Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तरकारी खेती : दु:ख किसानलाई नाफा बिचौलियालाई !

खबरडबली संवाददाता

गलकोट । उसै त कोरोनाले थलिएको व्यापार, कृषि उपजले बजार भाउ नपाएको किसानको गुनासो त छँदैछ, यसमाथि बिचौलियाको मनोमानीले आहत छन् कृषक । किसानले निकै मेहेनत लगाएर फलाएको तरकारी बेचेर किसानले कमाउनेभन्दा बिचौलियाले धेरै कमाउँदा किसान सधैं मारमा पर्ने गरेको बागलुङका तरकारी तथा फलफूल किसान बताउँछन् ।

यही चरम पीडाका बीच बिचौलियाको अन्त्य गर्ने तयारीमा किसान एकजुट हुन थालेका छन् । बागलुङ नगरपालिकाले गत वर्ष कृषि हाटबजार सञ्चालनमा ल्याए पनि उपयुक्त स्थानमा नहुँदा निरन्तरता पाउन सकेको छैन । यसमा कोरोनाले पनि थप समस्या निम्त्याएको थियो । पायक पर्ने स्थानमा हाटबजार नहुँदा किसान बिचौलियाको मारमा पर्दै आएको तरकारी किसान गोपाल पौडेल बताउछन् । “हामीले एक महिना लगाएर उत्पादन गरेको तरकारीमा जति नाफा हुन्छ, बिचौलियाले  दु:ख नै नगरी एकैदिनमा कमाउँछन्”, उनले भने, “बिचौलियाको अन्त्य गर्न कृषि हाटबजारको खाँचो छ, नगरपालिकाले पायक पर्ने स्थानमा हाटबजार राख्नुपर्दछ, जुन स्थानमा उपभोक्ताले सोझै किसानको उपज खरिद गर्न पाउनेछन् ।”

बागलुङ बजारमा कृषि हाट तथा थोकबजार सञ्चालनका लागि नगरपालिकाले रु १५ लाखको लागतमा बागलुङ –३ गुठीमा छाप्रो बनाए पनि उपयुक्त स्थान नभएको किसानको गुनासो छ । अन्य वस्तुको मूल्य निर्धारण भए पनि तरकारीको मूल्य निर्धारण नभएकाले हामीजस्ता किसान सधैँ मारमा पर्ने काठेखोला गाउँपालिका–८ कादेशका किसान चान्सिङ बुढाले बताए । “मूल्य निर्धारण हुँदा पसलैपिच्छे फरक मूल्य हुन्छ, बिचौलियाले तरकारीमा विभिन्न बाहनाबाजी बनाउँदै मूल्य घटाएर राख्छ, अन्तत: उसले महङ्गोमा बिक्री गर्दछ”, उनले भने, “एउटै मूल्य निर्धारण भएमा हामीले जहाँ लगेर पनि उचित मूल्य लिन सकिन्थ्यो, बिचौलियाका कारण हामीले दु:ख गर्ने, अरुले नाफा कमाउने भइरहेको छ ।”

व्यवसायीले आफूहरुले हजारौँ मूल्य पर्ने सटरमा पसल राखेर सरकारलाई कर तिर्ने गरे पनि डोके व्यवसायीले चोकचोकमा पसल राखेर सरकारलाई कर पनि नबुझाइ बिक्री गर्दा मूल्यमा फरक पर्ने भएकाले नगरपालिका र सम्बन्धित निकायले त्यसको समाधान गरिदिनुपर्ने बागलुङ बजारका फलफूल तथा तरकारी व्यापारी बताउँछन् । कोरोना महामारीका कारण थपा परेको कृषि पेशा तथा व्यापारमा राज्यपक्षबाट थप कर असुली तथा विभिन्न बाहनामा कारबाही गर्दै आएकोे तर बजारका फुटपाथ तथा पोके व्यापारीलाई नगरपालिकाले करको दायरामा ल्याउन नसक्नु दु:खद् भएको बागलुङ बजारका फलफूल व्यवसायी खिम केसीले बताए ।

अहिले जिल्ला कृषि ज्ञान केन्द्र आएपछि जिल्ला कृषि सहकारी सङ्घ र बागलुङ नगरपालिकाको सहयोगमा कृषि हाट तथा थोकबजार सञ्चालन गर्ने गरी शनिबारमात्रै समितिसमेत गठन भएको छ । यसबाट किसानको गुनासो सम्बोधन हुने कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई बताउछन् । “हामीले अगुवा किसान तथा कृषि सहकारी सङ्घका अध्यक्ष नरबहादुर थापाको अध्यक्षतामा कृषि हाटबजार सञ्चालक समिति गठन गरेका छौँ” उनले भने, “बिचौलियाको अन्त्य गर्न अन्य जिल्लामा सञ्चालित हाटबजार सफल भएको र नेपालका ६७ जिल्लामा हाटबजार सफल भइसकेको छ, त्यसैले बागलुङमा छिट्टै हाटबजार खोल्नेछौँ,  यो बिचौलियारहित हुनेछ ।”

कृषि ज्ञान केन्द्रका प्रमुख भट्टराईले हाट तथा थोकबजार सञ्चालनका लागि सरकारले बनाएको निर्देशिकाअनुसार समिति गठन र बजार सञ्चालनका लागि केन्द्रीय सरकार र प्रदेश सरकारले कृषि हाट तथा थोक बजार सञ्चालनमा बनाएको निर्देशिकाअन्तर्गत हाटबजार सञ्चालन ल्याउने तयारी भएको जानकारी दिए । उनले काठेखोला, ढोरपाटन, सिगानालगायतका स्थानमा स्थानीय तहले हाटबजारका लागि संरचना तयार पारे पनि सञ्चालनमा नआएको बताए । प्रत्येक पालिकामा हाटबजार सञ्चालनमा ल्याउन सकेमा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने उनको भनाइ छ ।

बागलुङ नगरप्रमुख जनकराज पौडेलले गत वर्ष सञ्चालन गर्न थालिएको हाटबजार कोरोनाका कारण रोकिएको र अब थप व्यवस्थित हिसाबले हाटबजार पुन: सञ्चालनमा ल्याइने जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending