बलेवा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताएका छन् ।
बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकरी दिए । सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने छ भने ।
बढ्दै छ संस्थागत सुत्केरी हुनेको दर
स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गर्ने र सुत्केरी हुने सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क छ । स्वास्थ्यकर्मीकै घरभेट कार्यक्रम, स्वास्थ्य संस्थामा सुत्केरी हुँदा पाउने प्रोत्साहन भत्तालगायतले सो प्रगति भएको कार्यालयका प्रम्ुख सुरज गुरौले जानकारी दिए । अघिल्लो वर्षदेखि सुत्केरीपश्चात् स्वास्थ्यकर्मीद्वारा नै घरभेट कार्यक्रमसमेत सञ्चालन भए पनि उनीहरुको स्वास्थ्यमा पनि सुधार भएको देखिएको उनले बताए ।
स्वास्थ्य संस्थामै गर्भ जाँच गर्ने आर्थिक वर्ष ०७६/०७७ मा ११ प्रतिशत रहेकोमा गत आवमा १८ प्रतिशत पुगेको प्रमुख गुरौले जानकारी दिए । “आमा सुरक्षा कार्यक्रममा नियमित गर्भ जाँच र संस्थागत सुत्केरी दर अघिल्ला वर्षमा जस्तै रहेको छ”, गुरौले भने, “यस वर्ष सुत्केरीपश्चात् जाँच गर्नेको सङ्ख्या वृद्धि भएको छ ।”
जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना भएकोले यो तथ्याङ्क बढाउन सहयोग गरेको हो । त्यस्तै कतिपय स्थानमा एउटै वडामा पनि दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेर सुत्केरी सेवा र गर्भ जाँच सेवा दिन थालिएपछि महिला स्वास्थ्यको सङ्ख्या उल्लेख्य बढेको पाइएको हो । अति दुर्गम मानिने तमानखोलाको नर्जाखानी, लामेला र खुंगाको धिरीसमेतमा एकाइ स्थापना भएका छन् ।
जिल्लाभरि नै घरमै पुगेर सुत्केरीलाई भेट्ने र जाँच गर्ने कार्यक्रमसमेत लागू भएको छ । सरकारी कार्यक्रमबाहेक गैरसरकारी संस्थाले पनि सुरक्षित सुत्केरीको क्षेत्रमा काम गरिरहेका छन् । त्यसले पनि यसमा उल्लेखनीय प्रगति भएको हो । यसले आमा सुरक्षा कार्यक्रम थप प्रभावकारी भएको उनले बताए । परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या पनि एक प्रतिशतले वृद्धि भएको कार्यालयको तथ्याङ्क छ ।
जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउने दर पनि वृद्धि भएको छ । अघिल्लो वर्ष १४६ क्षयरोगका बिरामी पत्ता लागेकोमा यस वर्ष १४९ पत्ता लगाएको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा कूल पत्ता लगाएका क्षयरोगका बिरामीमध्ये १.४६ प्रतिशतको क्षयरोगका कारण मृत्यु भएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: