काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै गम्भिर षड्यन्त्र र नेतृत्वलाई खुईलाउने काम भएको बताएका छन् ।
शुक्रबारदेखि शुरु भएको विधान महाधिवेशनको अन्तिम दिन संवोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले भारतको नाकावन्दी सामन गर्नुको साथै उत्तरतर्फबाट पारवाहन सम्झौता गरेका दावी गरे । जताततै विकासको लहर सिर्जना हुन थालेपछि विरोधीहरु आत्तिएर आफ्नो नेतृत्वको सरकार ढालेको आरोप लगाए ।
‘आफ्नो नेतृत्वको सरकालाई ढाल्न पार्टीभित्रै १९ बुँदे आरोप पत्र दर्ता गरे । दक्षिणपन्थी गठबन्धन गरी नेतृत्वालाई खुइल्याउने, अपवित्र गठबन्धन गर्ने, गुटबन्दी गरेका छन्,’ ओलीले भने ।
ओलीले कसैको बैशाखी नटेकी आफ्नै बलबुताबाट, मेहनत, परिश्रम गरी गरी नेकपा बनाएको देशकै ठुलो पार्टी बनाए पनि पार्टीभित्रका अराजक केही व्यक्तिहरुले एकता सफल नभएको दावी गरे ।
मुलुकको ५१ प्रतिशत जनाता अझै एमालेको पक्षमा रहेको दावी गर्दै कसैले सिध्याएर एमाले समाप्त नुहने जिकिर गरे । ‘नेकपा एमाले तमाम कार्यकर्ताले बचाएको पार्टी हो’, ओलीले भने, ‘अहिले पनि ठुलो दुर्घटनाबाट पार्टीलाई बचाएर ल्याउनु भएको छ । अब कुनै विचार र सिद्धान्तमा भ्रममा नपर्नोस्, कहिले काहिँ विचार भ्रममा पर्दा समस्या आएको छ ।’
यस्तै उनले समाजवाद कुनै नलौ विषय नभएको भन्दै सबै जनताले समान अधिकार पाउनु, हैसियतमा बाँच्न पाउनु नै समाजवाद भएको जिकिर गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - ०८:४०
काठमाडौं । उत्तरी कोलम्बियामा एउटा यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १५ जनाको मृत्यु भएको राष्ट्रिय ध्वजावाहक साटेनाले पुष्टि गरेक...
माघ १६ गते, २०८२ - ०८:३१
तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थाप...
माघ १६ गते, २०८२ - ०८:२५
चितवन । भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द...
माघ १६ गते, २०८२ - ०७:५०
मुस्ताङ । मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ। माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको ह...
माघ १६ गते, २०८२ - ०७:४६
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरू संसद् पुनः स्थापना रिटमाथि पेसी तोक्न माग गर्दै आज सर्वोच्च अदालत जाने भएका छन्। काठमाडौंमा उपलब्ध ...
माघ १६ गते, २०८२ - ०७:४१
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ । पार्टीले आसन्न फागुन २१ मा हुने न...
माघ १६ गते, २०८२ - ०७:२३
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका–६ स्थित हियाँखोला गाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयवासीलाई सास्ती भएको छ । मोबाइलमा न...
माघ १६ गते, २०८२ - ०७:१८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका किसान बहुवर्षीय खेती प्रणालीतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकाले दीर्घकालीन आम्दानी र किसानको जीवनस्तर ...
माघ १६ गते, २०८२ - ०७:१४
कास्की । कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ । सात तालको वाटिका शह...
माघ १६ गते, २०८२ - ०७:११
सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ । वर्षौंदेखि भा...




प्रतिकृया लेख्नुहोस्: