काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गररेका छन् ।
पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए । “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उनले भने, “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।”
उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।”
माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भने, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।”
सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उहाँले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि सङ्गठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिए ।
अर्थमन्त्रीसमेत रहेका नेता शर्माले अबदेखि पार्टी र जनसङ्गठनका हरेक कमिटी आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्यरूपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिकरूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकाले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे ।
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योग चलाउने, नयाँ उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने र राष्ट्रिय पूँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए । सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घरोगीलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायत लोककल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: