काठमाडौँ । नेपालमा पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनगणना–२०७८ मार्फत पहिलो पटक मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको हो । मन्त्रालयले मातृ मृत्युदर निर्धारण गर्ने र मृत्युको कारण पहिचान गरी सुरक्षित मातृत्व सेवालाई सुदृढ गर्ने उद्देश्यका साथ जनगणनासँगै मातृमृत्यु दर बारे अध्ययन गर्न थालेको छ ।
मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलले प्रजनन उमेर समूहका महिलाको मातृ मृत्यु दर पत्ता लगाउन र सुरक्षित मातृत्व सेवालाई गुणस्तरीय, सर्वसुलभ तथा पहुचयोग्य बनाउनका लागि अध्ययन गर्न थालिएको जानकारी दिए । उनले मातृ मृत्यु दरको अध्ययनका लागि अहिले स्वास्थ्यकर्मीलाई तालिम दिन थालिएको बताए । अध्ययन गर्नका लागि स्वास्थ्यकर्मीलाई यही असोज ४ गतेदेखि कात्तिक १० गतेसम्म सङ्घीय, प्रादेशिक र जिल्लास्तरमा प्रशिक्षक प्रशिक्षण र मौखिक परीक्षण गर्ने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिइन थालिएको छ । उनले जनगणनाबाट प्रतिवेदन तयार पारिने र सोही प्रतिवेदन अनुसार मातृ मृत्यु रोकथामका लागि कार्यक्रम सञ्चालन गरिने बताए ।
मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको सहकार्यमा हुन लागेको यो अध्ययनमा जनगणनाका गणकले कुनै घरपरिवारमा गत १२ महिनामा १५ देखि ४९ वर्षको महिलाको मृत्यु भए नभएको यकिन गर्नेछन् । नेपालमा नै पहिलो पटक गर्न थालिएको अध्ययनमा पहिलो चरणमा जनगणना गर्दा मातृ मृत्युदर भएका सङ्ख्या पत्ता लगाउने र त्यसपछि ती पत्ता लगाइएका मातृ मृत्युको कारण पत्ता लगाउन पुनः दोस्रो चरणमा सम्पूर्ण विवरण लिइने छ ।
महिला गर्भवती, प्रसूति, सुत्केरी भएको छ हप्ताभित्र र अन्य अवस्थामा भएको मातृमृत्यु दरको अध्ययन गरिने छ । कात्तिक २५ देखि मङ्सिर ९ सम्म (१५ दिन) मातृ मृत्यु भएको घरपरिवारको पहिचान गर्ने र त्यसपछि कात्तिक २६ देखि मङ्सिर मसान्तसम्म ती मातृ मृत्युदर के कसरी भयो भनेर मौखिक परीक्षण प्रश्नावली गरिने छ ।
अध्ययनका लागि ८४७ जना सर्वेक्षक परिचालन गरिने छ । महानगरपालिकामा चार, उपमहानगरपालिकामा तीन र नगरपालिका तथा गाउँपालिकामा एक÷एक स्वास्थ्यकर्मी खटिने छन् । नेपालमा सन् २०१६ को मातृ मृत्यु अनुपात २३९ रहेकोमा दिगो विकास लक्ष्य अनुरुप सन् २०३० मा ७० मा झार्ने लक्ष्य लिइएको छ । प्रजनन उमेर समूहका महिलाको मृत्युमध्ये १२ प्रतिशत मातृ मृत्यु रहेको पाइन्छ । रासस
–––
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख १५ गते, २०८३ - १०:१३
काठमाडौं । पूर्णबहादुर खड्काले संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित भीष्मराज आङ्देम्बे लाई बधाई दिँदै अबको जिम्मेवारीलाई ‘ऐतिहासिक उचाइ’मा पुर्याउन...
बैशाख १५ गते, २०८३ - १०:१०
काठमाडौं । बेलैमा नसोच्ने, पछि पछुताउने भन्ने उखानलाई अमेरिकीहरूले महसुस गर्दैछन् । त्यहाँका आम मानिसहरूमाथि महँगीको दबाब लगातार बढ्दै गएको छ । किर...
बैशाख १५ गते, २०८३ - १०:०९
वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ । गत आर्थिक वर्षको सोही अवधिको...
बैशाख १५ गते, २०८३ - १०:०५
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका ...
बैशाख १५ गते, २०८३ - १०:०१
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ५ मा गए राति दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोक्राहा–६ का ३५ वर्षीय राजवीरेन उराउ रहे...
बैशाख १५ गते, २०८३ - ०९:५७
खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी–१४ बुइपामा बनेको ११० फिट अग्लो यलम्बरको सालिकको अनावरणलाई लिएर चुलिएको विवाद अब समाधानतर्फ मोडिएको छ। नगरपालिका र वडा...
बैशाख १५ गते, २०८३ - ०९:५५
भक्तपुर । ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई भक्तपुरबाट नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजा...
बैशाख १५ गते, २०८३ - ०९:५२
काठमाडौं । शैक्षिकसत्र २०८३ आजदेखि सुरु भएको छ । पढाइ भने वैशाख २१ गतेदेखि सुरु गर्ने तयारी छ । सरकारले १५ वैशाखदेखि विद्यालय भर्ना र २१ गतेदेखि पठ...
बैशाख १५ गते, २०८३ - ०९:४७
कास्की । गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएक...
बैशाख १५ गते, २०८३ - ०९:४६
बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको छ । बागलुङ नगरपालिकाले सो अस्पताला निर्माणलाई गौरवको आयोजनाका रुपमा राखेको छ । भवन निर्म...


प्रतिकृया लेख्नुहोस्: