक किसानले नाफा हुनेगरी अण्डाको मूल्य पाएका छन् । पछिल्ला वर्षहरुमा लागत मूल्...

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । ...

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुन:निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुन:निर्माण हुने विश्वास व्यक...

हेटौँडा पुग्यो अदालतको पत्र, सडक विस्तार कार्य स्थगित

काठमाडौँ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएको तथा सोहि आदेशको पालना गर्दै हेटौ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending