Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महामारीका कारण सुनसान बनेको अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

रासस

लमजुङ ।  कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । 

कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको  चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । 

यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ । कार्यालयका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले भने, “कोरोना सङ्क्रमणको जोखिम बढेपछि पदमार्गमा पर्यटक आगमन ठप्प हुँदा निराश बनेका यस क्षेत्रका पर्यटन व्यवसायी यतिबेला पर्यटक आउन थालेपछि हर्षित हुन थालेका छन् । पर्यटन व्यवसाय विगतकै लयमा फर्किने आशामा उनीहरु उत्साहित बनेका छन् ।” 

दुई वर्षदेखि कोरोनाका कारण राम्रोसँग नआएका पर्यटक अब भने विगतकै लयमा दैनिक एक सयदेखि २०० जनासम्म आउने आशामा आफूहरु रहेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटक नआउँदा चिन्तित बन्न थालेका यस पदमार्ग आसपासमा पर्यटन व्यवसायीमा विस्तारै आशा पलाउन थालेको देखिन्छ ।

मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “पर्यटकको चाप बढ्ने यस पदमार्गमा कोरोनाले प्रभावित हुँदा एक दुई हजारको मुख देख्न समेत रहर भइरहेका बेला पर्यटक आउन थालेपछि धेरै खुसी भएको छु ।” अझै राम्रोसँग कोरोनाको जोखिम हटिसकेको छैन, यस्तो अवस्थामा समेत आट गरेर पर्यटक आउन थाल्नु धेरै राम्रो कुरा भएको उनको भनाइ छ । 

पदमार्ग आसपासका अधिकांश पर्यटक व्यवसायीको आम्दानीकै स्रोत पदमार्गमा आउने पर्यटक हो, तर पर्यटक नै नआएपछि व्यवसाय धान्ने त परकै कुरा, परिवारको जीवन धान्नलाई समेत समस्या पर्न थालेका बेला पर्यटक आगमनले पर्यटन व्यवसायमा ऊर्जा मिलेको उनको भनाइ छ ।  पर्यटन व्यवसायी गुरुङले भने, “पर्यटक आगमन हुन थालेपछि एक रुपैयाँ समेत आम्दानी गर्न समस्या भइरहेका बेला अहिले दैनिक १० देखि १५ हजारसम्म आम्दानी हुन थालेको छ, विगतमा पर्यटकीय मौसममा रु ५०/६० हजार आम्दानी हुन्थ्यो । यति आम्दानी पनि अहिले धेरै राम्रो भएको हो ।” 

पर्यटक नआउँदा होटल व्यवसायी मर्कामा पर्दै आए पनि विस्तारै पर्यटकको आगमन हुन थालेपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्किनेमा आशावादी रहेको पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताए । पर्यटकको आगमनले दुई चार पैसा आम्दानी हुन थालेपछि दशैंँखर्च पनि जुटाउन सहज हुने उनको भनाइ छ । यस पदमार्गमा लामो समयदेखि पर्यटन व्यवसायमा आवद्धहुँदै आउनुभएका खुसीराम गुरुङ, जीतबहादुर गुरुङ, देवीजङङ गुरुङ, पूर्णबहादुर गुरुङ पर्यटक नआउँदा निराश बनेपनि यतिबेला विस्तारै पर्यटक आउँदा आम्दानी हुन थालेसँगै खुसी हुन थालेका छन् ।

यस पदमार्गमा हजारौ पर्यटन व्यवसायी रहेका छन् । अधिकांश पर्यटन व्यवसायी अन्नपूर्ण पदमार्गमा आउने पर्यटककै भरमा जीवन चलाउँदै आएका छन् ।  पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितीरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । 

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ । यस पदमार्गमा सन् २०२१ को हालसम्म ६०० पर्यटक मात्र आएको बताइएको छ । गत वर्ष अर्थात् सन् २०२० मा १ हजार ९७६ जना पर्यटक आएको धारापानी एक्याप केन्द्रले जनाएको छ । 

त्यस्तै, केन्द्रका अनुसार सन् २०१९ मा ३६ हजार ६४७ जना पर्यटक, सन् २०१८ मा २९ हजार ४८४ पर्यटक, सन् २०१७ मा २१ हजार ६८ पर्यटक पदमार्गमा आएका थिए । कोरोना सङ्क्रमणको पहिलो लहरदेखि दोस्रो लहर आउनुभन्दा अघिका वर्षमा विगतका भन्दा पर्यटक आगमन वृद्धि हुन थालेको थियो ।

अब कोरोना सङ्क्रमणको तेस्रो लहर नआएमा र पर्यटक विगतका जसरी पर्यटक आउन थालेमा पर्यटन व्यवसायी प्रभावित नहुने बताइएको छ । पर्यटक आगमन हुन थालेपनि यहाँ गत असार १ गतयता अविरल वर्षासँगै आएको बाढीपहिराले विभिन्न स्थानमा पदमार्ग विगार्नुका साथै यात्रामा असहज बनाएको छ । 

यस पदमार्गको मर्मत तत्काल गर्दै पर्यटक आकर्षित गर्नेतर्फ सरकारले पनि ध्यान दिनुपर्ने पर्यटन व्यवसायीको माग छ । यति बेला पर्यटकीय सिजनसमेत रहेको छ । विगतमा दसैँ तिहारमा समेत पर्यटकको चाम ठूलो हुँदा दसैँ मनाउन छाडेर समेत पर्यटन व्यवसायी पर्यटकको सेवामा लाग्ने गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies