भैरहवा । कोभिड–१९ का कारण धरासायी बनेको लुम्बिनी क्षेत्रको पर्यटन व्यवसायले विभिन्न अफरको सार्वजनिक गर्दै व्यापार खुला गरेको घोषणा गरेका छन् । आन्तरिक पर्यटकलाई लक्ष्य गर्दै यहाँका होटलले आवास र खानामा विभिन्न छुटको व्यवस्था गरेको लुम्बिनी होटल एशोसिएशनले जानकारी दिएको छ ।
होटल एशोसिएशनले छुट अफर सार्वजनिक गर्दै पर्यटकलाई लुम्बिनी आउन निमन्त्रणा गरेका छन् । कोभिडका कारण कमजोर अवस्थामा पुगेको व्यापारलाई सहयोग पुग्ने उद्देश्यका साथ अफर गरिएको हो । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायीले यो अफर सार्वजनिक गरेपछि पर्यटक आउने अपेक्षा गरिएको छ ।
लुम्बिनी होटल एशोसियशनले आवासमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुटको व्यवस्था गरेको होटल एशोसिएशन लुम्बिनीका अध्यक्ष मिथुन श्रेष्ठले जानकारी दिए । उनले भने “लुम्बिनी घुम्न आउने पर्यटकका लागि यो अफर सार्वजनिक गरिएको हो ।”
अध्यक्ष श्रेष्ठका अनुसार होटल बन्द अवस्थामा रहे पनि सफा गर्नुपर्ने, बिजुली, पानी तथा केही कर्मचारी राख्नुपर्ने, घरभाडा तिर्नुपर्नुे बाध्यता रहेकाले यो अफरले केही सहयोग पुग्नेमा विश्वास छ । यो अफरपछि लुम्बिनीमा केही पर्यटक आउने क्रम पनि जारी रहेको देखिन्छ । महामानव गौतमबुद्धको जन्मस्थान लुम्बिनी आउने बौद्धमार्गीलाई समेत यो अफरले सहयोग पुग्ने पर्यटन व्यवसायीले बताउने गरेका छन् ।
लुम्बिनी क्षेत्रका साथसाथै भैरहवा क्षेत्रका होटलले पनि भारी अफरको व्यवस्था गरेको सिद्धार्थ होटल एशोएियशनले जानकारी दिएको छ । चाडपर्व लक्षित दशैँ–तिहारलाई मध्यनजर गरेर घुम्न आउने पर्यटकका लागि विशेष छुटको व्यवस्था गरिएको होटल एशोसिएशनले जनाएको छ । सिद्धार्थ होटल एशोएिशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले आवास २५ देखि ५० प्रतिशतसम्म छुट र खानामा समेत परिकार हेरेर छुटको व्यवस्था गरेको बताए ।
पर्यटक तथा व्यापारी र स्थानीय कार्यक्रमलाई मध्यनजर गरेर गरिएको अफरमा अवस्था हेरेर विशेष छुट होटलले गरेका छन् । अध्यक्ष श्रेष्ठले भने, “पर्यटन व्यवसायलाई जीवित राख्नका लागि सरकारले पनि सहुलियतमा विद्युत् तथा बैंक ब्याजमा सहयोग पुर्याउनु पर्दछ । सीमानाका बन्दका कारण भारतीय तथा तेस्रो मुलुकबाट पर्यटक आउन छाडेपछि आन्तरिक पर्यटकलाई मध्यनजर गरेर अफरका कार्यक्रम ल्याएको हो ।”
नेपाल–भारत सीमानाका बन्द हुँदा यस क्षेत्रमा सबैभन्दा बढी मार पर्यटन व्यवसायी परेका छन् । दैनिक सयौँ भारतीय ट्रक तथा कन्टेनर नेपाल भित्रिने गरेका छन् । तर पर्यटकलाई भने नेपालमा प्रवेश निषेध गरिएको छ । यसले गर्दा व्यवसायी मारमा परेको पर्यटन व्यवसायीको गुनासो रहेको छ । बाह्य पर्यटक मात्र नभएर आन्तरिक पर्यटकसमेत लुम्बिनी क्षेत्रमा आउँदा सुरक्षाकर्मीबाट सोधपुछ र जाँच गर्दासमेत पर्यटन व्यवसायीलाई समस्या परेको देखिन्छ । यसलाई मध्यनजर गरेर कोभिडविरुद्ध खोप लगाएका तथा पिसिआर जाँच गरेका पर्यटकलाई होटलमा आवतजावत व्यवस्था गर्ने होटल व्यवसायीले बताएका छन् । व्यवसायीले लुम्बिनी क्षेत्र पर्यटकलाई घुम्नका लागि समेत कुनै बाधा नपुर्याउन सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १७:५०
काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...
श्रावण २६ गते, २०८३ - १७:३६
कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...
श्रावण २६ गते, २०८३ - १७:२२
काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...
श्रावण २६ गते, २०८३ - १६:५७
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...
श्रावण २६ गते, २०८३ - १६:५०
काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...
श्रावण २६ गते, २०८३ - १६:३५
काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...
श्रावण २६ गते, २०८३ - १६:१०
काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...
श्रावण २६ गते, २०८३ - १५:५९
रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...
श्रावण २६ गते, २०८३ - १५:४८
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...
श्रावण २६ गते, २०८३ - १५:४१
नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...



प्रतिकृया लेख्नुहोस्: