एजेन्सी । टी-२० क्रिकेट विश्वकप को सन् २०२१ को पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको छ।
भारतले दिएको १५२ रनको लक्ष्य पाकिस्तानको टोलीले १७.५ ओबरमा बिना विकेट प्राप्त गरेको छ।
मोहम्मद रिजवानले ५५ बलमा ७९ रन र कप्तान बाबर आजमले ५२ बलमा ६८ रन बनाए।
पाकिस्तानले आजसम्म विश्वकपको कुनै पनि प्रतिस्पर्धामा भारतलाई हराउन सकेको थिएन। यो नै पाकिस्तानको ऐतिहासिक जीत हो।
पाकिस्तानले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्न दिएको थियो। त्यसमा भारतीय टोलीले ७ विकेट गुमाएर १५१ रन बनाएको थियो।
शुरूवाती झट्कापछि भारतीय टोली सम्हालिएको थियो र त्यसमा कप्तान विराट कोहली र विकेटकीपर ऋषभ पन्तको भूमिका रह्यो। कोहलीले ५७ रन र पन्तले ३९ रन बनाए।
भारत(पाकिस्तानका पाँच चर्चित विश्वकप क्रिकेट खेलहरू
पाकिस्तानी टोलीका लागि १५२ रनको लक्ष्य भेट्टाउन पहिलो ओभर राम्रो रह्यो। भुवनेश्वर कुमारको पहिलो ओभरमा मोहम्मद रिजवानले १० रन बनाए।
दोस्रो ओभरमा भारतीय बलर मोहम्मद शमी आए। उनले ८ रन दिएसँगै पाकिस्तानी टोलीले बिना कुनै नोक्सान १८ रन बनायो।
यो जीत पाकिस्तानी प्रशंसकले देखेको सपनाभन्दा परको विषय थियो।
उनीहरूले टी-२० विश्वकपमा केवल आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीलाई हराएनन् - जोडदार रूपमा पराजित गरे।
ऐतिहासिक जित
यो जित असाध्यै ठूलो थियो र यति महत्त्वपूर्ण थियो कि कप्तान बाबर आजमका बुवाका आँखामा आँसु देखिए।
यसअघि भारतले यी दुई देशबीचको प्रत्येक विश्वकप खेल जितेको थियो। पाकिस्तानको निम्ति दुबईमा, '२९ वर्षको पीडा' अन्त्य भयो।
'मैले जीवनमा सायदै यति खुसी महसुस गरेको थिएँ,' टेस्ट म्याचका विशेष टिप्पणीकार र पाकिस्तानका प्रशंसक आतिफ नवाजले भने, 'मैले यो भन्दा रमाइलो मानेको कुनै एउटामात्रै अर्को क्षण पनि सोच्न सक्दिनँ।'
उनका भनाइमा आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वीसँग विश्वकपम हार्दा पीडा हुन्छ। र, त्यो पीडा सन् १९९२ यता १२ पटकसम्म भयो।
नवाजले बीबीसी स्पोर्टसँग भने, 'यो जितले पूरै देशमा खुसी ल्याएको छ, यस्तो कठिन समयमा यसले सबैको मुहारमा मुस्कान ल्याएको छ।
पाकिस्तानमा प्रशंसकहरूले रेस्टुरेन्ट, किनमेल केन्द्र र सिनेमाहरूमा हेरेका थिए। जब जितको क्षण आयो उनीहरू खुशीयाली मनाउन सडकमा निस्किए।
विगतमा आफैँ क्रिकेटका चर्चित खेलाडी रहेका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई दिँदै ट्वीट गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १२ गते, २०८३ - १७:४७
सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाहीले मुख्यमन्त्री पदमा दाबी प्रस्तुत ग...
श्रावण १२ गते, २०८३ - १७:४०
काठमाडौं । सुनसरीमा भएको हिंसात्मक घटनापछि उत्पन्न सुरक्षा अवस्था र त्यसको प्रभाव अन्य जिल्लामा फैलिन थालेपछि गृह मन्त्रालयमा उच्चस्तरीय सुरक्षा बैठक ...
श्रावण १२ गते, २०८३ - १७:३४
काठमाडौँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भए लगत्तै काङ्ग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । वरिष्ठ नेता ...
श्रावण १२ गते, २०८३ - १७:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुनसरीलगायत पूर्वी जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । रास्वप...
श्रावण १२ गते, २०८३ - १७:२४
इनरुवा। सुनसरीस्थित पूर्व-पश्चिम राजमार्ग(महेन्द्र राजमार्ग) को आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्ला प्...
श्रावण १२ गते, २०८३ - १६:५५
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप...
श्रावण १२ गते, २०८३ - १६:५१
बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले भारतको धौलीगंगा पावरस्टेसनको स्लज (लेदो) सफाइका लागि बाँध खोलिने भएकाले महाकाली नदी आसपासका बासिन्दालाई उच्च स...
श्रावण १२ गते, २०८३ - १६:०८
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द हुँदा नागरिकको स्वास्थ्य अधिकार प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको...
श्रावण १२ गते, २०८३ - १६:०३
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचा...
श्रावण १२ गते, २०८३ - १५:५४
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले काभ्रेको नालामा रहेका सूर्य ग्यास उद्योग र सगरमाथा ग्यास उद्योगको अनुगमन तथा निरीक्षण ...



प्रतिकृया लेख्नुहोस्: