Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी

खबरडबली संवाददाता

काठमाडौँ । सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । 

उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनोट भएका छन् । नाम छनोट भएकामा सर्वोच्च अदालतका सहरजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सहसचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार केसी सहसचिव,  स्वास्थ्य सेवा विभागका डा भीमसिं तिङ्करी निर्देशक, महान्याधिवक्ताको कार्यालयका हरिशङ्कर ज्ञवाली उपन्याधिवक्ता, भूमि व्यवस्था तथा अभिलेख विभागका सुमना अर्याल वाग्ले निर्देशक, महिला तथा बालबालिका विभागका कमला ढकाल काफ्ले नायब सुब्बा, वेनी नगरपालिकाका छविलाल सुवेदी प्रमुख प्रशासकीय अधिकृत,  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका विष्णुदत्तत गौतम सहसचिव र  महालेखा परीक्षकको कार्यालयका नेत्रप्रसाद पौडेल निर्देशक रहेका छन् ।

त्यसैगरी निजामती पुरस्कार  पाउनेमा विभिन्न कार्यालयका ३० जना कर्मचारी छनोट भएका छन् । जसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट लक्ष्मीकुमारी बस्नेत सहसचिव, राष्ट्रिय सतर्कता केन्द्रका ज्ञानराज सुवेदी सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोशलचन्द्र सुवेदी सहसचिव (कानून), महेशविक्रम लागेजु शाखा अधिकृत र पूर्णप्रसाद अगस्ती कार्यालय सहयोगी, शहरी विकास मन्त्रालयका विष्णुप्रसाद शर्मा सहसचिव र अर्थ मन्त्रालयका दिलीपकुमार गौतम उपसचिव (राजस्व) हुनुहुन्छ । त्यस्तै निजामती कर्मचारी अस्पतालका भोलाप्रसाद चापागाईं उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका शान्त नेपाल मरासिनी उपसचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका डा भोजराज शर्मा (काफ्ले) उपसचिव शिक्षा, निर्वाचन आयोगका गुरुप्रसाद वाग्ले उपन्याधिवक्ता,  सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका विपुलकुमार लाल दास  सिनियर डिभिजन इञ्जिनीयर र  लोकसेवा आयोगका सूर्यप्रसाद सापकोटा उपसचिव छनोट भएका हुन् ।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका केदारप्रसाद नेपाल सिनियर डिभिजन इञ्जिनीयर, नापी कार्यालय ताप्लेजुङका विज्ञान बञ्जारा अधिकृत, कृषि विभागका प्रमिला वाग्ले कृषि विकास अधिकृत, गृह मन्त्रालयका कुलशेखर अर्याल शाखा अधिकृत, पहाडी सानाकिसानका लागि अनुकुल आयोजना काठमाडौँबाट शिला ज्ञवाली सहायक वन अधिकृत र करदाता सेवा कार्यालय  दिक्तेलका  सुजितकुमार सिंह सहायक वन अधिकृत हुनुहुन्छ । त्यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका भक्तिप्रसाद भट्टराई लेखा अधिकृत, छत्रदेव गाउँपालिका अर्घाखाँचीका भेषराज पन्त शाखा अधिकृत, रक्षा मन्त्रालयका विन्ध्या कार्की लेखा अधिकृत र सङ्घीय संसद् सचिवालय जलेश्वरका राम शाखा अधिकृत (कानून) रहेका छन् ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका जिज्ञासा राई (याङ्खुरुङ) इञ्जिनीयर, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका भरतप्रसाद तिमिल्सिना, मुद्रण विभागका उत्तम खनाल वरिष्ठ मुद्रण सहायक, राष्ट्रपति कार्यालयका खडानन्द पौडेल कम्प्युटर अपरेटर, उच्च अदालत जनकपुर  अस्थायी  इजलाश वीरगञ्जका के आई सि गलान  नायव सुब्बा, जिल्ला प्रशासन कार्यालय रौतहटका रामनरेश शाह नायब सुब्बा र परराष्ट्र मन्त्रालयका अमरसिंह लामा कार्यालय सहयोगी रहेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो जसअनुसार १० जनालाई उत्कृष्ट निजामती कर्मचारी पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको हो ।

उक्त पुरस्कार २०६१ सालदेखि वितरण गरिदै आएको हो ।  उत्कृष्ट निजामती कर्मचारी पुरस्कारको राशि रु एक लाख र निजामती कर्मचारी सेवा पुरस्कारको राशि रु ५० हजार रहेको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

आज निर्जला एकादशी : तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। भगवान् विष्णुको प्रिय तिथिका रूपमा मानिने यस दिन भक्तज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending