साम्यवादी समाजका आदर्शहरूमा आधारित आचरणको सिद्धान्त तथा मानक। कम्युनिष्ट नैतिकताको वस्तुगत आधार त्यो सबै हो, जसले साम्यवादी समाजको स्थापना गर्न र कम्युनिष्ट आदर्शलाई मूर्त रूप दिनमा योगदान गर्दछ। कम्युनिष्ट नैतिकताका निम्नानुसार मुख्य सिद्धान्तहरूबाट साम्यवादको निर्माताको नैतिक संहिता बन्दछ : साम्यवादको लक्ष्यप्रति निष्ठा, श्रमद्वारा सामाजिक सम्पदामा वृद्धि, सामाजिक कर्तव्यको उच्च भावना, सामूहिकता, मानवतावाद, अन्तर्राष्ट्रियतावाद।
कम्युनिष्ट नैतिकताको आरम्भिक ऐतिहासिक रूप थियो मजदुर वर्गको क्रान्तिकारी नैतिकता, जुन पूँजीवादी समाजअन्तर्गत बनेको थियो। यद्यपि यो नैतिकता पूर्ण रूपले सर्वहारा वर्गको संघर्षको अधीनमा थियो र शोषकहरूको प्रचलित नैतिकताको विरुद्ध थियो, तर सर्वहारा नैतिकतामा आधारभूत सार्विक नैतिक मानकहरू सामेल थिए, जसलाई सामान्य जनसमुदायले सामाजिक बन्धन तथा नैतिक खराबीहरूको विरुद्ध हजारौं वर्षको संघर्षको क्रममा निर्माण गरेका थिए। साथसाथै मजदुर वर्गले आफ्ना नैतिक मानक प्रस्तुत गर्यो : वर्गीय एकता, अन्तर्राष्ट्रियतावाद तथा सामूहिकता। समाजवादको विजय भएपछि कम्युनिष्ट नैतिक सर्वहारा वर्गको नैतिकताबाट सम्पूर्ण समाजको नैतिकतामा परिवर्तित हुन्छ, यसका सिद्धान्तहरू नयाँ अन्तर्वस्तुबाट समृद्ध हुन्छन् र सामाजिक जीवनका सम्पूर्ण क्षेत्रहरूमा फैलिन्छन्।
यस प्रकार कम्युनिष्ट नैतिकता मानव जातिको नैतिक प्रगतिको सबभन्दा उच्च चरण हो। कम्युनिष्ट नैतिकताका मानकहरू मानिसहरूको आचरणसम्म सीमित रहँदैनन् : तिनीहरू समाजको रूपान्तरणको सक्रिय कारक हुन्छन्, साम्यवादी सामाजिक संस्थानहरूको गठन तथा सम्पूर्ण सामाजिक विकास प्रवाहमाथि प्रभाव पार्दछन्। कम्युनिष्ट नैतिकताका मानकहरू जब सार्विक बन्दछन्, तब सर्वमान्य सार्वजनिक कर्तव्यको अनुरूप मानिसको आचरणले व्यक्ति तथा समाजको बीचमा सम्बन्धहरूको विधायक तथा प्रशासनिक नियमनका विभिन्न कडीहरूलाई विस्तार-विस्तार अनावश्यक बनाउँदै जान्छ र व्यक्तिको पूर्ण स्वतन्त्रतातिर लैजान्छ। कानूनहरुको संहिता र प्रशासनका मानकहरूका रूपहरूको स्थानमा कम्युनिष्ट नैतिकताको स्वाभाविक स्थापना नैतिकताको इतिहासमा क्रान्ति हुनेछ।
वर्तमान कालमा कम्युनिष्ट नैतिकताका मानकहरूको आफ्नो प्रसार तथा सुदृढीकरणको प्रक्रियाको क्रममा गैरकम्युनिष्ट नैतिकतासँग दुई स्तरहरूमा टकराब हुन्छ : समाजवादी समाजभित्र, जहाँ पुराना तथा कालातीत भइसकेका मानकहरू अतीतका अवशेषहरूको रूपमा, समाजमा प्रचलित कानूनको पालन नगरिने तथा तिनीहरूले उल्लंघन गरिने कार्यको परिणामको रूपमा विद्यमान रहन्छन्, जसको कारण अनैतिक कार्यहरू तथा अपराधहरू हुन्छन्; समाजवादी समाजबाहिर, जहाँ कम्युनिष्ट नैतिकताको बुर्जुवा समाजको नैतिकतासँग टकराब हुन्छ। कम्युनिष्ट नैतिकताको निरूपण यो जटिल संघर्ष तथा निर्माणको प्रक्रियामा सम्पूर्ण मानव जातिको भावी नैतिकताको रूपमा भइरहेको छ।
-रमेश सुनुवारको दर्शन विश्वकोशबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८२ - १५:४७
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक विभिन्न २६ निर्णय गर्दै सम्पन्न भएको छ । बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले तराई ...
आश्विन २८ गते, २०८१ - १०:५४
काठमाडाैं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान स...
आश्विन २८ गते, २०८१ - १०:३६
हाल देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। कोसी, मधेस र बागमती प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव छ...
आश्विन २८ गते, २०८१ - १०:१८
अभिभ । उत्तरी इजरायलमा रहेको सेनाको बेसलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा चार सैनिकको मृत्यु हुनुका साथै अन्य ६० जनाभन्दा बढी घाइते भएको इजरायलको रक...
आश्विन २८ गते, २०८१ - १०:०५
काठमाडौं । आश्विन शुक्लपक्ष द्वादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउनेक्रम जारी छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीस...
आश्विन २७ गते, २०८१ - १७:१५
सुर्खेत । कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ। यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको...
आश्विन २७ गते, २०८१ - ११:३४
मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्...
आश्विन २७ गते, २०८१ - १०:४३
काठमाडौं । गएराति गएको सुख्खा पहिरोले बन्द भएको अरनिको राजमार्ग एकतर्फी संचालनमा आएको छ । काभ्रेको पाँचखाल नगरपालिकाको पचासकिलो भन्ने स्थानमा गएरा...
आश्विन २७ गते, २०८१ - ०९:०१
काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै...
आश्विन २७ गते, २०८१ - ०८:५५
काठमाडौं । बडादसैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टी...




प्रतिकृया लेख्नुहोस्: