Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

लोकतान्त्रिक मूल्य मान्यताका लागि लडिरहन्छु : वरिष्ठ नेता पौडेल

खबरडबली संवाददाता

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् ।

काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४ औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा उहाँले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए । 

“नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ”, उनले भने ।

पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो ।

“पार्टीको १४ औँ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्”, उनले भने ।

आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए ।

कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४ औँ महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आसन्न निर्वाचन र परिणाम !

अबको चार दिनपछि, अर्थात् फागुन २१ गते देशमा निर्वाचन हुँदैछ । यस निर्वाचनबाट नयाँ संसद गठन हुनेछ र संसदबाट नयाँ सरकार बन्नेछ । त्यसैले यस निर्वाचनको अ...

नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा ४ जना घाइते

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वन कार्यालयस्थित बागेश्वरी भवनको अगाडि कार दुर्घटना भएको छ । सोमबार नगरकोटबाट भक्तपुरतर्फ आउँदै गरेको बा ...

निर्वाचनभरी न्यायालय बन्द, प्रधानन्यायाधीश राउतको भूमिका प्रश्नमा

काठमाडौं। निर्वाचन अवधिमा न्यायालयको सेवा प्रवाह प्रभावित भएको विषयले आलोचना बढाएको छ। नेपालमा बैंकहरू समेत सेवा दिन तत्पर रहँदा, न्यायालयले पाँच दिनस...

झापा–५ मा कडा सुरक्षा व्यवस्था : चोक–चोकमा सवारी चेकिङ

झापा    । बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचन शान्तिपूर्ण र निष्पक्ष र...

बेरुतमा शक्तिशाली विस्फोट: राजधानी नै थर्कियो

काठमाडौं  ।  लेबनानको राजधानी बेरुतमा आज साँझ एक शक्तिशाली विस्फोट भएको छ। स्थानीय समयअनुसार राती ८:०० बजे सुनिएको यो विस्फोटको आवाजले पूरा सहर थर्किए...

सोमबार त्रिभुवन विमानस्थलबाट हुने ३१ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । मध्यपूर्व क्षेत्रमा देखिएको पछिल्लो असामान्य अवस्थाका कारण केही देशले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ...

राष्ट्रका नाममा राष्ट्रपतिकाे सम्बोधन (पूर्णपाठ)

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हुने प्रतिनिधि सभा निर्वाचन चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको या...

रामेछापमा श्यामकुमार श्रेष्ठको मत अपिल : ‘तारा’ चिन्हमा मतदान गर्न आग्रह

रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा श्याम कुमार श्रेष्ठ (कुशल) ले मतदातासँग पुनः समर्थनको अपिल गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अप...

बागलुङमा युवा उम्मेदवारको उदय : पाँच अनुहारको अग्नी परीक्षा

बागलुङ  । बागलुङका दुई प्रतिनिधिसभा क्षेत्रमा कुल २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिँदा ४० वर्षमुनिका पाँच युवा अनुहार विशेष चासोका केन्द्र बनेका छ...

हल्लाका कारण पेट्रोल पम्पमा चाप, अभाव नभएको निगमकाेे स्पष्टोक्ति

काठमाडौं। नेपाल आयल निगमले बजारमा पेट्रोलियम पदार्थको कुनै पनि किसिमको अभाव नरहेको स्पष्ट पारेको छ। पछिल्लो समय विभिन्न पेट्रोल पम्पहरूमा देखिएको लामो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE