Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

तिन महिनामै ९ अर्ब घाटामा आयल निगम

खबरडबली संवाददाता

काठमाडौं। पछिल्ला वर्ष निरन्तर मुनाफा आर्जन गरेको नेपाल आयल निगम लिमिटेडले चालु आर्थिक वर्षको पहिलो साढे तीन महिनामा करिब नौ अर्ब रूपैयाँ घाटा बेहोरेको छ।

अन्तराष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि र सरकारले पेट्रोलियम पदार्थमा लगाएको उच्च करको कारणले साउनयता ९जुलाई १६ देखि अक्टोबरसम्म० आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ घाटा बेहोरेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले अक्टोबर १६ मा पठाएको मूल्य अनुसार यो १५ दिनमा मात्र्र २ अर्ब २२ करोडभन्दा बढी नोक्सान हुने प्रक्षेपण गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य वृद्धि भएपछि साउनदेखि अक्टोबर अन्तिमसम्म निगमलाई आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ नोक्सानी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।
‘आइओसीबाट मूल्य बढेर आएपछि नोक्सान पनि ह्वात्तै बढेको छ,’ प्रवक्ता उपाध्यायले भने, ‘घाटा थेग्नै नसक्ने अवस्थामा पुगेको छ।’

चाडपर्वको बेला मूल्य बढाउँदा सरकारमाथि मूल्य वृद्धि गरेको आरोप लाग्ने भएकाले निगमले मूल्य बढाएको छैन। आइओसीबाट प्राप्त नयाँ मूल्य अनुसार निगमलाई डिजेल, पेट्रोल, आन्तरिकतर्फको हवाई इन्धन र खाना पकाउने ग्यासमा घाटा छ।

निगमले पेट्रोलमा प्रतिलिटर १५ रूपैयाँ एक पैसा, डिजेलमा १४ रूपैयाँ १६ पैसा, आन्तरिकतर्फको हवाई इन्धनमा ४ रूपैयाँ ५६ पैसा र खाना पकाउने ग्यासमा ५११ रूपैयाँ ८८ पैसा प्रतिसिलिन्डर घाटा बेहोरिरहेको छ। मट्टीतेल र अन्तराष्ट्रियतर्फको हवाई इन्धनमा भने नाफा रहेको निगमले जनाएको छ।

निगमले हरेक १५ दिनमा आइओसीबाट प्राप्त मूल्यका आधारमा मूल्य समायोजन तथा नाफा, घाटाको हिसाब निकाल्ने गरेको छ। निगमका अनुसार १६ जुलाई २०२१ ९साउन १ गते०को मूल्य अनुसार एक अर्ब १२ करोड ६४ लाख रूपैयाँ घाटा थियो।

१ अगस्टको मूल्य अनुसार एक अर्ब २१ करोड ३९ लाख, १६ अगस्टको मूल्य अनुसार ९६ करोड नौ लाख, १ सेप्टेम्बरको मूल्य अनुसार ८१ करोड ३० लाख, १६ सेप्टेम्बरको अनुसार एक अर्ब पाँच करोड दुई लाख, १ अक्टोबरको मूल्य अनुसार एक अर्ब ५० करोड ७३ लाख र १६ अक्टोबरको मूल्य अनुसार दुई अर्ब २२ करोड ६ लाख रूपैयाँ गरी साढे तीन महिनामा कुल आठ अर्ब ८९ करोड २३ लाख रूपैयाँ घाटा रहेको निगमले जनाएको छ।

निगमका अनुसार अहिले रक्सौलमा भन्दा वीरगन्जमा पेट्रोल ४८ रूपैयाँ ८२ पैसा, डिजेल ५२ रूपैयाँ ७३ पैसा, हवाई इन्धन ४६ रूपैयाँ ९४ पैसा सस्तो छ। भारतमा भन्दा नेपालमा धेरै सस्तोमा इन्धन पाएपछि सीमावर्ती क्षेत्रका भारतीय नागरिक नेपाल आएर सवारी साधनमा इन्धन भरेर जाने गरेका छन्। सीमा क्षेत्रमा इन्धनको तस्करी समेत बढेको छ। अहिलेसम्म निगमले मूल्य स्थिरीकरण कोषबाट घाटा पूर्ति गर्दै आए पनि अब कठिन हुने जनाएको छ।

सरकारलाई उच्च राजस्व बुझाएको निगमले आव ०७७/७८ मा करिब चार अर्ब रूपैयाँ घाटा बेहोरेको छ। गत वर्ष सहितको जोड्दा निगमको घाटा करिब १३ अर्ब रूपैयाँ पुग्ने देखिएको छ। ६ वर्षदेखि नाफामा रहेको निगम गत आवमा घाटामा गएको हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले नाफा नराखी बिक्री गर्दा घाटा बेहोर्नुपरेको निगमले जनाएको छ।

आर्थिक वर्ष ०७६/७७ मा निगमले १२ अर्ब ८७ करोड रूपैयाँ नाफा गरेको थियो। निगमले आव ०७१/७२ देखि नाफा कमाउँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लागेपछि निगमले मात्र घाटा बेहोरेको छैन, त्यसको असर मुलुकको अर्थतन्त्रमै पर्ने भएको छ।

सन् २०२१ को जनवरी १ मा प्रतिब्यारेल ५१.८ डलरमा कारोबार भएको कच्चा तेलको मूल्य १० महिनामा बढेर सोमबार ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारेल ८५ डलर ७२ सेन्ट पुगेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१८ अक्टोबरयता अहिले उच्च रेकर्ड कायम भएको छ।

कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर पुग्न सक्ने अनुमान गर्न थालिएको छ। नेपालमा वार्षिक करिब दुई खर्ब रूपैयाँको इन्धन आयात हुन्छ। कच्चा तेलको भाउ अझै बढे त्यसको असर नेपालको अर्थतन्त्रमा पर्नेछ। क्रुड आयलको भाउ बढ्दै जाँदा त्यसको प्रभाव नेपाली उपभोक्तामा पर्छ। क्रुड आयलको मूल्य बढेपछि नेपालमा स्वतः मूल्य बढ्छ। यसले नेपालको अर्थतन्त्रमा पनि असर पार्छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि सरकारले इन्धनमा लगाएको कर समायोजन गरेर मूल्य सन्तुलित राख्न प्रयास गर्नुपर्ने पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताउँदै आएका छन्।निगमले मूल्य अभिवृद्धिकर, भन्सार शुल्क, पूर्वाधार कर, वातावरण शुल्क, सडक मर्मतसम्भार शुल्क भन्सार बिन्दुमा नै तिर्ने गरेको छ। यसका अतिरिक्त निगमले बिमा तथा प्रशासनिक खर्च, ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरीकरण कोष लगायत मूल्य जोडेर भाउ निर्धारण गर्छ।

सरकारले राजस्व संकलनका लागि पेट्रोलियम पदार्थलाई मुख्य माध्यम बनाउँदै आएको छ। पेट्रोलमा प्रतिलिटर भन्सार शुल्क २५ रूपैयाँ २० पैसा, डिजेल र मट्टीतेलमा प्रतिलिटर २० रूपैयाँ लिँदै आएको छ।

पूर्वाधार कर लिटरमा १० रूपैयाँ छ। सडक मर्मतसम्भार शुल्क लिटरमा चार रूपैयाँ, प्रदूषण शुल्क दुई रूपैयाँ ५० पैसा, मूल्य स्थिरीकरण कोषमा लिटरमा एक रूपैयाँ १० पैसा र भ्याट १३ प्रतिशत रहेको छ। आजको नागरिक दैनिकमा समाचार छ।

Khabardabali Desk

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेपलाञ्चोककी श्रद्धा: मेडिकल अध्ययनदेखि मिस्टर एण्ड मिस नेशनलसम्म

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका, रिठ्ठेमा जन्मिएकी श्रद्धा अधिकारी ‘मिस्टर एण्ड मिस नेशनल २०२४’ मा प्रतियोगी नम्बर २३ हुन् । गत...

दुर्गा प्रसाईमाथि कुटपिट

बागलुङ । बागलुङमा व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका उनलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो ।...

भुटानी शरणार्थी प्रकरण : रायमाझि पुर्पक्ष थुनाको फैसला, खाँडका विषयमा राय बाझियो

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोप बहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागी थुनामा राख्ने आदेश सदर भएको छ ।  उच्च अदालत पाटनका...

एमालेको मेची–महाकाली अभियान सुरु

बैतडी । नेकपा एमालेले आजबाट मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु गरेको छ । एमालेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन...

ल्यार्काल लामा आइविसिको सभापतिमा निर्बाचित

काठमाडौं। मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक...

दुर्गा प्रसाईको महंगो गाडीमा केपी ओली चढ्दै

काठमाडौं । राजतन्त्र फर्काउने अभियानका अभियान्ताका रुपमा चिनिएका दुर्गा प्रसाईले चढ्ने गरेको करिब ५ करोड रुपैँयाको ल्याण्डक्रुजर भि ८ गाडी केपी ओलीले ...

बल्खुमा फेरि तनाव : प्रहरीमाथि हातपात गरेपछि दुर्गा समथर्थकमाथि अश्रुग्याँस प्रहार

काठमाडौं । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको समूहबिच झडप भएको छ । प्रसाईका समर्थकले ब्यरिकेटमा बसिरहेका प्रहरीलाई हातपात गरेपछि  प्रहरीले प...

प्रधानमन्त्री प्रचण्ड सगरमाथाको आधारशिविर कालापत्थरमा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सगरमाथाको आधारशिविर कालापत्थरबाट शान्तिदीप यात्रा तथा राष्ट्रिय झण्डोत्तलन कार्यक्रमको शुभारम्भ गर...

जापानविरुद्द नेपालको सान्त्वना जित

काठमाडौं । चार देशीय महिला टी–२० सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ । आज भएको खेलमा जापानलाई ६७ रनले हराउँदै न...

लप्सीफेदीमा सुरक्षाकर्मी र स्थानीयबिच झडप, डीएसीसहित ३ घाइते

काठमाडौं । काठमाडौंको लप्सीफेदीमा स्थानीय र प्रहरीबिच झडप हुँदा डीएसपी सहित ३ प्रहरी घाइते भएका छन् ।  शंखरापुर नगरपालिका ३ लप्सीफेदीमा विद्युतप्रा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies