काठमाडौँ । सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङमा एकै परिवारका छ जनाको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) को टोली पठाइएको छ ।
प्रहरी प्रधान कार्यालय अनुसार प्रहरी नायब उपरीक्षक रुगम कुँवरको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली खटाइएको हो । 'टोली सङ्खुवासभा पुगिसकेको छ, विकट क्षेत्रमा घटना घटेकाले घटनास्थल पुग्न केही समय लाग्छ', सिआइवीका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले भने ।
आइतबार राति उक्त घटना भए पनि सोमबार बिहान प्रहरीमा जानकारी आएको थियो । घटनास्थल जिल्ला सदरमुकाम चैनपुरबाट ५५ किलोमिटर पूर्वमा पर्छ । एकै परिवारका छ जनाको हत्या हुँदा ९५ वर्षका बौद्धमान कार्की भने सकुशल भेटिएका छन् ।
उक्त घटनामा ८४ वर्षीया पार्वता कार्की, उनका छोरा ५८ वर्षका तेजबहादुर कार्की, उनकी श्रीमती ५६ वर्षकी मनमाया, बुहारी २८ वर्षकी रञ्जना, उनका छोरा–छोरी (१० वर्षका विपीन र पाँच वर्षकी गोमा) कार्कीको हत्या भएको थियो । उनीहरुको शव फरकफरक स्थान (बारी, खोला र सडकको भित्ता) मा फेला पारिएको थियो । प्रहरीले कुकुरसमेत प्रयोग गरी घटनाको अनुसन्धान जारी राखेको छ ।
अधिकांशको टाउकोमा हानेको देखिएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार घटनाका केही ‘क्लु’ फेला परेको र त्यसको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए । उनले अनुसन्धान गरी दोषीलाई पक्राउ गरिने पनि बताए । उनका अनुसार सङ्घीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीमबहादुर दाहालको नेतृत्वमा समेत घटनाको अनुसन्धानका लागि प्रहरी टोली यसअघि नै खटाइसकिएको छ ।
घटनास्थलको प्रकृति मुचुल्का उठाई अहिले शवको परीक्षकका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उक्त क्षेत्रको नाकामा उच्च सुरक्षा निगरानीका साथ घटनाको अनुसन्धान जारी रहेको छ ।
प्रदेश नं १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले धारिलो हतियार प्रयोग गरेर हत्या गरेको नदेखिएको तर लाठी, हम्बरलगायतले टाउको तथा शरीरका विभिन्न भागमा हानेको देखिएको जानकारी दिए । अहिले घटनाको अनुसन्धानकै चरणमा रहेकाले त्यसको रिपोर्ट नआएसम्म यकिन कारण भन्न नसकिने जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन १९ गते, २०८२ - १७:३९
बेरुत । इरानसँग जारी युद्धबिच इजरायली सेना लेबनानमा प्रवेश गरेको छ । इजरायली सेनाले लेबनानका ५९ इलाकाका बासिन्दालाई तत्काल घर खाली गर्न आदेश दिएको छ ।...
फाल्गुन १९ गते, २०८२ - १७:३९
काठमाडौं । गाडीमा आगजनी गरेको आरोपमा दुर्गा प्रसाईं समूहका दुई कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ ...
फाल्गुन १९ गते, २०८२ - १७:१९
तेहरान । इरानको इस्लामिक गणतन्त्रका संस्थापक स्वर्गीय आयतोल्लाह रुहोल्लाह खोमेनीका नाति हसन खोमेनी, आयतोल्लाह अली खामेनीको उत्तराधिकारी छनोट गर्ने धर्...
फाल्गुन १९ गते, २०८२ - १७:१५
हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा केही दिन अघिसम्म पर्याप्त राजनीतिक गतिविधि चलेका थिए । आजबाट भने सिमकोटको दृश्य फेरिन थालेको छ । मतदानका लागि मतद...
फाल्गुन १९ गते, २०८२ - १७:१३
काठमाडौं । महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा...
फाल्गुन १९ गते, २०८२ - १७:१२
मलंगवा । सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक मतदान अधिकृतको निधन भएको छ । जिल्ला प्र...
फाल्गुन १९ गते, २०८२ - १६:११
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै वीर अस्पतालले सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न विशेषज्ञ चिकित्स...
फाल्गुन १९ गते, २०८२ - १६:०८
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि थप दुई वटा शंकास्पद वस्तु फेला परेका छन्। यसअघि मिथिला–९ बडहरी पुल क्षेत्रमा वस्तु पड्कि...
फाल्गुन १९ गते, २०८२ - १५:५९
ललितपुर। ललितपुरको कुपण्डोलस्थित दाउरा थकालीमा आगलागी भएको छ। मंगलबार दिउँसो करिब पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको एसएसपी होबिन्द्र बोग्टीले बताए। ...
फाल्गुन १९ गते, २०८२ - १५:५३
पोखरा । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा मंगलबार दिउँसो शंकास्पद वस्तु फेला परेपछि स्थानीय त्रसित बनेका छन्। लेकसाइडस्थित लालुपाते मार्ग ...



प्रतिकृया लेख्नुहोस्: