Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी–मनहरामा दाहाल निर्वाचित

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाए । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२०  र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन्  ।

सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन् । सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भएका छन् । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।
 
शङ्खरापुरमा  श्रेष्ठ

यसैगरी शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले  ८६ मत प्राप्त गरी विजयी भएका छन् । उनका  निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाएका छन्  । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । 

सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन्  । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।

कागेश्वरी–मनहरामा दाहाल

काङ्ग्रेस कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies