Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बलान नदीले कटान गर्न थालेपछि स्थानीयवासीमा चिन्ता

रासस
लहान । बलान नदीले सिरहातर्फ बहाव परिवर्तन गरी जग्गा कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ । 
 
वर्षासँगै आएको बाढीले पानीको बहाव परिवर्तन गरी लहान नगरपालिकाको विभिन्न स्थान र  सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहातर्फ कटान गर्न थालेपछि स्थानीयवासीमा त्रास बढेको हो । बलान नदीको बहाव परिवर्तन गरी पश्चिमबाट बग्ने खतरा बढेपछि पश्चिमतर्फका दर्जनौँ गाउँ डुबानमा पर्ने भन्दै स्थानीयवासी त्रसित बनेका हुन् । अविरल वर्षाले बलान नदीमा बाढीको चाप बढेर पानीको बहाव बढेकाले खतराको सम्भावना बढ्दै गएको सखुवानन्कारकट्टी गाउँपालिका–४ सिमरहाका सुरेश यादवले बताए । 
 
बाढीको चाप यस्तै रहयो भने पश्चिमतर्फबाट बग्न धेरै समय नलाग्ने र नदीको मुखैमा रहेको सिमराहा, सखुवा, पोर्ताहा, परिहारपुर  तिलेबोनालगायत गाउँ डुबानमा पर्ने जोखिमका कारण रातिमा जग्राम बस्नुपरेको स्थानीयवासीको भनाइ छ । तत्काल नदीको बहाव दक्षिणतर्फ गर्ने गरी वैकल्पिक व्यवस्था गर्न उनीहरुले माग गरेका छन् । 
 
बलान नदीले कटान गर्ने समस्या विगत लामो समयदेखि रहे पनि सङ्घीय र प्रदेश सरकारबाट समाधानको लागि कुनै पहल नहुँदा यस्तो अवस्था आएको सखुवानन्कारकट्टी गाँउपालिकाका अध्यक्ष केदारनाथ यादवले बताए । यसको दीर्घकालीन समाधानको लागि प्रदेश र सङ्घीय सरकारलाई पटक पटक पत्राचार गरे पनि समस्याको दीर्घकालीन समाधान हुन नसकेको उनकोे गुनासो छ ।
 
बलान नदीले लहान नगरपालिकाको–३, १७, १९ र २३ नं मा कटान गरिरहेको छ भने सखुवानन्कारकटी र भगवानपुर गाउँपालिकाका वडामासमेत तीव्र कटान गरिरहेकाले तत्काल रोकथामको व्यवस्था मिलाउनुपर्ने स्थानीयवासीले बताएका छन् । बलान नदीको बाढीले बर्सेनि लहान नगरपालिकाको २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५ तथा भगवानपुर गाउँपालिकाको २, ३, र ४ नं वडामा सयौँ बिघा जमीन कटान गरी किसानलाई सुकुम्वासी बनाउँदै आएका छन् ।
 
सेवाग्राहीको भीड बढेपछि आलोपालो सेवा
 
जिल्ला प्रशासन कार्यालय सिरहाले सेवाग्राहीको भीड बढ्न थालेको भन्दै यही भदौ २० गतेदेखि पालिका अनुसार आलोपालो सेवा दिने निर्णय गरेको छ । 
 
कोभिड–१९ को जोखिम कायम रहेको र कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नभएको अवस्थामा सेवाग्राहीको भीड बढ्दै गएकाले आलोपाले सेवा दिने निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले जानकारी दिनुभयो । नयाँ नागरिकता र राहदानी बनाउन आउने सेवाग्राहीलाई पालिकाअनुसार आलोपालो सेवा उपलब्ध गराइने उहाँको भनाइ छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending