Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सङ्घीय राजधानी काठमाडौँ बल्ल साक्षर घोषित

खबरडबली संवाददाता

काठमाडौँ । सङ्घीय मुलुकको राजधानी काठमाडौँ जिल्ला बल्ल साक्षर घोषित भएको छ । साक्षर घोषणा हुनेमध्ये काठमाडौँ ५५औँ जिल्लामा परेको छ । देशभरबाट आएर बस्ने यहाँका स्थायी र अक्सर बसोबास गर्ने बासिन्दालाई आँकडामा समावेश गरेर यो घोषणा गरिएको छ । 

काठमाडौँका विभिन्न पालिकास्तरमा साक्षर घोषणा भइसकेपछि समग्र जिल्लाको ९६ दशमलव ८८ प्रतिशत साक्षरता भएको मानेर आज जिल्लालाई पूर्ण साक्षर घोषणा गरिएको हो ।

अब काठमाडौँका १० वटा नगरपालिकामा स्थायी बासिन्दा रहेका साक्षर हुन बाँकी नागरिक १८ हजार ५३ रहेको काठमाडौँका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेलले जानकारी दिनुभयो । उहाँले उक्त आँकडा दुई वर्ष अघिको भएको र त्यसपछि पनि निरन्तर साक्षरताका कार्यक्रम जारी रहेकाले उक्त निरक्षर सङ्ख्या घट्दो भएको बताउनुभयो । 

काठमाडौँ महानगरपालिका बाहेक अन्य पालिकाले घरधुरी सर्वेक्षणसहित अस्थायी बासिन्दालाई पनि गणना गरेका थिए ।

चालु आवमा भने साक्षर घोषणा हुने काठमाडौँ पहिलो जिल्ला भएको छ । यसअघि पछिल्लो समय अछाम जिल्ला साक्षर घोषणा भएको थियो भने प्रदेश नं २ का आठ जिल्लासहित अझै २२ जिल्ला साक्षर घोषणा हुन बाँकी छ । साक्षर नेपाल अभियानले १५ वर्ष र ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित गरिएका क्षेत्र, जिल्ला वा राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने मापदण्ड बनाएको छ । नेपालमा २०७२ असार २ गते ९७ दशमलव ६८ प्रतिशत साक्षरतासहित सिन्धुपाल्चोक पहिलो साक्षर जिल्ला घोषणा भएको थियो । 

प्रमुख पौडेलका अनुसार काठमाडौँको शङ्खरापुरमा ९६ दशमलव ०५, कागेश्वरी मनहरामा ९६ दशमलव ९७, गोकर्णेश्वरमा ९५ दशमलव ०४, बूढानीलकण्ठमा ९८ दशमलव ६९, टोखामा ९८ दशमलव ५४, तारकेश्वरमा ९८ दशमलव ०८, नागार्जुनमा ९७ दशमलव ०८,  चन्द्रागिरिमा ९६ दशमलव ४७ र दक्षिणकालीमा ९५ प्रतिशत नागरिक साक्षर भएको यसअघि विभिन्न मितिमा घोषणा भइसकेको छ । 

साक्षर काठमाडौँ घोषणा गर्दै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले तीनै तहका सरकारले साक्षर नेपालको अभियानलाई निरन्तरता दिँदै सीप र रोजगारीमा शिक्षालाई जोड्न सक्नुपर्ने बताउनुभयो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले साक्षर जिल्ला घोषणालाई दिगोरूपमा कायम राख्न सक्नु सबैको दायित्व भएको बताउनुभयो । 

मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार साक्षर घोषणा हुन बाँकी जिल्लाका लागि सघनरूपमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सबै नेपाली नागरिकलाई न्यूनतम साक्षरताको अवसर प्रदान गरी ‘साक्षर नेपाल’ अभियान घोषणा गरी वर्ष २०७६ मै साक्षर नेपाल घोषणा गर्ने लक्ष्य लिएको थियो । 

हाल मुलुकमा युवा साक्षरता (१५ देखि २४ वर्ष उमेर समूह) ९५ प्रतिशत र प्रौढ साक्षरता (१५ देखि ६० वर्ष उमेर समूह) ८२ प्रतिशत छ । अभियानअन्तर्गत स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र स्थायी बसोवास गर्ने तोकिएको उमेर समूहका निरक्षर जनसङ्ख्याको नामनामेसीसहित विवरण एकिन गर्ने र विद्यालय, सामुदायिक सिकाइ केन्द्र, स्रोतकेन्द्र, विकास साझेदार गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारमाध्यम, अन्य साझेदार परिचालन गरी साक्षरता प्रवद्र्धन हुँदै आएको छ ।

साक्षर नेपालको अवधारणापत्रले राष्ट्रभाषा वा मातृभाषाका वर्ण/अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बीलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग, शून्यदेखि नौसम्मका अङ्क अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनका हरहिसाब राख्न सक्नेलाई साक्षर मानिने जनाएको छ ।

अवधारणापत्रले साक्षर व्यक्तिले सरल चित्र, पोस्टर, साइनबोर्ड र ट्राफिक सङ्केत पढाइ र बुझाइ, सामुदायिक कार्यक्रममा आफ्नो विचारसहित सक्रिय सहभागिता देखाउन, घडी हेरेर समय बताउन, भित्तेपात्रो हेरी तिथिमिति बताउन तथा बैँक भौचर भराइ र चेक खिचाइ गर्न सक्नुपर्ने उल्लेख गरेको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending