Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

तरकारी खेती : दु:ख किसानलाई नाफा बिचौलियालाई !

खबरडबली संवाददाता

गलकोट । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधैं मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् ।

यही चरम पीडाका बीच बिचौलियाको अन्त्य गर्ने तयारीमा किसान एकजुट हुन थालेका छन् । बागलुङ नगरपालिकाले गत वर्ष कृषि हाटबजार सञ्चालनमा ल्याए पनि उपयुक्त स्थानमा नहुँदा निरन्तरता पाउन सकेको छैन । यसमा कोरोनाले पनि थप समस्या निम्त्याएको थियो । पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको तरकारी किसान गोपाल पौडेल बताउछन् । “हामीले एक महिना लगाएर उत्पादन गरेको तरकारीमा जति नाफा हुन्छ, बिचौलियाले  दु:ख नै नगरी एकैदिनमा कमाउँछन्”, उनले भने, “बिचौलियाको अन्त्य गर्न कृषि हाटबजारको खाँचो छ, नगरपालिकाले पायक पर्ने स्थानमा हाटबजार राख्नुपर्दछ, जुन स्थानमा उपभोक्ताले सोझै किसानको उपज खरिद गर्न पाउनेछन् ।”

बागलुङ बजारमा कृषि हाट तथा थोकबजार सञ्चालनका लागि नगरपालिकाले रु १५ लाखको लागतमा बागलुङ –३ गुठीमा छाप्रो बनाए पनि उपयुक्त स्थान नभएको किसानको गुनासो छ । अन्य वस्तुको मूल्य निर्धारण भए पनि तरकारीको मूल्य निर्धारण नभएकाले हामीजस्ता किसान सधैँ मारमा पर्ने काठेखोला गाउँपालिका–८ कादेशका किसान चान्सिङ बुढाले बताए । “मूल्य निर्धारण हुँदा पसलैपिच्छे फरक मूल्य हुन्छ, बिचौलियाले तरकारीमा विभिन्न बाहनाबाजी बनाउँदै मूल्य घटाएर राख्छ, अन्तत: उसले महङ्गोमा बिक्री गर्दछ”, उनले भने, “एउटै मूल्य निर्धारण भएमा हामीले जहाँ लगेर पनि उचित मूल्य लिन सकिन्थ्यो, बिचौलियाका कारण हामीले दु:ख गर्ने, अरुले नाफा कमाउने भइरहेको छ ।”

व्यवसायीले आफूहरुले हजारौँ मूल्य पर्ने सटरमा पसल राखेर सरकारलाई कर तिर्ने गरे पनि डोके व्यवसायीले चोकचोकमा पसल राखेर सरकारलाई कर पनि नबुझाइ बिक्री गर्दा मूल्यमा फरक पर्ने भएकाले नगरपालिका र सम्बन्धित निकायले त्यसको समाधान गरिदिनुपर्ने बागलुङ बजारका फलफूल तथा तरकारी व्यापारी बताउँछन् । कोरोना महामारीका कारण थपा परेको कृषि पेशा तथा व्यापारमा राज्यपक्षबाट थप कर असुली तथा विभिन्न बाहनामा कारबाही गर्दै आएकोे तर बजारका फुटपाथ तथा पोके व्यापारीलाई नगरपालिकाले करको दायरामा ल्याउन नसक्नु दु:खद् भएको बागलुङ बजारका फलफूल व्यवसायी खिम केसीले बताए ।

अहिले जिल्ला कृषि ज्ञान केन्द्र आएपछि जिल्ला कृषि सहकारी सङ्घ र बागलुङ नगरपालिकाको सहयोगमा कृषि हाट तथा थोकबजार सञ्चालन गर्ने गरी शनिबारमात्रै समितिसमेत गठन भएको छ । यसबाट किसानको गुनासो सम्बोधन हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउछन् । “हामीले अगुवा किसान तथा कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार सञ्चालक समिति गठन गरेका छौँ” उनले भने, “बिचौलियाको अन्त्य गर्न अन्य जिल्लामा सञ्चालित हाटबजार सफल भएको र नेपालका ६७ जिल्लामा हाटबजार सफल भइसकेको छ, त्यसैले बागलुङमा छिट्टै हाटबजार खोल्नेछौँ,  यो बिचौलियारहित हुनेछ ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले हाट तथा थोकबजार सञ्चालनका लागि सरकारले बनाएको निर्देशिकाअनुसार समिति गठन र बजार सञ्चालनका लागि केन्द्रीय सरकार र प्रदेश सरकारले कृषि हाट तथा थोक बजार सञ्चालनमा बनाएको निर्देशिकाअन्तर्गत हाटबजार सञ्चालन ल्याउने तयारी भएको जानकारी दिए । उनले काठेखोला, ढोरपाटन, सिगानालगायतका स्थानमा स्थानीय तहले हाटबजारका लागि संरचना तयार पारे पनि सञ्चालनमा नआएको बताए । प्रत्येक पालिकामा हाटबजार सञ्चालनमा ल्याउन सकेमा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

बागलुङ नगरप्रमुख जनकराज पौडेलले गत वर्ष सञ्चालन गर्न थालिएको हाटबजार कोरोनाका कारण रोकिएको र अब थप व्यवस्थित हिसाबले हाटबजार पुन: सञ्चालनमा ल्याइने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएको छन्...

जनताको मूल्यांकनमा अब्बल बन्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह

आपसमा गफगाफ गरेर समय खेर नफाल्न र सिकाइमा केन्द्रित हुन सुझाव

कैलालीमा बोलेरोको ठक्करबाट स्कुटरमा सवार दम्पती घाइते

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्का स्थित पूर्व–पश्चिम राजमार्गमा आईतबार राति भएको सवारी दुर्घटनामा स्कुटरमा सवार श्रीमान श्रीमती घाइते भएका...

नार्कमा धान रोपेर राष्ट्रिय धान दिवस मनाइयो

काठमाडौँ । राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र (नार्क) मा धान रोपेर राष्ट्रिय धान दिवस मनाइएको छ। २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अव...

नेपालगन्ज भन्सारको राजस्व संकलन १० प्रतिशतले वृद्धि

नेपालगन्ज। नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म लक्ष्यको ८३.०५ प्रतिशत राजस्व संकलन गरेको छ। गत वर्षको सोही अवधिको ...

पोखरामा कुलत बढ्दै, हिप्पीले सिकाएको बानी चुनौतीपूर्ण

कास्की। कास्कीमा मादक पदार्थ सेवन (मापसे) सँगै लागुऔषध सेवन ९लापसे० गरी सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने प्रवृत्ति यहाँ बढ्दै गएको छ । यहाँ विदेशी ना...

यसैवर्ष स्वदेश फर्कन्छु : बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना

नयाँदिल्ली। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा गरेको छिन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिम...

रास्वपाको सङ्घीयता सम्बन्धी प्रस्ताव अवसरवादी र अपरिपक्व: वर्षमान पुन

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...

हतारोमा एकता गर्ने र फुर्सदमा रोएर बस्ने दिन नआओस् : संयोजक प्रचण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...

हामी मरेका छैनौँ, प्रतिक्रियावादी शक्तिलाई परास्त गर्दै फेरि उठ्छौँ: ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending