Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

दुव्र्यसनसहित एचआइभी घटाउन अभियान

रासस

बलेवा । लागुपदार्थ सेवनगर्नेहरूबाट  एचआइभी सङ्क्रमण बढ्न थालेकामा यहाँ चिन्ता व्यक्त गर्न थालिएको छ । सुई साटासाट गर्नेबाट एचआइभी बढेको आशङ्कामा त्यसको न्यूनीकरणका लागि  सरोकार निकायले अभियान पनि थालेका छन् । बागलुङमै  पनि त्यस्ता युवाको सङ्ख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित सुई लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन ल्याएर शून्य दरमा घटाउने योजना बनाइएकोे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए । 

कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो । बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो । 

कम्तीमा ९० प्रतिशत सङ्क्रमित पहिचान गरेर तिनलाई एआरटी सेन्टर पुर्‍याउने र ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना उक्त गु्रपले बनाएको बताइयो । सङ्क्रमित पहिचान भएपछि तिनको आनीबानी परिवर्तन गराउने, समुदायबाटै समस्या समाधान गराउने, पटक–पटक भेटिएका सङ्क्रमितको नियमित अनुगमन गर्ने, साथी–साथी मिलेर सुई लगाउनेलाई एउटै सुई दिने, सुई लगाउने दर घटाउने र शून्यमा पुर्‍याउने लक्ष्यसमेत रहेको जानकारी दिइएको थियो । 

अहिलेसम्म बागलुङमा ६७ युवाले सुईमार्फत लागुपदार्थ सेवन गर्ने गरेको भेटिएको जनाइएको छ । 

नेपालभर २७ हजारदेखि ३४ हजारसम्म लागुपदार्थ सेवनकर्ता युवा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ ।  पहिलो चरणमा व्यक्ति र परिवारबाटै समस्या समाधान खोज्न जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर विकले सुझाव दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending