काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।
पार्टीले २० जिल्लाको वडा अधिवेशन यही असोज ५ गते एकैदिन हुने गरी कार्यतालिका निर्धारण गरेको थियो । बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण समयमै समितिलाई प्राप्त हुन नसकेका कारण ती जिल्लामा भने वडा अधिवेशन निर्धारित समयमा हुन नसकेको हो । कांग्रेसले यसअघि ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेसको वडा अधिवेशन गत भदौ १८ गतेदेखि प्रारम्भ भएको हो ।
प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण प्राप्त भएसँगै समय तोकेर अधिवेशन हुँदै जाने उनले बताए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।
कांग्रेसले महाधिवेशनअन्तर्गत गाउँ/नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको छ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १५ गते, २०८३ - १२:०४
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशका विभिन्न जिल्लामा विकसित पछिल्लो अवस्थाबारे मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका ...
श्रावण १५ गते, २०८३ - ११:३९
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा हिमपहिरोपछि सम्पर्कविहीन भएका आरोहीहरूको खोजीका क्रममा उद्धार टोलीले चा...
श्रावण १५ गते, २०८३ - ११:३०
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित एक मन्दिर परिसरमा मृत फेला परेका पुजारीको घटनालाई धार्मिक विवादसँग नजोड्न जिल्ला प्रहरी कार्यालय धन...
श्रावण १५ गते, २०८३ - ११:१६
मकवानपुर । तराई–मधेशमा पछिल्लो समय उत्पन्न सुरक्षा अवस्थाका साथै सीमा जोडिएको बागमती प्रदेशमा त्यसको पर्न सक्ने प्रभावबारे समीक्षा गरिएको छ। सुनसरीमा ...
श्रावण १५ गते, २०८३ - १०:४८
काठमाडौं । पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि नेपालका चर्चित पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना पर्वतारोही सम्पर्कविहीन भएका...
श्रावण १५ गते, २०८३ - १०:३७
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको...
श्रावण १५ गते, २०८३ - १०:२५
जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालयले सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा एक युवकको गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न...
श्रावण १५ गते, २०८३ - १०:११
काठमाडौँ । गत वैशाख १ देखि यही साउन १४ गतेसम्म देशका विभिन्न भागमा तीन हजार ९५१ विपद्जन्य घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस...
श्रावण १४ गते, २०८३ - १७:५३
काठमाडौं । नेकपा (एमाले)ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा पछिल्ला दिनमा उत्पन्न तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एमाले अध्य...
श्रावण १४ गते, २०८३ - १७:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। बिहीबार बसेको बैठकले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २...



प्रतिकृया लेख्नुहोस्: