काठमाडौँ । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मन्त्रिपरिषद्को बैठकले जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ ।
बैठकले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहुलियतपूर्ण ऋण सहायतास्वरूप करिब रु पाँच अर्ब ५४ करोड बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय विकास संस्थामार्फत नै नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रमका लागि करिब रु पाँच अर्ब ९४ करोड बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यसैगरी बैठकले जलवायु परिवर्तनसम्बन्धी अनुकूल कार्य गठबन्धन तथा सोको निर्देशक समितिमा नेपाल सदस्यका रूपमा सहभागी हुने निर्णय गरेको छ । आर्थिक वर्ष २०७८/८९ का लागि विभिन्न आयोजनाका लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको छ । निजामती सेवा दिवसका अवसरमा विभिन्न ४० निजामती कर्मचारीलाई पुरस्कार दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दार्चुलाको व्यास गाउँपालिकाको छाङ्ग्रुमा स्थापना भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बस्ने ब्यारेक भवन निर्माण गर्ने निर्णय पनि बैठकले गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री कार्कीले बताए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २० गते, २०८२ - २२:०२
काठमाडौँ । निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने मतदानमा खारेज भएका उम्मेदवारहरूको चिह्नमा मत नहाल्न सर्वसाधारणलाई आग्रह गरेको छ। मतपत्रमा यी चिह्नहर...
फाल्गुन २० गते, २०८२ - २१:५७
दोलखा । देशकै सबैभन्दा सुरक्षा संवेदनशील जिल्लामध्ये पर्ने दोलखामा प्रतिनिधि सभा निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लाभर ९५ मतदा...
फाल्गुन २० गते, २०८२ - २१:४९
जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका–११ मा दुई राजनीतिक पक्षबीच भएको झडपमा तीन जना घाइते भएका छन्। घाइतेमध्ये एक जना वडाध्यक्षसमेत रहेका छन्। घाइ...
फाल्गुन २० गते, २०८२ - २१:४०
कोलम्बो । अमेरिकाले श्रीलंका नजिकै हिन्द महासागरमा भारतबाट फर्किरहेको एक इरानी युद्धपोतलाई आक्रमण गरी डुबाएको छ । श्रीलंकाली सरकारले दिएको जानकारी अनु...
फाल्गुन २० गते, २०८२ - २१:३४
विराटनगर । मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर ६ स्थित पटियापाडा माविको (ग)...
फाल्गुन २० गते, २०८२ - २१:३२
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त...
फाल्गुन २० गते, २०८२ - २१:२७
सिन्धुली । बिपी राजमार्गअन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आज दिउँसो काठमाड...
फाल्गुन २० गते, २०८२ - २०:१२
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचन भोलि हुँदै छ। देशभर चुनावी माहोल तातेका बेला केही चर्चित शीर्ष नेताहरू भने आफू उम्मेदवार भएको निर्वाचन क्षेत्रमा म...
फाल्गुन २० गते, २०८२ - २०:००
काठमाडाैँ । अफगानिस्तान सरकारले वातावरण संरक्षण र हरित क्षेत्र विस्तारलाई उच्च प्राथमिकतामा राख्दै देशव्यापी वृक्षारोपण अभियान सुरु गरेको छ । उक्त अभि...
फाल्गुन २० गते, २०८२ - १९:५७
काठमाडाैँ । इजरायलले दक्षिणी लेबनानका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आदेश दिएको छ । इजरायली सेनाले हवाई आक्रमणलाई तीव्र बनाउँदै स्थलमार्गब...



प्रतिकृया लेख्नुहोस्: