Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विशेष सुरक्षा योजनाः अपराध नियमन तथा नियन्त्रणमा प्रहरी

खबरडबली संवाददाता

वीरगञ्ज । बडादशैँ, तिहार, छठलगायतका विविध चाडपर्वलाई लक्ष्य गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना अघि बढाएको छ । 

चाडपर्वका बेला हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप र सुरक्षा जोखिमलाई मध्यनगर गर्दै विशेष सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

प्रहरीले यतिबेला सम्भावित सुरक्षा दबाब तथा जोखिमलाई मध्यनगर गरी अख्तियार गरिने सुरक्षा रणनीति तथा प्रहरी कारबाही, ड्युटी परिचालनदेखि ट्राफिक व्यवस्थापनसम्मको योजना सुरु गरेको हो । आवश्यकतानुसार प्रहरी जाँचलाई बढाइएको छ । प्रहरी परिचालन र सक्रियतालाई अधिकतम वृद्धि गरी अपराधजन्य घटना हुने स्थान र आपराधिक व्यक्तिका हर्कतउपर निरन्तर निगरानी जारी राखेको प्रहरीले जनाएको छ ।

त्यसअनुसार वीरगञ्ज महानगरपालिकाको मुख्य बजार माईस्थान रोड, आदर्शनगर, घण्टाघर, बसपार्कलगायतका स्थानमा रहेको स्थायी बजारलाई अव्यवस्थित हुन नदिन चौबीसै घण्टा जुनियर प्रहरी अधिकृतको कमाण्डमा ड्युटी खटाइएको हो । 

दशैँ–तिहारलाई लक्ष्य गरी सर्वसाधारणले लत्ता कपडा, खाद्य वस्तुलगायत विभिन्न सामग्री ठूलो मात्रामा खरिद बिक्री हुने हुनाले बजार क्षेत्रमा सम्बन्धित प्रहरी एकाइबाट आवश्यकतानुसार सादा पोशाक, मोबाइल, पदैल गस्ती तथा पिकेटसमेत खटाइएको छ । जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कालोबजारी नियन्त्रण तथा बजार अनुगमन गर्न अनुगमन टोली पठाइने छ । भीडभाडको मौका छोपी हुनसक्ने स्न्याचिङ  र बैंक तथा वित्तीय संस्थामा हुनसक्ने लुटपाटलाई नियमन तथा नियन्त्रण गर्न सादा पोशाकका प्रहरी खटाइएको हो ।

यसैगरी बैंक तथा वित्तीय संस्थामा तथा रकम भुक्तानी लिई आउने सेवाग्राहीलाई पिछा गरी लुटपाट, चोरी तथा ठगी हुनसक्ने सम्भावनालाई ध्यान दिई सचेत हुन आग्रह गर्ने, बैंक तथा वित्तीय संस्था भएका स्थानमा निरन्तर निगरानीमा राख्नाका साथै त्यस्ता स्थानमा प्रहरी गस्ती बढाइएको छ ।

प्रहरी नायब निरीक्षकको कमाण्डमा सिसीटिभीजडित बजार तथा क्षेत्रका गतिविधि जिल्लास्थित सिसीटिभी कक्षबाट निरन्तर अवलोकन गरिएको छ भने कुनै पनि घटना घटाई भाग्न सक्ने अवस्थालाई मध्यनजर गरी मूलबजार ९घण्टाघर, माईस्थान, आदर्शनगर०मा प्रहरी हवल्दारको कमाण्डमा तीन टोली खटाइएको हो । सुरक्षित वीरगञ्जअन्तर्गत रहेका सिसीटिभीबाहेक अन्य व्यवसायी तथा सङ्घसंस्थाले राखेका सिसीटिभीको समेत अभिलेख तयार गरी आवश्यकतानुसार घटनाको अनुसन्धान गर्ने योजना बनाइएको प्रहरीले जनाएको छ । 

यात्रुसँग तोकिएभन्दा बढी भाडा असुल गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने सवारी चालक, सहचालक तथा टिकट काउण्टरलाई कारबाही गर्ने प्रहरीले जनाएको छ । चाडपर्वमा हुने हर्ष उल्लासको माहोल, भीडभाड तथा साविकभन्दा बढी हुने आर्थिक कारोबारको फाइा उठाउँदै चोरी, लुटपाट, पाकेटमारीजस्ता घटना घटाउने अपराधीसमेत सीमापारिबाट नेपाल आउनसक्ने हुनाले सीमावर्ती प्रहरी एकाइले भारतीय प्रहरीसँग समन्वय गरी त्यस्ता व्यक्तिको पहिचान गर्नाका साथै निरन्तर जाँच गर्ने तथा शङ्कास्पद व्यक्तिलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाएको छ ।

भारतबाट आउने नेपाली यात्रुलाई सीमामा अनावश्यक दुःख नहोस् भन्ने हेतुले भारतीय सुरक्षाकर्मी र सरोकारवाला पक्षसँग उचित समन्वय गरी अनुकूल वातावरण सिर्जना गर्ने, प्रहरी कर्मचारीको बिदा कटौती गर्ने तथा सबै प्रहरी कर्मचारीलाई तयारी अवस्थामा राखेको जनाइएको छ । यसैगरी अवैध मदिरा भट्टी नष्ट गर्ने, जुवातास, कौडा, झण्डीबुर्जा (खडखडे) हुन नदिने र हुने स्थानमा छापामारी गर्ने शान्ति सुरक्षमा खलल पुग्ने तथा सुरक्षा जोखिम बढाउने कुनै पनि कानुनविपरीत कार्यमा संलग्नलाई कडाइका साथ कारबाही गरिने प्रहरीले जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending