Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न

खबरडबली संवाददाता

चितवन । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मर्‍यो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए ।

तस्करले खागका लागि धमाधम गैँडा मार्न थालेपछि निकुञ्जले तस्करको खोजीमा ध्यान दिन थाल्यो । सोही क्रममा निकुञ्ज प्रशासनले चालु आर्थिक वर्ष २०७८/७९ को साउन र भदौमा गरी १४ जनालाई पक्राउ गर्‍यो । चालु आवमा पक्राउ परेकामध्ये छ जनालाई यसअघि नै सार्वजनिक गरिएको छ भने आठ जनालाई मङ्गलबार सार्वजनिक गरियो । अनुसन्धानका क्रममा कात्तिकमा गैँडा मार्नमा सात संलग्न रहेको तथ्य बाहिरियो भने तीन जना पक्राउ परे । अझ रोचक के छ भने ती तीनमध्ये दुई जना सहोदर दाजुभाइ हुन् ।

मकवानपुरको मनहरि गाउँपालिका–४ मसिने टोङ्ग्राङ खोला बस्ने वर्ष ३० का जयबहादुर प्रजा र ३६ वर्षीय सिंहराम प्रजा सोही घटनामा संलग्न रहेको निकुञ्जले जनाएको छ । ती दुई दाजुभाइसँगै अर्का भाइ सुरेश प्रजा पनि पक्राउ परेका छन् । यसरी एकैपटक तीन दाजुभाइ गैँडा तस्करी मुद्दामा पक्राउ परेका छन् । सुरेश भने विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा गैँडा मार्न संलग्न रहेको निकुञ्जले जनाएको छ ।

उनीहरुसहित निकुञ्जले मङ्गलबार आठ तस्करलाई सार्वजनिक गरेको छ । चार गैँडा मारी खाग बिक्री गरेको ओरोपमा चालु आवको साउन ३२ देखि भदौ १० गतेसम्ममा पक्राउ परेकालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । सो क्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, “एउटै परिवारका धेरै सदस्य गैँडा तस्करमा संलग्न हुनु गम्भीर हो, दोषीलाई कडा कारबाही हुने कानुन बन्नुपर्छ ।” 

उहाँले विभिन्न चुनौतीका बाबजुद उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए। “ठेगाना परिवर्तन र प्राविधिक समस्याका कारण अझै अभियुक्तलाई समयमै पक्राउ गर्न सकिएको छैन, एउटै व्यक्तिलाई विभिन्न नामबाट सजाय तोकिएका छन्, उनीहरुलाई पक्राउ गर्न कठिन छ”, प्रमुख संरक्षण अधिकृत बरालले भने ।

निकुञ्जले मङ्गलबार सार्वजनिक गरेका अन्य तस्करका आरोपीमा नवलपरासी ९बर्दघाट–सुस्तापूर्व० गैँडाकोट–१ बस्दै आएका ३२ वर्षीय गोपाल सारु, धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ घर भएका वर्ष ३५ का रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका–९ घर भएका २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरि–४ नयाँबस्ती घर भएका २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।

चारवटा गैँडा मार्न संलग्न भएका १७ मध्ये आठ जना पक्राउ परेका र  निकुञ्जले नौ जना अझै फरार रहेको जनाएको छ । निकुञ्जका अनुसार चालु आव २०७८/७९ वर्षमा गैँडा मुद्दामा १४ पक्राउ परिसकेका छन् । अघिल्लो आव २०७७/७८ मा २८ र यस वर्ष १४ गरी हालसम्म ४२ जना पक्राउ परेका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मूल्य एकैदिन तोलामा ४ हजार ३०० घट्योले, चाँदी पनि सस्तो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभ...

दार्चुलामा काठको पुल भाँचिएर खोलामा खस्दा एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा खोला तर्न निर्माण गरिएको काठको पुल भाँचिँदा खोलामा खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ र ३ को सीम...

सुनसरीमा तनाव कायमै, दोस्रो दिन पनि निषेधाज्ञा

इनरुवा। सुनसरीका विभिन्न स्थानमा मङ्गलबार दोस्रो दिन पनि निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । कर्फ्युका बिच पनि सडकमा स्थानीयको आवतजावत बढ्न थालेपछि ब...

जनताका गुनासा सुन्न गाउँमै सांसद

हेटौँडा। मकवानपुरका प्रतिनिधि सभा सदस्यले निर्वाचन क्षेत्रका नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न गाउँ गाउँमा पुग्न थालेका छन् । मकवा...

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा। यहाँको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९...

सुनसरी घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग केहीबेर अवरुद्ध

सिरहा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ। ...

सुनसरी घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक, शान्ति–सुरक्षाबारे रणनीति तय गरिँदै

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा सुरु भएको बैठक...

असारसम्मको बिजुली खपतमा भ्याट नलाग्ने, साउन १ देखि मात्र लागू हुने

काठमाडौं । आन्तरिक राजस्व विभागले २०८३ असार महिनासम्म खपत भएको विद्युत् सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पार्दै यससम्बन्धी अन्योल हटाउ...

अमेरिकी नागरिकसहित अध्यागन विभागका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सनविरुद्ध भ्रष्...

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। न्य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending