काठमाडौं । दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराउँदै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ । दिल्लीले प्रस्तुत गरेको १३६ रनको लक्ष्य कोलकाताले १ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पछ्यायो । योसँगै लगातार दोस्रोपटक फाइनल पुग्ने दिल्लीको सपना चकनाचुर बनेको छ । कोलकाता भने तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो ।
लक्ष्य पछ्याउने क्रममा कोलकाताले उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि शुभमन गिल र वेंकटेस अय्यरले ९६ रन जोडे । अय्यरले ५५ तथा गिलले ४६ रन बनाए । १२५ रनको स्थितिमा गिल आउट भएपछि कोलकाताको पारी धर्मरायो । चार जना खेलाडी लगातार शुन्य रनमा आउट भए । तर, राहुल त्रिपाठीले १२ रन बनाउँदै टोलीलाई जीतसम्म पुर्याए । कोलकाताका लागि एनरिच नोर्टजे, रवीचन्द्र आश्विन र कागिसो रबाडाले २–२ विकेट लिए ।
यसअघि पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३६ तथा श्रेयस ऐयरले ३० रनको योगदान दिएका थिए । कोलकाताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए ।
अब फाइनलमा कोलकाताको सामना चेन्नई सुपर किंग्ससँग हुनेछ । शुक्रबार फाइनल खेल दुबईको मैदानमा खेलिनेछ । चेन्नई नवौँपटक फाइनलमा पुगेको हो । जारी प्रतियोगिताका यसअघि दुई टोली दुईपटक भिडेका छन् । दुवै खेलमा चेन्नाई विजयी भएको थियो ।एजेन्सीको सहयोगमा
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २४ गते, २०८२ - १७:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको घरमा तोडफोड र आगजनी गरेको आरोपमा तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। भदौ ...
मंसिर २४ गते, २०८२ - १६:४९
काठमाडौँ। सरकारले उखुको न्युनतम खरिद मूल्य तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल ६२० निर्धाण गर्ने निर्...
मंसिर २४ गते, २०८२ - १६:४५
विद्या भण्डारीलाई ‘धामीझाँक्री’ भनेर व्यंग्य गरेको प्रति कडा आपत्ति
मंसिर २४ गते, २०८२ - १६:२१
काठमाडौँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, दाङका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । ठेक्कामा बढी कबोल रकम गरे...
मंसिर २४ गते, २०८२ - १६:१२
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो क्वालिफायरअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किङ्सले टस जितेर पहिला बलिङ रोजेको छ । की...
मंसिर २४ गते, २०८२ - १५:५४
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले कैलाली–५ बाट पूर्वपरराष्ट्रमन्त्री डा। आरजु राणा देउवाको नाम प्रत्यक्षतर्फ सिफारिस गरे...
मंसिर २४ गते, २०८२ - १५:४६
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश ख...
मंसिर २४ गते, २०८२ - १५:४०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक प्रणालीभित्रै बसेर चुनाव गरिँदा मुलुक अघि बढ्छ भन्ने ...
मंसिर २४ गते, २०८२ - १५:०१
मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...
मंसिर २४ गते, २०८२ - १४:५०
कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ । पूर्व...




प्रतिकृया लेख्नुहोस्: