Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विभिन्न विद्यालयमा स्वास्थ्य सामग्री वितरण

रासस

डोटी । ‘मानवीय सेवामा अनेकौँ प्रयास’ नामक एक गैरसरकारी संस्थाले कोरोना माहामारीका कारण लामो समयपछि सञ्चालन भएका जिल्लाका विभिन्न विद्यालयमा रु चार लाख ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको छ ।

आदर्श गाउँपालिकामा रहेका नमादेव मावि साउदकाँडा, कालीभैरव मावि कोटाञ्जर, प्रभात मावि देहिमाण्डौँ, लक्ष्मी मावि काँडी र कालिकास्थान माविलाई सर्जिकल मास्क र स्यानिटाइजर वितरण गरिएको हो । कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण होस् भनेर उक्त गाउँपालिकाका पाँच विद्यालय र त्यहाँको स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

उक्त संस्थाद्वारा सञ्चालित कोभिड–१९ रिलिफ सपोर्ट र केयर एण्ड रिलिफ परियोजनाअन्तर्गत स्वास्थ्य सामग्री वितरण गरिएको संस्थाले जनाएको छ । यसैगरी उक्त संस्थाले आदर्श–५ मा रहेको लामिखाल स्वास्थ्यचौकीमा सात लिटरको अक्सिजन कन्सन्ट्रेटर, नेबुलाइजर, थर्मलगन, अक्सिपल्स मेसिन र दुई थान पिपिइ सेट वितरण गरिएको छ । मास्क, स्यानिटाइजरलगायत स्वास्थ्य सामग्रीले कोरोनाबाट मात्र नभई अन्य रोगबाट पनि बचाउने भएकाले शिक्षक, विद्यार्थीको प्रयोगका लागि उक्त सामग्री अतिउपयोगी भएको लामिखाल स्वास्थ्यचौकीका इन्चार्ज महेन्द्र सिंहले बताए । 

विद्यालयले किनेर वितरण गर्न नसकेको अवस्थामा साइन नेपालले प्रदान गरेका स्वास्थ्य सामग्रीले विद्यालयमा निकै राहत भएको र सबै विद्यार्थीले मास्क लगाउन पाएको स्वास्थ्य सामग्री पाएका विद्यालयका शिक्षकले बताएका छन् । उक्त संस्थाले डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा स्वास्थ्य, शिक्षा, महामारी, विपद् जोखिम, आयआर्जनका क्षेत्रमा काम गर्दै आएको छ । उक्त संस्थाले सो गाउँपालिकामा यसअघि सीपमूलक तालिम, छाउपडीसम्बन्धी सचेतना, स्वास्थ्य सामग्री वितरण, महामारी नियन्त्रण, विद्यालयमा कम्प्युटर, प्रिन्टरलगायत सामग्री वितरणजस्ता काम सञ्चालन गरिसकेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending