काठमाडौँ । स्पोट्र्स क्यासल पोखरामा जारी ‘ए डिभिजन’ राष्ट्रिय ए डिभिजन फुटसल लिगको फाइनल प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न खेलमा ‘द राइजिङ’ क्लब धरानलाई ८-६ को गोल अन्तरले पराजित गर्दै घरेलु टोली क्यासल फाइनल प्रवेश गरेको हो । खेलमा क्यासलले सुरुआती अग्रता बनाए पनि जीतका लागि अन्तिमसम्म कडा सङ्घर्ष गर्नुपरेको थियो ।
क्यासललाई जीत दिलाउन किशोर गुरुङ र सुमित श्रेष्ठले ह्याट्रिक गर्नुभयो भने सुरज गुरुङ र विजय गुरुङले समान एक/एक गोल गरे । राइजिङका हेमन्त थापामगर, सुदीप गुरुङ र मिलन राईले दुई/दुई गोल गरे । खेलको ‘म्यान अफ दि म्याच’ स्पोर्ट्स क्यासलका किशोर गुरुङ चुनिए । उनले नगद रु पाँच हजार पुरस्कार पाए ।
क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै ‘प्लेअफ’मा पुगेको थियो । यस्तै राइजिङले पनि दोस्रो स्थानमा रहँदै ‘प्लेअफ’को यात्रा तय गरेको थियो । यसैगरी आज शङ्खमूल फुटसल क्लब र सविन मेमोरियलबीचको ‘इलिमिनेटर’ खेलमा शङ्खमूल विजयी भएको छ । शङ्खमूलले तीन/दुईको गोल अन्तरले खेल जित्न सफल भयो ।
शङ्खमूलका कृजल खड्काले दुई तथा जेनिश प्रजापतिले एक गोल गरे । शङ्खमूलले अब फाइनल प्रवेशका लागि बिहीबार ‘द राइजिङ’ क्लब धरानसँग खेल्नेछ । सविनका सरोज गुरुङ र मनोज गुरुङले गोल गर्नुभयो । अखिल नेपाल फुटबल सङ्घले देशमा पहिलो पटक फुटसल लिग आयोजना गरेको हो । गत असोज २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल असोज २२ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।
लिगको विजेताले रु १० लाख, ट्रफी तथा उपविजेताले रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्ने लिग संयोजक एवं एन्फा फुटसल विभाग प्रमुख विनोद गुरुङले जानकारी दिए । लिगको उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र उदीयमान खेलाडीले जनही रु २५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: