लमजुङ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् ।
सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो ।
जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये एक हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपाङ्गता भएका व्यक्ति र २३ जना एचआइभी सङ्क्रमित व्यक्ति रहेको स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी अनुपमा रेग्मीले बताए । जिल्लामा गत माघ महिनादेखि यो कार्यक्रम लागू भएको छ । यो कार्यक्रमबाट हालसम्म रु ५१ लाख ८६ हजार सङ्कलन भएको उनले जानकारी दिए । कार्यक्रममा लागि जिल्लाका ७५ वटा वडामा एक/एकजना गरी ७५ जना दर्ता सहयोगी परिचालन गरिएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार रु तीन हजार ५०० र पाँच जना भन्दाबढी परिवारका सदस्य भएमा प्रतिसदस्य ७०० का दरले शुल्क तिर्नुपर्ने हुन्छ । पाँच जनाको परिवारका लागि प्रतिपरिवार वार्षिक रु एक लाख सम्मको नि:शुल्क स्वास्थ्य सेवा पाइन्छ भने पाँचभन्दा बढी भएमा प्रतिसदस्य २० हजारका दरले सेवा शुल्कमा थप हँुदै जाने व्यवस्था छ । स्वास्थ्य बीमा कार्यक्रममा एक हजार ११८ प्रकारका औषधि उपचार पाइने दर्ता अधिकारी रेग्मीको भनाइ छ । उनका अनुसार बीमा कार्यक्रममा आवद्ध सदस्यले सूचीकृत अस्पतालबाट मात्रै नि:शुल्क उपचार सेवा पाउने व्यवस्था छ ।
जिल्लामा चार वटा स्वास्थ्य संस्थाबाट यो सेवा उपलब्ध छ । हालसम्म जिल्ला अस्पताल लमजुङबाट मात्र यो सेवा लिएको बताइएको छ । जिल्ला अस्पतालमा हालसम्म ८०६ जनाले बीमाबापतको उपचार सेवा लिएका छन् । यीमध्ये ५३४ महिला र २७२ पुरुषले यो सेवा लिएको जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार उनीहरुले यस अस्पतालबाट औषधिउपचारमा रु १० लाख बराबरको सेवा लिएका छन् । बीमा रकम तिर्न नसक्ने विपन्न वर्गका हकमा भने सरकारले नै बीमा रकमवापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ । उक्त व्यवस्थाअन्तर्गत सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ ।
यहाँका ज्येष्ठ नागरिक, पूर्ण रुपमा अपाङ्गता भएका एवं रातो कार्ड भएका र एचआइभी सङ्क्रमितलाई नि:शुल्क स्वास्थ्य बीमा गरिएको दर्ता अधिकारी रेग्मीको भनाइ छ । त्यस्तै, महिला स्वयमसेविकालाई भने ५० प्रतिशत छुट दिएको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: