ललितपुर । ललितपुरको लगनखेलमा प्रवाह भइरहेको ११ हजार किलो भोल्टेका विद्युतीय लाइनबाट यहाँका व्यवसायी त्रसित भएका छन् ।
तरकारी तथा फलफूल जिल्ला सङ्घ लगनखेल ललितपुरका व्यवसायीले बजारको माथिबाट प्रवाह हुने ११ हजार किलो भोल्टका विद्युतीय लाइन कुनै दिन पड्कन सक्ने डरले त्रसित भएका हुन् ।
सो दुर्घटनाबाट जोगिन आफूहरुले ललितपुर महानगरपालिकासँग आधुनिक कृषि होलसेल बजार स्थापनाका लागि बालकुमारी तथा मलपोखरी वा खुमलटारको कृषि अनुसन्धान परिषद् परिसरमध्येका कुनै एक स्थान व्यवस्था गरिदिन पटकपटक माग गर्दा सुनुवाइ नभएको सङ्घका अध्यक्ष कृष्णप्रसाद सञ्जेलले बताए । उनले भने, “यो बजारको विकास, विस्तार तथा संरक्षण गर्दा नगर क्षेत्रको माग र कालीमाटी तरकारी बजारको चापलाई समेत केही कम गर्न सकिन्थ्यो ।”
जिल्लाभित्र रहेका कृषि बजारको सार्वजनिक निजी अवधारणमा स्तरोन्नति गरी बजार विकासको सम्भाव्यता अध्ययनले देखाएका स्थानमा होलसेलका साथै मझौला बजारको स्थापना गर्न आफूहरुले बेलाबेलामा महानगरपालिकाको ढोकामा पुगेर मौखिक र लिखित रुपमा अनुरोध गर्दासमेत कसैले चासो नदिएको उहाँको भनाइ छ । “विसं २०५८ मा स्थापित बजारमा जस्ताको छानो जीर्ण भई पानी चुहिने अवस्थामा पुग्दासमेत महानगरपालिकाले यसको विकास र विस्तारका लागि चासो दिएको छैन”, उनले भने, “कोरोना महामारीमा शिथिल भएका व्यापारीलाई महानगरपालिकाले वार्षिकरुपमा २० प्रतिशतका दरले भाडा वृद्धि गरिरहेको र केही समयका लागि भाका मागेर पत्राचारसमेत गर्दा त्यसको सम्बोधन हुन सकेको छैन् ।”
सङ्घले २५ देखि ३० स्क्वाएर फिटको प्रतिस्टल मासिक रु नौ हजार २८८ का दरले भाडा लिदैं आएको छ । सो बजारमा ८२ वटा स्टल रहेका छन् । ती सबैको मासिक भाडा रु सात लाख ६१ हजार ६१६ गरी वार्षिक कुल रु ९१ लाख ३९ हजार ३९२ सङ्कलन गरेर महानगरको खातामा नियमित बुझाउने गरेको सञ्जेलले जानकारी गराए । सो बजार सार्वजनिक निजी अवधारणामा स्तरोन्नति गर्ने भनी आशयपत्र माग गरेकामा रकम खर्च गरी नाप अनि नक्सा र डिजाइनसहितको पत्र पेश गर्दासमेत महानगरपालिकाले कुनै चासो नदिएकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रिने उपाध्यक्ष शिव शाहीले बताए ।
उनले भने, “कृषि पूर्वाधार विकासका लागि केन्द्रसँग पर्याप्त बजेट भएको जानकारी आएकाले सार्वजनिक निजी अवधारणमा लगनखेल र धापागाल बजार विकास गर्न महानगरले केन्द्रसँग तत्कालै सम्झौता गर्नुपर्छ ।” कोभिडका कारण पूर्णसमय बजार खोल्न नपाएको अनि सो समयमा तरकारी तथा फलफूल कुहिएर जानुका साथै कतिपय व्यवसायी घर फर्केका र पसल नै बन्द गर्नुपर्दा चालू आवको साउनदेखिको भाडा वृद्धि नगरियोस् भन्ने सम्पूर्ण व्यवसायीका मागसमेत रहेको शाहीले जानकारी गराए ।
कोभिडले मुलुक भर्खरै पुरानो लयमा फर्कदै गर्दा लामो समय पसल बन्द भएर भाडा तिर्न नसकेकाले केही सहजता होस् भन्ने आफूहरुको इच्छा रहेको लगनखेलका फलफूल तथा जुस व्यापारी नवराज नगरकोटीको माग छ । सानो बजार, त्यसभित्र ग्राहकदेखि व्यवासयाीसम्म दैनिक हजाराँैको चहलपहल हुने हुँदा चोरीको घटनासमेत हुने गरेको व्यापारीका गुनासो छ ।
यो वर्षको नगरसभामार्फत चिस्यान केन्द्र निर्माणसहितको बजार व्यवस्थित बनाउन अध्ययन थालिने महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “अन्यत्र ठाउँमा बजार सार्न सम्भव नभएकाले पुरानै ठाउँलाई व्यवस्थित बनाउँदै जानेछौँ ।” महानगरभित्र व्यवसाय गरी बसेका जो कोही व्यापारीलाई तीन महिनाको भाडा छुट दिने कुरामा छलफल भइरहेको प्रमुख महर्जनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: