भक्तपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समयमा देशको सबै समस्या समाधान गर्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गरेका छन् ।
माओवादी केन्द्रको भक्तपुर जिल्ला समन्वय समितिले सूर्यविनायकमा शुक्रबार आयोजना गरेको भक्तपुर बिस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रममा बोल्दै उनले पछिल्लो समयमा हरेक पार्टीको समस्यासमेत हल गर्ने पार्टी माओवादी केन्द्र भएको बताएका हुन् ।
उनले अबको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गर्दै भने, ‘गणतन्त्र र लोकतन्त्र हाम्रो पार्टीको एजेण्डा हो, त्यहीँ एजेण्डको फाइदा अहिले अरु पार्टीले लिइरहेका छन्, जनताले पछिल्लो समयमा जनताको मुद्दा उठाउने पार्टी माओवादी केन्द्रमात्रै हो भन्ने बुझेका छन्, त्यसैले अब सङ्गठनलाई मजबुत बनाउन लाग्नुस्, हाम्रो पार्टी फेरि पनि एक नम्बरमा आउँछ।’
अध्यक्ष प्रचण्डले अरु पार्टीसँगको एकतालाई जोड दिएर जाँदा समस्या आएको चर्चा गर्दै अब आफ्नै जनमत बनाउन बैचारिक, राजनीतिक र साङ्गठानिकरुपमा कठोर भएर लाग्न कार्यकर्तालाई निर्देशन दिँदै पहिलाको जस्तै जनताको माया पाएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
जनताको मुद्दा माओवादीले छाड्यो कि भन्ने भ्रम जनतालाई परेपनि पछिल्लो समयमा प्रतिमगनविरुद्धको आन्दोलनमा नेतृत्वकारी भूमिका निर्वाह गरेपछि जनताले फेरि विश्वास गरेको भन्दै उनले देश र जनताको लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र नै भएको जनताले फेरी बुझेको बताए। उनले भक्तपुरबाट संशोधनवादीलाई लखेट्नुपर्छ भन्दै त्यस्ता तत्व जुन जिल्लामा पुग्छन्, त्यहीबाट लखेट्नु पर्ने बताए ।
कार्यक्रममा माओवादी केन्द्र भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज देवेन्द्र श्रेष्ठ, भक्तपुर जिल्ला संयोजक डिपि ढकाल, वाग्मति प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठ, जनवर्गिय सङ्गठन इन्चार्ज सुरेश न्यौपाने, ओम वाग्लेलगायतले पार्टीलाई देशको पहिलो दल बनाउन सबै सक्रिय रहने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: