गलकोट । विगत २५ वर्षदेखि फर्निचर व्यवसायमा लागेका बागलुङका दुर्गा विश्वकर्माले अहिले फर्निचर उद्योगमा १० जनालाई रोजगारी दिँदै आएका छन् ।
विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थाल्नुभएका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उनको गुनासो छ ।
“आफ्नै पारिवारिक वनबाट समेत काठ ल्याउँदा काठ तस्कर भनेर जेल हालियो, के हामीले राज्यको निकायमा दर्ता गरेर कर तिरेरसमेत उद्योग सञ्चालन गर्न नपाउने हो”, उनले भने, “आफ्नै स्वामित्वमा रहेको वनबाट काठ ल्याउनसमेत झन्झटिलो सरकारी प्रक्रियाले वन किसानहरू निराश छन्, राज्यले वनलाई प्रयोग गर्न रोक्ने होइन, यसलाई उत्पादनसँग जोडेर रोजगारीसमेत सिर्जना गर्न सहयोग गर्नुपर्दछ ।”
विश्वकर्माले काठ निकासीका लागि सबै प्रक्रिया पुर्याएर कर तिरे पनि विभिन्न बहानामा वन कार्यालय तथा प्रहरीले आफूहरूलाई दु:ख दिने गरेको गुनासो गरे । राजयलाई कर तिरेर करोडौँ लगानी गरेका फर्निचर व्यवसायी र १० हजार लगानी गरेर एउटा दराज बनाउने व्यवसायीबीच प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ ।
पारिवारिक निजी वनहरुको बुधबार आयोजित अन्तक्र्रिया कार्यक्रममा सरोकारवालाले वनलाई उत्पादनसँग नजोडी देश विकास नहुने भन्दै कानुनी सहजता हुनुपर्नेमा जोड दिएका थिए । नेपालमा निजी वनले आवश्यक काठको आधाभन्दा बढी माग पूरा गरेको भए पनि सामुदायिक वन तथा निजी वनलाई संरक्षणसँगै अधिकतम उपयोग गर्न सक्नुपर्ने बताइएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले वनलाई दाउँरा, घाँसमात्रै नभएर बहुउपयोगी, राम्रो काठ उत्पादन र फलफूलजस्ता क्रियाकलापसँग जोड्नुपर्नेमा गण्डकी प्रदेश रकारले वन ऐन ल्याउन नसक्दा समस्या भएको बताए । कानुनमा वनलाई छुनै हुन्न भन्नेजस्तो छ, नेपालमा वनलाई उत्पादन, पर्यटन र रोजगारीसँग नजोडे वन केबल वनमा मात्रै सीमित हुने गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले बताए । “गण्डकी प्रदेशले वन ऐन ल्याउन थालेको छ, ऐन नहुँदा वन किसान मर्कामा परेको धेरै गुनासो सुनियो”, उनले भने, “स्थानीय तहले समेत वन ऐन बनाएर अगाडि बढ्न आवश्यक छ, होइन भने हरियो वन नेपालको धन नारामा मात्रै सीमित रहनेछ ।” हरियो वन नेपालको धन भन्ने तर छुन नै नपाउने हो भने नेपालले आर्थिक विकास र समृद्धि हासिल गर्न नसक्ने उनले भने ।
निजी वनका गण्डकी प्रदेश अध्यक्ष जीवन उचैले आफैँले लगाएको वन आफ्नै स्वामित्वमा भएको वनका काठ निकासी तथा बजारीकरण गर्न समेत वन कार्यालय धाउनुपर्ने, झन्झटिलो प्रक्रियालगायतका कारण वन किसान र उद्यमी मर्कामा परेको बताए ।
वन ऐन बनाएर गाउँपालिकाले वनको वैज्ञानिक व्यवस्थापनका लागि यस आवमा रु १० लाख विनियोजन गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले जानकारी दिए । वनमा अब सल्लो रोपेर होइन, एभोकाडो, लोठ सल्ला, फलफूललगायतका आम्दानीसँग जोडिएका वृक्षरोपण गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष थापाले विकास निर्माणमा वन कार्यालयका कतिपय नियम बाधक भएको गुनासो गरे । रेश जोड्ने मोटरेबल पुल बनाउँदा ढुङ्गा फुटाउन नपाइने भन्दै वन कार्यालयले पटक–पटक फोन गरेको र पुल बनाउन वन कार्यालय बाधक बन्न नहुने बताए ।
निजी वनका केन्द्रीय अध्यक्ष जोकराज गिरीले सरकारसँग वन किसानका समस्या सम्बोधन गर्न लडिरहेको भए पनि हालसम्म सुनुवाइ र सम्बोधन हुन नसकेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: