काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन संवैधानिक परिषद्मा गरिएको नियुक्ति बदर गर्न माग गरिएकोे मुद्दामा न्यायिक काम कारबाही तत्काल पुनः सञ्चालन गर्न पूरक निवेदन परेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले संवैधानिक नियुक्ति खारेज गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमाथि अवरुद्ध सुनुवाइ तत्काल पुनः सञ्चालन गर्न माग गर्दै आज पूरक निवेदन दर्ता गर्नुभएको हो ।
“संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध हुने काम कारबाही निश्कृय पार्न, रोकथाम गर्न, पुनरावृत्ति हुन नदिने र बिना अवरोध सुनुवाइ हुन नदिन न्यायिक टिप्पणीसहित उत्प्रेषण, परमादेशलगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ”, पुरक निवेदनमा भनिएको छ ।
पूरक निवेदनमा सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(४) बमोजिम मूल मुद्दाको सुनुवाइ तत्काल पुनः सञ्चालन गर्नु भनि प्रारम्भिक सुनुवाइबाटै अन्तरिम आदेश जारी गरी अविलम्ब न्याय निरूपणमा लागि निरन्तर सुनुवाइमा राख्न माग गरिएको छ ।
यसअघि, न्यायाधीश हरि फुँयालको एकल इजलासले प्रधानन्यायाधीश संवैधानिक इजलासमा रहने वा नरहने भन्ने विवादको अन्तिम टुङ्गो नलागेसम्म सुनुवाइ रोक्न अन्तरिम आदेश जारी गरेको थियो । त्यसपछि, संवैधानिक परिषद्मा नियुक्तिसम्बन्धी विवादको सुनुवाइ तत्काका लागि रोकिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १२:२३
काठमाडौं । मनमोहन अस्पताल स्वयम्भूमा उपचाररत एकजनाको मृत्यु भएपछि मृतकका अफन्तले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण अस्पताल परिसरभित्र तनावको ...
फाल्गुन १९ गते, २०८२ - १२:१७
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका-–१० राताचौरस्थित छिन्चु–जाजरकोट सडकखण्डमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। जिल्ला प्रहरी कार्यालय ...
फाल्गुन १९ गते, २०८२ - १२:१६
काठमाडौं । लुटपाट गर्न खोज्ने दुई जना युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ९ स्थित चिल्मिलिया २१ ...
फाल्गुन १९ गते, २०८२ - १२:०४
काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ। इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख ...
फाल्गुन १९ गते, २०८२ - १२:००
एजेन्सी । युुनाइटेड स्टेट्स र इरानबीचको द्वन्द्व खुला सैन्य चरणमा प्रवेश गरेपछि यसको आर्थिक, सामरिक र रणनीतिक लागतबारे बहस तीव्र बनेको छ। अमेरिकी रा...
फाल्गुन १९ गते, २०८२ - ११:५१
काठमाडौं । नेपाली बजारमा सुनको भाउ मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको ...
फाल्गुन १९ गते, २०८२ - ११:४९
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ । राष्ट्र बैंकले ६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत १ खर्ब रुपैयाँ ...
फाल्गुन १८ गते, २०८२ - २०:४८
अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...
फाल्गुन १८ गते, २०८२ - २०:४७
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...
फाल्गुन १८ गते, २०८२ - २०:३८
काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...



प्रतिकृया लेख्नुहोस्: