Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

बेमौसमी वर्षाको कारण सुदूरपश्चिममा दश जनाको मृत्यु

खबरडबली संवाददाता

कैलाली । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्यु हुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीय मन्धरा बलायर छन् । 

यस्तै डडेलधुराका ३२ वर्षीय विष्णु अवस्थी र ६५ बर्षीया नरपता शाहीको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ । पहिरोमा परी डोटीका वीरबहादुर, वासुदेवी , बिन्दा कुन्जेडा, झुपारी सार्की, डडेलधुराका देवकी  र ग्रिस रावलसमेत गरी छ घाइते भएका छन् । 

बझाङको थलारा गाउँपालिका–४ मा गएको पहिरोमा पुरिएर उजली, हासु, आयुस , हिमा र सीमा पार्कीसहित २३ बेपत्ता भएका छन् । उक्त घटनामा हर्क , धनगिरी, सीता, प्रभा, भूमिका, ईश्वरा, सञ्जीव, शर्मिला, सुवास, मिकेस, मदन, कलु, एलिसा, कम्मा, सविना, सरोज र सिम्बिजी सार्की बेपत्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा मङ्गलबार साँझ प्रहरी टोली पुगिसकेको छ ।

कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खड्क घर्तीमगर ३५ वर्षीय विक्रम घर्तीमगर, २६ वर्षीय खडक रानामगर र डोटीका ७४ वर्षीय वीरे रोकाया नदीमा बगेर बेपत्ता भएको बताइएको छ । अविरल वर्षासँगै प्रदेशका पहाडी क्षेत्रका जिल्लामा फोन इन्टरनेट सेवासमेत टुटेपछि सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ । 

नेपाली सेना र प्रहरीको छुट्टै टोलीले पहिरो, बाढी, डुबानमा फसेकाको उद्धार कार्य जारी राखेको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा उद्धार कार्यमा बाधा अवरोध पुगेको छ । पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि उद्धार टोली समयमै घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ ।

पहिरोका कारण बझाङ, डडेलधुरा र डोटी जिल्लामा गरी १५ घर भत्किएर क्षति पुगेको छ । डुबान र पहिरोको जोखिममा परेपछि डडेलधुराको बडाल प्रहरी चौकीलाई गाउँपालिकामा, बझाङको बागथलाको अस्थायी प्रहरी पोष्ट नजिकको विद्यालयमा, कञ्चनपुरको झोलुङ्गे पुल छेउमा रहेको प्रहरीचौकी विद्यालयमा सारिएको छ । कैलाली  र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रका वस्तीमा पानी पसेपछि हजारौ घरपरिवार विस्थापित भएका छन् । 

यस्तै विपद्का घटनावाट बाजुरा, डोटी, डडेलधुरा, बझाङ जिल्लामा पशुचौपाया, लत्ताकपडालगायतमा समेत क्षति पुगेको छ । प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भित्र्याउन लागिएको ठूलो क्षेत्रफलको जग्गाको धानबाली डुबानमा परेर नष्ट भएको छ ।

नदी आसपासका खेतमा थुपारिएको धान नदीको बाढीले पूरै बगाएको छ । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । गए रातिदेखि वर्षा रोकिएपनि आकाश खुलेको छैन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थापाथलीको सुकुमवासी बस्ती हटाउँदा एक महिला बेहोस

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुमवासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छन्। प्रहरीका अनुसार बेहोस भएकी ती मह...

बल्खुमा फेला परेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइयो

काठमाडौँ । बल्खुस्थित सुकुमवासी बस्ती नजिकै बागमती नदीमा फेला परेको एक पुरुषको शव पोस्टमार्टमका लागि पठाइएको छ। घटनास्थलमा मुचुल्का तयार गर्ने काम ...

हामी चाहन्छौँ सरकार आफ्नो म्यान्डेटअनुसार काम गरोस्: गगन थापा

काठमाडौँ । कांग्रस सभापति गगनकुमार थापाले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकार ‘खतरनाक भ्रम’मा रहेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष...

डोजर चलिरहेकै बेला बल्खु खोलामा एक पुरुष मृत फेला

काठमाडौँ । सरकारले सुकुमबासी बस्ती हटाउने अभियान चलाइरहेको समयमा काठमाडौँको बागमती नदी किनारमा एक सुकुमबासी पुरुष मृत फेला परेका छन्। मृत फेला पर्न...

रोल्पा जिप दुर्घटनामा २० जनाको मृत्यु, सबैको पहिचान खुल्यो

रुकुम । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जिप दुर्घटनामा ज्यान गुमाएका २० जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी वीरन्द्...

बल्खु क्षेत्रमा सुकुमवासी बस्ती हटाउने क्रममा मन्दिर पनि भत्काइए

काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा बागमती खोला किनार अतिक्रमण गरी बनेका सुकुमवासी बस्ती हटाउने क्रममा मंगलबार बिहानैदेखि डोजर चलाइएको छ। सो अभियानक...

बागमती किनारका विस्थापितलाई रंगशालामा स्वास्थ्य सेवा र मनोसामाजिक परामर्श

काठमाडौँ। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै सरकारले दशरथ रंगशालामा विशेष बहुआयामिक स्वास्थ्य ...

काठमाडौंका सुकुमवासी स्थानान्तरण : पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

काठमाडौं । आज बल्खु, वंशीघाट, बालाजु र शंखमुललगायत क्षेत्रमा रहेका सुकुमवासी बस्तीहरू हटाइएपछि प्रभावित परिवारलाई अस्थायी रूपमा पाँच स्थानमा स्थानान्त...

सिसाखानीमा जिप दुर्घटना, दुई जना घाइते

बागलुङ। पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु। १...

विश्वकप लिग–२ : दीपेन्द्रको शतकमा नेपालले दियो युएईलाई २९० को लक्ष्य

काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेलेपछि आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि दुई सय ९० रनको चुन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending