Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

मौलिक राजनीतिक दर्शन छाड्दा पार्टीमा समस्या आयो : अर्थमन्त्री

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टीको मौलिक राजनीतिक दर्शन छाडेका कारण पार्टीमा टुटफुट आएको टिप्पणी गररेका छन् ।

पार्टीको सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समन्वय समितिले आज गरेको कार्यक्रममा उनले प्रचण्डपथले विचार र सङ्गठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताए । “प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो”, उनले भने, “अब प्रचण्डपथ र एक्काइसौँ शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।”

उनले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औँला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्तीउपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।”

माओवादी केन्द्रको सङ्गठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भने, “अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताको मूल्याङ्कन गरिन्छ ।”
 
सङ्गठन विभागको प्रस्तावमा स्थायी समितिले ‘देश बनाऔँ टोलबाट, पार्टी बनाऔँ सेलबाट’ भन्ने नारा पारित गरेको भन्दै उहाँले यसलाई देशभर अभियानका रूपमा लागू गर्नुपर्नेमा जोड दिए । पार्टीको पक्षमा ३० लाख सङ्गठित जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ त्यसका लागि सङ्गठनात्मक फर्मूलासमेत तयार गरेको जानकारी दिए ।
 
अर्थमन्त्रीसमेत रहेका नेता शर्माले अबदेखि पार्टी र जनसङ्गठनका हरेक कमिटी आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्यरूपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिकरूपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकाले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन आग्रह गरे ।
 
अर्थमन्त्री शर्माले अब नेपालमा बन्द भएका उद्योग चलाउने, नयाँ उद्योगधन्दा खोलेर रोजगारी सिर्जना गर्ने र राष्ट्रिय पूँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी दिए । सरकारले सहिद परिवारलाई मासिक वृत्ति, दीर्घरोगीलाई मासिक उपचार खर्च, राजनीतिक आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउँदै, डिजिटल शिक्षालगायत लोककल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयनसमेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओखलढुंगाको चम्पादेवीमा ट्याक्टर दुर्घटना हुँदा एकजनको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं ९ मा  ट्याक्टर  दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । ट्याक्टर दुर्घटनामा परि मृत्यु हुनेमा ट्याक्टर...

‘पत्रकारितामा उत्कृष्टताका लागि मदन ढकाल स्मृति पुरस्कार’ ढकाललाई

झापा । पत्रकारितामा उत्कृष्टताका लागि यस वर्षको ‘मदन ढकाल स्मृति वीरता पुरस्कार’ पत्रकार नरेन्द्र ढकाललाई प्रदान गरिएको छ ।  पूर्वाञ्चल दैनिकका अनलाइन...

८२ शाखा अधिकृतको पदस्थापन (सूचीसहित)

काठमाडौं । ८२ जना शाखा अधिकृतको पदस्थापन भएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८२ जना शाखा अधिकृतहरुको पदस्थापन गरे...

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता

काश्मिरमा डुङ्गा पल्टिँदा १५ जना बेपत्ता भारत प्रशासित काश्मिरमा मङ्गलबार एउटा नदीमा डुङ्गा पल्टिएपछि बेपत्ता भएका १५ जनाको खोजीमा उद्धारकर्मीहरू ख...

२३ किलो चरेशसहित एक व्यक्ति नियन्त्रणमा

बर्दिया । सशस्त्र प्रहरी बलले बर्दियामा २३ किला लागूऔषध चरेशसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित स...

मङ्गोलियाको जङ्गलमा आगलागी हुँदा ७० हजार हेक्टरभन्दा बढी जमिन नष्ट

काठमाडौं ।  यस वर्षको सुरुदेखि मङ्गोलियामा २९ वटा वन तथा घाँसे मैदान क्षेत्रमा आगलागी भएको समाचार छ  । आगलागीबाट  ७० हजार एक सय ७२ वन तथा घाँसे मैदान ...

‘सिरानीको साथी’ भन्दै दिक्पालले सेजललाई गरे विदेश नजान अनुरोध

काठमाडाैं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै रहेको छ । गी...

औद्योगिक क्रान्तिका लागि दिगो विकाससँगै शिक्षाको आवश्यकतामा जोड

काठमाडौं । राजधानीमा सम्पन्न सूचना प्रविधि र व्यापार व्यवस्थापनमा उदाउँदो प्रवृत्तिबारे  अनुसन्धान गोष्ठीका वक्ताहरूले देश विकासका लागि के चाहिन्छ भन्...

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौं ।  नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौंमा सार्वजनिक गरिएको छ । यो एल्बममा गौत...

शेयर बजार निरन्तर ओरालाे लाग्दै, नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दु...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies