Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

दक्षिण कोरियाले पोखरामा ‘स्मार्ट ट्रान्सपोर्टेसन’ बनाउन सहयोग गर्ने

रासस

गण्डकी । दक्षिण कोरियाले पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने भएको छ । अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुक र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग सोमबार भएको भेटमा राजदूत सुकले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्  ।

पोखरा र आसपासको भौगोगिक अवस्थितिबाट आफू प्रभावित भएको उल्लेख गर्दै उनले पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरे  । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताउँदै नेपालका थप युवालाई रोजगारी दिनेबारेमा पनि कोरिया सरकारले थप अभ्यास गरिरहेको जानकारी दिए ।

भेटमा मुख्यमन्त्री पोखरेलले हजारौँ नेपाली युवाको उत्कृष्ट गन्तव्यका रूपमा दक्षिण कोरिया रहेको बताउँदै आयआर्जन गर्ने र प्रविधि सिक्ने राम्रो अवसरका रूपमा दक्षिण कोरियाको रोजगारीलाई उपयोग गर्ने गरेको बताए ।

नेपालमा प्रविधिको विकास तथा विस्तारमा दक्षिण कोरिया बलियो साझेदार भएको बताउँदै शिक्षा, स्वास्थ्य, ग्रामीण विकास, सुशासन, वातावरण परिवर्तन, उद्योग र ऊर्जाजस्ता क्षेत्रमा दक्षिण कोरिया सरकारको महत्वपूर्ण सहयोग रहेको उल्लेख गरे  । 

दक्षिण कोरियाले अनुदान र प्राविधिक सहयोगमा विशेष चासो दिने गरेको तथ्य स्मरण गर्दै उनले कोरिया इन्टरनेशनल को–अपरेसन एजेन्सी (कोइका)मार्फत पुर्‍याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

प्रदेश सरकार कोभिड महामारीले थला परेको आर्थिक क्षेत्रको पुनरुत्थान र शिक्षा, स्वास्थ्य र पोषणजस्ता सामाजिक क्षेत्रको पुनर्जीवनका लागि उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए  । स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अस्पतालको स्तरोन्नति, आधुनिक उपकरणको प्रयोग तथा स्वास्थ्य सेवा विस्तारमा विशेष काम गर्नुपरेको उनको भनाइ छ ।

ग्रामीण क्षेत्रको विकास र गरिबी अन्त्य तथा रोजगारीको सिर्जनामा प्रदेश सरकारको विशेष चासो रहेको बताउँदै प्रदेशका उच्च प्रतिफल दिने, प्रतिस्पर्धात्मक क्षमता भएका उच्च मूल्यका कृषि, जडीबुटी आदिको उत्पादन, प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ गरी विश्वबजारमा पुग्नसक्ने बनाउन थप काम गर्नुपर्ने बताए ।

दिगो विकास लक्ष्य हासिल गर्न एकीकृत प्रादेशिक तथ्याङ्क तयार पार्ने, स्थानीय तहलाई सूचक तथा प्राथमिकता तय गर्न सघाउने, अनुगमनले कमजोर देखिएका क्षेत्रमा सुधारका लागि लगानी गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए । भेटमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्ले, प्रमुख सचिव डा दामोदर रेग्मी सहभागी थिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending